दुई तिहाइको सरकारमा अभिमान जाग्यो भने प्राप्त अवसर हातबाट फुत्किन सक्छ : दाहाल

आइतबार, २२ पुष २०७५, १७ : २८ रेखा भुसाल

बुटवल– नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले दुई तिहाइ बहुमतको सरकारमा अभिमान जाग्यो र आफ्ना नैतिक कमजोरी देख्न छोडयो भने हेर्दा हेर्दै प्राप्त अवसर हातबाट फुत्किन सक्ने बताएका छन्। 

लोक अभियान नामक पाक्षिक पत्रिकाको आइतबार बुटवलमा बिमोचन गर्दे अध्यक्ष दाहालले अहिले आफूहरुका अगाडि अवसर र चुनौती दुवै रहेकाले नैतिक कमीकमजोरी केलाउँदै आत्मआलोचना गरेर अगाडि बढनुपर्ने खाँचो औल्याए। ‘हामीमा अभिमान जाग्यो, घमण्ड आयो, आफना नैतिक कमीकमजोरी देख्न छोडयौं, जनताका आवाजलाई सुन्न छोडयौ भने सजिलै त्यो परिस्थितलाई  प्रतिक्रान्तिको शक्तिले उपयोग गर्छ। हेर्दाहेर्दै स्थिती हाम्रो हातबाट फुत्कने खतरा रहन्छ’, अध्यक्ष दाहालले भने। 

दुई तिहाइको कम्युनिस्ट सरकारले जनतालाई परिणाममुखी समृद्धि दिनुपर्ने भन्दै अध्यक्ष दाहालले विश्व समुदायले पनि नेपालमा जनतालाई परिणाममुखी समृद्धि दिएर कम्युनिस्ट आन्दोलनको नयाँ लहर सृजना होला या पानीको फोका जस्तै झुल्केर अस्ताउला भनेर हेरिरहेको उल्लेख गरे। राष्ट्रिय स्वाधिनता, भौगोलिक अखण्डता, विकास र समृद्धि तथा समाजबाद जस्ता ऐतिहासिक उद्देश्यमा एकीकृत भएर अगाडि नबढे त्यसबाट उत्पन्न परिस्थिती दुर्भाग्यपूर्ण हुने खतरा उनले औल्याए। हिजोका शासकहरु गुमेको शक्ति पुनर्स्थापित गर्ने कसरतमा रहेको भन्दै अध्यक्ष दाहालले कम्युनिस्टहरुबीच एकता आवश्यक रहेको उल्लेख गरे।








यसमा तपाईको मत

अन्य समाचार

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

“एडोब फोटोशप” अब एप्पलको आइप्याडमा पनि आउने भएको छ ...

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि विकास बैंकले मझौला तथा साना व्यवसाय, परियोजनामा कर्जा लगानीलाई प्रोत्साहन गर्न ग्रामीण प्रविधि केन्द्र र सामुदायिक विधुत उपभोक्ता राष्ट्रिय...

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले नौ अर्ब ६७ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्ने भएको छ । ...

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टले दिपावली तथा छठ पर्वको अवसर पारेर ‘चाँदीको झिलिमिली’ योजना सार्वजनिक गरेको छ । ...

टेलिकमको ‘डाटा रोमिङ प्याक’

टेलिकमको ‘डाटा रोमिङ प्याक’

नेपाल टेलिकमले अन्तर्राष्ट्रिय रोमिङ सेवा लिई भारत भ्रमणमा जाने कम्पनीका मोबाइल प्रयोगकर्ताका लागि ‘डाटा रोमिङ प्याक’ सञ्चालन गरेको छ ।

सिथोसको एआई सेवा नेपालमा

सिथोसको एआई सेवा नेपालमा

अमेरिकी कम्पनी सिथोसले नेपालमा सेवा विस्तार गर्ने भएको छ । ...

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्स बैंक इन्टरनेसनलको सञ्चालक समिति बैठकले राजेन्द्रलाल श्रेष्ठलाई कम्पनी सचिवमा नियुक्त गरेको छ । ...

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको दसैं तिहार अभियानको चौथो संस्करणको ग्राउन्ड एक्टिभेसनमा अझ बढी रौनक थप्न अभिनेत्री आँचल शर्माले २२, २३ र २४ अक्टोबरमा...

Ncell Footer Ad