८ वैशाख २०८१ शनिबार
अर्थ

प्रभु बैंकले दश प्रतिशत लाभांश दिने

काठमाडौँ– प्रभु बैंंकले आफ्ना शेयरधनीलाई १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।बैंकको आइतवार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७४÷७५ मा कायम भएको चुक्ता पूँजीको पाँच प्रतिशत शेयर लाभांश दिने निर्णय गरेको हो ।

यस्तै कर प्रयोजनसहित पाँच दशमलव २६ प्रतिशत नगद लाभांश दिने भएको छ । बैंकको उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंक र वार्षिक साधारणसभाले स्वीकृत गरेपछि शेयर धनीलाई वितरण गरिनेछ।

यसैगरी भार्गव विकास बैंकले छ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । आव २०७४÷७५ को नाफाबाट उक्त लाभांश दिने प्रस्ताव गरेको हो । बैंकको चुक्ता पूँजी रु ५० करोड १६ लाखको छ प्रतिशतले हुन आउने रु तीन करोड ९६ हजार नगद लाभांश वितरण गर्न लागिएको हो । बैंकको उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंक र साधारणसभाले स्वीकृत गरेपछि वितरण गरिनेछ । रासस

प्रकाशित: २२ पुस २०७५ १२:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App