५ वैशाख २०८१ बुधबार
खेल

आर्सनल, म्यानचेस्टर युनाइटेड र चेल्सी एफए कपको चौंथो चरणमा

रिडिङविरुद्ध गोल गरेपछि युनाइटेडका जुवान माटा । तस्बिरः एजेन्सी

काठमाडौं – आर्सनल, म्यानचेस्टर युनाइटेड र चेल्सी इङ्लिस फुटबल प्रतियोगिता एफए कपको चौंथो चरणमा प्रवेश गरेका छन्। शनिबार राति सम्पन्न तेस्रो चरणको खेलमा आर्सनलले ब्ल्याकपूललाई ३–० ले पराजित गर्यो।

ब्ल्याकपूलको घरेलु मैदानमा आर्सनललाई सहज जित दिलाउन १९ वर्षीय खेलाडी जोय विलकले २ तथा एलेक्स इवोबीले १ गोल गरे। खेलको ११ औं मिनेटमा आरोन राम्सेले प्रहार गरेको फ्रिकिक पोलमा लागेर फर्किएको बलमा हेडर गोल गर्दै अग्रता दिलाएका थिए। ३७ औं मिनेटमा पुनः विलकले ब्याक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर पारे।

पहिलो हाफमा २–० को अग्रता लिएको आर्सनलका लागि ८२ औं मिनेटमा इवोबीले गोल गरेपछि आर्सनलले अग्रता तेब्बर पारेको थियो। त्यसपछि कुनै गोल नभएपछि आर्सनल ३–० को सहज जितका साथ चौंथो चरणमा स्थान बनाउन सफल भयो। ब्ल्याकपूलले खेलअवधिभर गोलका केही अवसर पाएपनि सफल हुँन सकेन्। आर्सनल १३ औं पटक एफए कपको उपाधि जित्ने लक्ष्यमा रहेको छ।

त्यस्तै म्यानचेस्टर युनाइटेडले तेस्रो चरणमा रिडिङमाथि २–० गोलको सहज जित हात पार्यो। वल्ड ट्राफोर्डमा भएको खेलमा युनाइटेडका लागि जुवान माटा र रोमेलु लुकाकुले गोल गरे। खेलको २० औं मिनेटमा फ्रेडले गोल गरेपनि रेफ्रीले अफसाइट दिएपछि युनाइटेड अग्रता लिन चुकेको थियो।

तर, २२ औं मिनेटमा माटाले पेनाल्टीमा गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए। पहिलो हाफको इन्ज्युरी समयमा लुकाकुले गोल गर्दै युनाइटेडको अग्रता दोब्बर पारेका थिए। तर, दोस्रो हाफमा दुवै टोलीबाट कुनै गोल नभएपछि युनाइटेड २–० को जितसहित अघिल्लो चरणमा प्रवेश गर्यो। ओले गुनर सोल्सजायरले युनाइटेडको प्रशिक्षण सम्हालेपछि यो लगातार पाँचौं जित हो।

यस्तै चेल्सीले चौंथो चरणमा प्रवेश गर्ने क्रममा नटिङघम फरेस्टलाई २–० ले नै पराजित गर्यो। चेल्सीका लागि अन्तिम खेल खेलेका सेस फाब्रिगासले पेनाल्टी गुमाएको खेलमा स्ट्राइकर अल्भारो मोराटा नायक बने। पहिलो हाफमा दुवै टोलीले बराबरी खेलेपनि मोराटोले ४९ र ५९ औं मिनेटमा गोल गर्दै चेल्सीलाई सहज जितका साथ अघिल्लो चरण प्रवेश गराए। मिडफिल्डर फाब्रिगासले नटिङघम फरेस्टविरुद्धको खेलसँगै चेल्सी बसाइ अन्त्य गरेका छन्।

मिडफिल्डर फाब्रिगासले नटिङघम फरेस्टविरुद्धको खेलसँगै चेल्सी बसाइ अन्त्य गरेका छन्। फाब्रिगासले खेलपछि स्पेनबाट १०० औं क्याप जितेको खेलमा पनि आफूले पेनाल्टी गुमाएको प्रतिक्रिया दिएका छन्। यो खेलमा फाब्रिगासले चेल्सीको कप्तानी सम्हालेका थिए। ८५ औं मिनेटमा एन्गोलो कान्टेले रिप्लेस गरेपछि मैदान बाहिरिँदा फाब्रिगासलाई इस्टेन्डीङ अभिएसन प्रदान गरिएको थियो।

योसँगै ३१ वर्षीय फाब्रिगासले इङ्लिस फुटबलको करियरको अन्त्य गरेको अनुमान गरिएको छ। उनले आर्सनल र चेल्सीबाट ५०१ खेलेका छन्। सन् २००३ देखि २०११ सम्म आर्सनलबाट खेलेका फाब्रिगास त्यसपछि बार्सिलोना गएका थिए। २०१४ मा फाब्रिगासले चेल्सीमा ९८ खेल खेल्दै २२ गोल गरेका थिए।

प्रकाशित: २२ पुस २०७५ ०४:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App