coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

गाडीले किचेर एक जनाको ज्यान गयो राजमार्ग अवरुद्ध

बिरा गडाल

बैतडी–सडकमा पैदल हिडिरहेको सिद्धेश्वर–८ तल्लो अनारखोलीका ५५ वर्षीय रामबहादुर बिष्टको गाडीले किचेर ज्यान गएको छ।
पैदलयात्रुको मृत्यु भएपछि  आक्रोसित भएका मृतकका आफन्तले राजमार्ग बन्द गराएका छन्। बिष्टलाई शनिबार साँझ साढे ८ बजे महाकाली राजमार्ग  तल्लो अनारखोलीमा गाडीले किचेको हो। गाडीसहित चालक भने फरार  छन्।

मृतकका आफन्तले मृतकको शव बीच सडकमा राखेर  राजमार्ग बन्द गरेका छन्। राजमार्ग बन्द हुदाँ शनिबार साँझदेखि दर्जनौं सवारी साधन र यात्रुबीच बाटोमै अलपत्र परेको  खोडपेका स्थानीय प्रेम भाटले बताए। दसैं मनाउन घरतिर गइरहेका बैतडी, दार्चुला, बझाङ जिल्लाका सयौं यात्रु बाटोमै अलपत्र परेका हुन्।

राजमार्ग खुलाउन जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक बालनरसिंह राणा नेतृत्वको टोली घटनास्थल पुगेको छ।

 

प्रकाशित: १६ आश्विन २०७३ ०४:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App