८ वैशाख २०८१ शनिबार
समाज

विद्यालयमै सेनेटरी प्याड

छात्रालाई सेनेटरी प्याड हस्तान्तरण गरिँदै। तस्बिरः नागरिक

ओखलढुंगा – मोलुङ गाउँपालिका–१, बुङनामस्थित सरस्वती माविका छात्रालाई सेनेटरी प्याड उपलब्ध गराइएको छ। वडाध्यक्ष प्रदीप बानियाँको सहयोगमा छात्रालाई महिनावारीका बेला सहज होस् भनेर विद्यालयमै सेनेटरी प्याडको व्यवस्था गरिएको हो।

वडाध्यक्ष बानियाँले आफ्नो बैठक भत्ताबापत प्राप्त १५ हजार रुपैयाँबाट १ हजार ३ सय ६० वटा प्याड खरिद गरेर विद्यालयको किशोरी समूहलाई हस्तान्तरण गरेका हुन्।

उक्त प्याड छात्राहरूलाई निःशुल्क वितरण गरिने विद्यालयले जनाएको छ। प्याड वितरणका लागि दुई शिक्षिका र दुई छात्राको समूह बनाइएको छ।

ग्रामीण महिला जागरण समूहको पहलमा जोखिममा परेका महिला तथा किशोरीहरूलाई सशक्तिकरणद्वारा संरक्षण गर्ने कार्यक्रमअन्तर्गत वडाध्यक्षको आर्थिक सहयोगमा विद्यालयमा सेनेटरी प्याडको व्यवस्था गरिएको हो।

प्रकाशित: २३ पुस २०७५ ०४:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App