coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

दुर्घटनापीडित परिवारलाई कांग्रेसको सहयोग

नुवाकोट – नेपाली कांग्रेस जिल्ला कार्य समिति(नुवाकोट)ले गत मंसिर अन्तिम साता दुप्चेश्वर–१, घ्याङडाँडामा मिनिट्रक दुर्घटना हुँदा मृत्यु भएकाका परिवारलाई आर्थिक सहयोग गर्ने भएको छ।

काठमाडौंमा रहेको हेम गौतम टंकेश्वर हार्डवेयर ग्रुपबाट प्राप्त ६० हजार र ककनी गाउँपालिका–७, चतुराले निवासी दिवाकर थपलियाबाट उपलब्ध ५० हजार गरी १ लाख १० हजार रुपैयाँ पीडित परिवारलाई प्रदान गरिने कांग्रेसका जिल्ला सभापति जगदीश्वर नरसिंह केसीले जानकारी दिए।

आइतबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी उनले उक्त रकमको चेक जिल्ला कार्य समितिका सदस्य शशीसागर पण्डितलाई जिम्मा लगाएका छन्। चेक साटेर तीन दिनभित्र मृततकका परिवारलाई जनही पाँच हजार रुपैयाँ प्रदान गरिने जिल्ला सदस्य पण्डितले बताए। आफन्तको घेवा (मृत्युपछि गरिने संस्कार) मा सहभागी भएर फर्कने क्रममा बा.३ ख. ३९१३ नम्बरको मिनिट्रक दुर्घटना गत मंसिर २८ गते हँुदा २२ जनाको मृत्यु भएको थियो।

यसअघि दुप्चेश्वर गाउँपालिकाले मृतकका परिवारलाई २५ हजारका दरले सहयोग गरेको गाउँपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङले बताए। गाउँपालिकाको विपद् व्यवस्थापन कोषमा आर्थिक संकलन हुने क्रम जारी रहेको उनले बताए। प्रदेश ३ को सरकारले दुर्घटनामा मृत्यु भएकाका परिवारलाई एक÷एक लाख रुपैयाँ दिने निर्णय गरिसकेको छ।
फोटोः दुर्घटनामा मृत्यु भएकाका परिवारलाई सहयोगका लागि प्राप्त रकमको चेक आफ्नो पार्टीका जिल्ला सदस्य शशीसागर पण्डितलाई हस्तान्तरण गर्र्दै नेपाली कांग्रेस नुवाकोट जिल्ला सभापति जगदीश्वरनरसिंह केसी।

प्रकाशित: २३ पुस २०७५ ०४:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App