७ वैशाख २०८१ शुक्रबार
खेल

आयोजक बलेफीको विजयी सुरुवात

तस्बिर : ध्रुव/नागरिक

लामोसाँघु (सिन्धुपाल्चोक) - आयोजक बलेफी गाउँपालिकाले प्रथम बलेफी गाउँपालिका जिल्ला स्तरीय फुटवल प्रतियोगितामा विजयी सुरुवात गरेको छ।

लामोसाँघुस्थित बसन्तपुर मैदानमा आइतबार भएको उद्घाटन खेलमा बलेफीले त्रिपुरासुन्दरी गाउँपालिकालाई २–० गोलले पराजित गर्‍याे। बलेफीको जितमा दुबै गोल राजकुमार घिसिङले गरे। खेलको म्यान अफ द म्याचको बलेफीकै अजय तामाङ भए।

बलेफी गाउँपालिकाले आयोजना गरेको प्रतियोगितामा चौतारा साँगाचोकगढी, मेलम्ची र बाह्रविसे नगरपालिका तथा अरु सात गाउँपालिकासहित १० स्थानीय तहले भाग लिएका छन्। एक सातासम्म चल्ने प्रतियोगिताको बिजेताले एक लाख र उपविजेताले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्।

प्रकाशित: २२ पुस २०७५ ११:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App