coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

‘बोल्दा नि सुख पाइन, नबोल्दा नि सुख पाइन’

फाइल तस्बिर: नागरिक

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले बोल्दा नि सुख नपाएको नबोल्दा पनि सुख नपाएको भन्दै गुनासो गरेका छन्। आइतवार प्रतिनिधि सभाको बैठकमा सार्वजनिक महत्वको विषयमा बोल्दै प्रधानमन्त्री केपी ओलीले बोल्दा नि नहुने र नबोल्दा पनि सुख नपाइने अवस्था भएकाले आफूले सरकारले पछिल्लो दश महिनामा गरेका काम बारे जानकारी गराउन चाहेको बताए।

प्रतिपक्षी दललाई लक्षित गर्दै प्रधानमन्त्री ओलीले भने, ‘बोल्दा पनि कामै नगरी बोल्यो भनिन्छ। नबोली बस्यो सरकार के गर्दैछ भनेर प्रश्न गरिन्छ।’ प्रधानमन्त्रीले अगाडि भने, ‘तर्क र बहस गर्नुछैन। गर्नु छ त विकास। त्यसैले आज म सदनमा उठाइएका रंगीविरंगी प्रश्नलाई सम्बोधन गर्दैछु।’ प्रधानमन्त्री ओलीले अहिले प्रतिनिधि सभालाई सम्बोधन गरिरहेका छन्।

प्रकाशित: २२ पुस २०७५ ०७:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App