८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

शेख हसिनाले सोमबार प्रधानमन्त्रीकाे सपथ लिँदै

ढाका - बंगलादेशको नयाँ प्रधानमन्त्रीका रुपमा शेख हसिनाले सोमबार पद तथा गोपनीयताको सपथ लिँदै छिन्। गत डिसेम्बर ३० मा सम्पन्न निर्वाचनबाट उनकाे दलले संसदमा बहुमत हासिल गरेसँगै हसिना पुनः प्रधानमन्त्री बन्न लागेकी हुन्।

शेख हसिनासँगै नयाँ मन्त्रिपरिषदको पनि सोमबार नै सपथ हुनेछ। बंगलादेशका राष्ट्रपति अब्दुल हमिदले शेख हसिनालाई सरकार गठन गर्न औपचारिक आमन्त्रण गरेका छन्। प्रधानमन्त्रीका रुपमा शेख हसिनाको यो लगातार तेस्रो कार्यकाल हुनेछ। यसैबीच, जातीय औक्या फ्रन्टले प्रधानमन्त्रीको सपथ कार्यक्रम बहिस्कार गर्ने जनाएको छ। मुख्य प्रतिपक्षी बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) र यसको गठबन्धनले चुनावी परिणाम अस्वीकार गर्नुका साथै स्वतन्त्र सरकारको नेतृत्वमा नयाँ निर्वाचन गराउन माग गरेको छ। बंगलादेशको नयाँ संसदको अधिवेशन भने जनवरी २८ देखि सुरु हुनेछ। 

प्रकाशित: २२ पुस २०७५ १४:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App