४ वैशाख २०८१ मंगलबार
समाज

सुदूरपश्चिमका दुई जिल्लामा परिचयपत्र वितरण गरिने

बैतडी - सुदूरपश्चिम प्रदेशका दुई जिल्लामा चालू आवमा राष्ट्रिय परिचयपत्र वितरण गरिने भएको छ। अछाम र कञ्चनपुरमा चालू आर्थिक वर्षभित्रै परिचयपत्र वितरण गरिने राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जनाएको छ। आउँदो माघबाट विवरण सङ्कलन गरिने र असारसम्म परिचयपत्र वितरण गरिसक्ने लक्ष्य लिइएको छ।

सरकारले संवैधानिक रुपमै राष्ट्रिय परिचयपत्र बनाउन खोजेको प्रदेशका आन्तिरिक मामिला तथा कानूनमन्त्री प्रकाश शाहले बताउनुभयो। सरकारले पाँचथरबाट गत मङ्सिर ३ गतेदेखि वितरण शुरु गरिएको परिचयपत्र वितरण चालू आर्थिक वर्षमा सात प्रदेशका १५ जिल्लामा वितरण हुन लागेको हो।

विभागले यसअघि पाँचथरमा एक लाख १० हजार र सिंहदरबारका सात हजार कर्मचारी गरी एक लाख १७ हजारलाई परिचयपत्र वितरण गरिसकेको छ। विभागले चालू आर्थिक वर्षभित्र सात प्रदेशका १६ वर्षभन्दा माथिका ३५ लाख २३ हजार ६९८ जनालाई परिचयपत्र वितरण गर्ने तयारी गरेको हो। (रासस)

प्रकाशित: २२ पुस २०७५ ०६:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App