६ वैशाख २०८१ बिहीबार
राजनीति

साढे ३३ किलो सुन काण्डका आरोपी पक्राउ परिसकेका छन् : प्रधानमन्त्री ओली

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले साढे ३३ किलो सुन तस्करीमा संलग्न केही व्यक्तिहरु भारतीय राजश्व अनुसन्धान ब्युरोको सहयोगमा समातिएको बताएका छन्।

संसद बैठकलाई आइतवार सम्बोधन गर्दै ओलीले भारतको काेलकत्तामा ३३ किलो सुन काण्डका केही आरोपीहरु सुनसहित समातिएको र उनीहरुमाथि अनुसन्धान भइरहेको जानकारी गराए। उनले विगत लामो समयदेखि नेपालमा भैरहेको सुनको तस्करी, त्यसमा जोडिएको आपराधिक मनोवृत्ति र संगठित अपराधको सञ्जाल ध्वस्त पार्ने कार्यमा सरकारले सफलता हासिल गर्दै गरेको दावी समेत गरे।

विशेष अनुसन्धानको माध्यमबाट सरकारले सुन तस्करीमा मुछिएका ७५ जना अभियुक्तमध्ये ४६ जना पक्राउ गरेको, ३१ जना फरार रहेको र ३४ जनालाई अदालतबाट पुर्पक्षका लागि थुनामा पठाइएको विवरण समेत प्रधानमन्त्री ओलीले संसदमा प्रस्तुत गरे। यस अवधिमा ४२ केजी ८४१ ग्राम अवैध सुन, १५२ थान अवैध हतियार, २८३ राउण्ड गोली र १५० जना संलग्न व्यक्ति पक्राउ गरिएको ओलीको भनाई छ।

प्रकाशित: २२ पुस २०७५ ११:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App