१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

सलमानलाई घरमै नजरबन्दमा राख्न शिव सेनको माग

मुम्बई –शिव सेनाका सांसदले बलिउड अभिनेता सलमान खानलाई उनको घरमा नजरबन्दमा राख्न उनका पिता सलिम खानलाई आग्रह गरेको छन्। शिव सेनाका सांसद सञ्जय राउतले संवाददातासँग कुरा गर्दै सलमानले शहिदको मर्म नबुझेकाले उनले समग्र राष्ट्र र आफ्नै परिवारकोसमेत अपमान गरेको भन्दै उनलाई आफ्नै घरमा नजरबन्दमा राख्न आग्रह गरेको भारतीय संचारमाध्यमले जनाएका छन्।

उनले भने, ‘सलमानको घर परिवार तथा आफन्तमा देशकालागि लडेर कोही शहिद भएका छैनन् त्यसैले उनलाई यसको मर्म थाहा छैन उनी जहाँ जे पायो त्यही बोल्दै हिड्छन् त्यसैले उनलाई नजरबन्धमा राखिनुपर्छ।’

यस अघि भारतीय निर्माताहरुको संगठनले बिहीबार पाकिस्तानी कलाकारमाथि लगाएको प्रतिबन्धपछि सलमानले कलाकारिता र आतंकबादलाई एकै नजरले हेर्न नहुने प्रतिकृया दिएका थिए। उनले भनेका थिए, ‘आतंकबाद र कलाकारिता फरक छ, पाकिस्तानी कलाकार भारतमा भिसा लिएर आउँछन्।’

 

प्रकाशित: १६ आश्विन २०७३ ०५:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App