थ्री स्टार तेस्रो स्थानमा

सोमबार, २३ पुष २०७५, ०८ : ३२ नागरिक

काठमाडौं – उपाधि दाबेदार मानिएको ललितपुरे टोली थ्री स्टारले आइतबार हिमालयन शेर्पामाथि २–० को जित निकाल्दै तेस्रो स्थान पक्का गरेको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा भएको खेलमा थ्री स्टारका लागि रञ्जन विष्ट र बुद्धराज लिम्बुले समान एक/एक गोल गर्दै टोलीको तेस्रो स्थान पक्का गरे। यससँगै थ्री स्टार रेलिगेसन नहुने लिगमा तेस्रो भएको छ। यसअघि दुई खेलअगावै मनाङ अंक समीकरणबाट विजेता बनिसकेको छ भने संकटाले थ्री स्टारलाई हराउँदै एक खेलअगावै दोस्रो स्थान पक्का गरेको छ। उपाधि लक्ष्यका साथ लिगको सुरुआत गरेको थ्री स्टारका लागि लिगको अन्तिम खेलको २८औं मिनेटमा बुद्धराज लिम्बुले गोल गर्दै टोलीलाई अग्रता दिलाए।

रञ्जनको थ्रो बललाई बुद्धले वन इन वनमा जाली चुमाए। यता सम्मानजनक स्थानका लागि लिगमा सुखद अन्त्य गर्ने लक्ष्यमा रहेको हिमालयन शेर्पाले भने केही राम्रा अवसरलाई सदुपयोग गर्न सकेन। पहिलो हाफमा १–० को नतिजा सुम्पिएको हिमालयन शेर्पाले दोस्रो हाफमा पनि राम्रो खेल्दै गोल फर्काउने प्रयास गरे पनि असफल रह्यो। हिमालयन शेर्पा बराबरी गोल फर्काउन अगाडि बढेको मौकामा खेल सकिन एक मिनेट बाँकी रहँदा रक्षक रञ्जित धिमालले दिएको लामो पासलाई रञ्जनले कुशलतापूर्वक नियन्त्रणमा लिँदै जाली चुमाउँदा थ्री स्टारको विजय निश्चित भएको थियो।

विजयी थ्री स्टारले तालिकामा २६ अंक जोड्दै लिगको समापन गरेको छ। पराजित हिमालयन शेर्पाको १७ अंक भएको छ। हिमालयन शेर्पाले तालिकाको सातौं स्थानमा रहँदै लिगको अन्त्य गरेको छ।

यस्तै लिगअन्तर्गत आइतबारै सम्पन्न अर्को खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले मच्छिन्द्रमाथि ३–० जित निकाल्दै लिगमा चौथो स्थान ओगट्न सफल भएको छ। आर्मी थ्री स्टारभन्दा एक अंकले पछि पर्दै चौथो स्थानमा चित्त बुझाएको हो।थ्री स्टार आइतबार हिमालयन शेर्पासँग पराजित भई त्रिभुवन आर्मीले विजयी नतिजा निकालेको भए ललितपुरे क्लब चौथो र आर्मी तेस्रो हुने थिए।

विभागीय प्रतिद्वन्द्वीलाई ३–० को नतिजा सुम्पिएको मच्छिन्द्र क्लब अंक घटुवा क्षेत्रमा परेको छ। लिगका सबै खेल खेलिसकेको मच्छिन्द्रले तालिकामा ७ अंक मात्र जोडेको हो। मच्छिन्द्र पुछारबाट दोस्रो स्थानमा छ भने एक खेल कम खेलेको न्युरोड टिम (एनआरटी) पुछारमा छ। एनआरटीको ६ अंक छ। एनआरटीले अन्तिम खेल ब्रिगेड ब्वाइजसँग खेल्न बाँकी छ।

हलचोकस्थित एपिएफ क्लबको मैदानमा भएको खेलमा आर्मीलाई जिताउन कप्तान भरत खवासले दुई तथा टंक बस्नेतले एक गोल गरे। आर्मीले २८औं मिनेटमा टंकको गोलबाट अग्रता लिएको थियो। पहिलो हाफमा लिएको अग्रतापछि उच्च मनोबल बनाएको आर्मीले  ६२औं मिनेटमा कप्तान भरत खवासको गोलबाट अग्रता दोब्बर पारेको थियो। भरतको कडा प्रहार मच्छिन्द्रका गोलकिपर दीप कार्कीले रोक्न नसक्दा आर्मी २–० ले अगाडि बढेको हो। एकपछि अर्को काउन्टर गरेको आर्मीका लागि कप्तान भरतले ७४औं मिनेटमा टोलीका लागि तेस्रो गोल गरे। मच्छिन्द्रले बाँकी समयमा खेलमा फर्किने प्रयास गरे पनि बलियो आर्मीविरुद्ध चल्न सकेन र ३–० को नतिजा सुम्पिन बाध्य भयो।

लिगमा सोमबार उपविजेता बनिसकेको संकटा र विभागीय टोली एपिएफबीच एन्फा मुख्यालयमा खेल हुँदै छ।







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।


अन्य समाचार

टिभीमा पनि भाइरस ?

टिभीमा पनि भाइरस ?

सामसंगले हालै आफ्नो ट्वीटर अकाउन्टमा सामसंग टिभीमा भाइरस लाग्न नदिन के के गर्ने भन्ने कुराको जानकारी प्रदान गरेपछि टिभीमा पनि...

हुण्डाई मनसुन योजना

हुण्डाई मनसुन योजना

हुण्डाई मोटर्सकालागि नेपालको आधिकारिक विक्रेतालक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले मनसुन लक्षित आकर्षक योजनाहुण्डाई मनसुन डिलाइट सार्वजनिक गरेको छ । ...

प्रतिबन्धका कारण हुवावेलाई अर्बौ डलर घाटा

प्रतिबन्धका कारण हुवावेलाई अर्बौ डलर घाटा

प्रतिबन्ध पछि हुवावेको आम्दानी ३० अर्ब अमेरिकी डलर कम हुने ...

नेपाल शैक्षिक परामर्श संघ (ECAN) ले  शैक्षिक मेला आयोजना गर्ने

नेपाल शैक्षिक परामर्श संघ (ECAN) ले शैक्षिक मेला आयोजना गर्ने

नेपाल शैक्षिक परामर्श संघ (ECAN) ले बृहत शैक्षिक मेला आयोजना गर्ने परम्परालाई निरन्तरता दिंदै यस वर्ष १३ औं संस्करण भव्यताका...

नेपाली अभिनेत्री स्वस्तिमा खड्काले र्‍याम्प तताइन

नेपाली अभिनेत्री स्वस्तिमा खड्काले र्‍याम्प तताइन

नेपाली अभिनेत्री स्वस्तिमा  खड्का, जो शोमा प्रभावशाली प्रस्तुतकर्ता (शोस्टपर) थिइन, उनले र्‍याम्पमा  हिड्दा ग्लामरको हिस्सानै बद्लिनमा आफ्नो भूमिका निभाइन ।

टि भी एस स्ट्राइकर मेलामा ग्राहक को भिड

टि भी एस स्ट्राइकर मेलामा ग्राहक को भिड

नेपालको लागि टिभीएस टु ह्वीलर्सको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले ग्राहक वर्गको हितलाई दृष्टिगत गर्दै  TVS Stryker मेला मा आउनुहोस सुपर...

पल्सर स्पोर्ट्स अवार्डलाई डिस मिडिया नेटवर्कको एक्शन स्पोर्ट्स  एचडी च्यानलको  सह–प्रायोजन

पल्सर स्पोर्ट्स अवार्डलाई डिस मिडिया नेटवर्कको एक्शन स्पोर्ट्स  एचडी च्यानलको  सह–प्रायोजन

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले प्रत्येक वर्ष आयोजना गर्ने  बजाज पल्सर स्पोर्ट्स अवार्ड २०७५ लाई डिस मिडिया नेटवर्क लिमिटेडले...

सिभिल बैंक लिमिटेडको शाखा सुर्खेत र लम्कीमा

सिभिल बैंक लिमिटेडको शाखा सुर्खेत र लम्कीमा

सिभिल बैंकले आफ्नो शाखा बिस्तारको क्रममा बीरेन्द्रनगरपालिकाको सुर्खेतमा र लम्कीचुहा नगरपालिकाको लम्कीमा शाखा संचालनमा ल्याएको छ । ...