४ वैशाख २०८१ मंगलबार
समाज

सरकारविरुद्ध विद्यार्थी संगठनद्वारा प्रदर्शन

सरकारको विरोधमा पाल्पाका विद्यार्थीले आन्दोलन गर्दै । तस्बिरः मुक्ति/नागरिक

पाल्पा - पाल्पाको सदरमुकाम तानसेनमा विद्यार्थी संगठनहरुले सरकारविरुद्ध प्रदर्शन गर्दै एक घण्टा चक्काजाम गरेका गरेका छन्।

रेमश चौधरीको सपथ, वाइड बडी प्रकरण, निर्मला हत्याकाण्ड, एसिया प्यासिफिक समिट लगायत कार्यको विरोधमा विद्यार्थीहरुले सरकार विरुद्ध प्रदर्शन गर्दै चक्काजाम गरेका गरेका हुन्। ती विद्यार्थी संगठनहरुले आइतबार बिहान ८ बजेदेखी ९ बजेसम्म तानसेन गुल्मी सडकखण्डमा चक्काजाम गरेका थिए।

नेपाल विद्यार्थी संघ र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन छैठौंल सरकार विरुद्ध प्रदर्शन गर्दै चक्काजाम गरेका गरेका हुन्। प्रदर्शनको क्रममा विद्यार्थीहरुले रेशम चौधरीको सपथ फिर्ता गर, निर्मला हत्याकाण्डको बलत्कारी सार्वजनिक गर, भष्ट्राचारीलाई कारवाही गर, धर्मको रक्षा गर लगायतका नाराका लगाएका थिए।

प्रदर्शनपछि कोणसभालाई सम्बोधन गर्दै नेपाल विद्यार्थी संघका जिल्ला सभापति कृष्ण आलेले समृद्धिको सपना बुनेका नेपालीलाई दुई तिहाई सरकारले दम्भ देखाएको बताए।

‘तीन जनाको विभत्स हत्यामा संलग्न चौधरी निर्दोष भए सफाई दिनुपर्यो, अभियुक्त भए किन कानूनको खिल्ली उडाइएको छ’, उनले भने,‘सरकारले निर्मलाका बलत्कारी सार्वजनिक गर्न सकेको छैन। अन्तराष्ट्रिय भन्दै धार्मिक सम्मेलन गर्छ। सरकारको कार्यशैली अब जनताले सहेर बस्न सक्दैनन्।’

त्यस्तै अनेरास्ववियु छैठौंका जिल्ला अध्यक्ष पुरन पोखरेलले सरकारका पछिल्ला क्रियाकलापबाट कानूनी राज्यको खिल्ली उडेको बताए।

‘वाईड बडी विमानमा घोटाला गर्ने वहालवाला मन्त्रीलाई पदमा बसिरहन सुहाउँदैन',उनले भने,'हामी धर्म निरपेक्षताको स्वागत गर्छैँ तर देशको परम्परागत धर्ममाथी प्रहार हुने गतिविधि पनि सह्य हुँदैन।’ विद्यार्थी नेताहरुले अब आन्दोलनको सुरुवात भएको भन्दै जनता पनि सडकमा आउनुपर्ने बताए। विद्यार्थीहरुको चक्काजामका कारण गुल्मी, अर्धाखाँची क्षेत्रबाट गन्तव्यमा हिंडेका सयौं यात्रु अलपत्र परेका थिए।

प्रकाशित: २२ पुस २०७५ ०५:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App