विद्यालयकी एक्ली विद्यार्थी

आइतबार, २२ पुष २०७५, ०७ : २४ शेरबहादुर जेरो

ओखलढुंगा - मानेभञ्ज्याङ गाउँपालिका–४ स्थित सानोजुरे आधारभूत विद्यालयकी एक्ली विद्यार्थी हुन् खुसी राई। उनी कक्षा २ मा पढ्छिन्। विद्यालयमा तीन विद्यार्थी भर्ना भए पनि उनी मात्र नियमित स्कुल आउँछिन्। विद्यालयमा शिक्षक पनि एकजना मात्र छन्, बाबुराम राई। स्थायी शिक्षक उनी प्रधानाध्यापक हुन्।

एक शिक्षकका लागि खुसी एक्ली विद्यार्थी हुन्। तर उनलाई सरले कहिलेकाहीं मात्र पढाउँछन्। खुसीकी आमा सुशीला त्यही विद्यालयमा कार्यालय सहयोगी छिन्। उनी आमासँगै नियमित विद्यालय आउँछिन्। सुशीलाले नै छोरीलाई अंग्रेजीबाहेक सबै विषय पढाउँछिन्। ‘सुरुमा नेपाली पढाउँछु, अनि सामाजिक, विज्ञान, स्वास्थ्य गरी दिउँसो १ बजेसम्म सबै विषय पढाइसकेर छोरीलाई लिएर घर जान्छु,’ सुशीलाले भनिन्, ‘कहिलेकाहीं हेड सर आउँदा अंग्रेजी विषय पढाउनुहुन्छ।’

प्रधानाध्यापक बाबुराम नियमित विद्यालय आउँदैनन्। उनकै लापरबाहीका कारण स्थानीय अभिभावकले आफ्ना बालबालिकालाई अर्को विद्यालयमा पढ्न पठाएको बुझिएको छ। कार्यालय सहयोगी राईका अनुसार पढाउने शिक्षक पनि छैनन्, अनि हेडसर पनि नियमित नआउँदा स्थानीयले आफ्ना छोराछोरीलाई पढाउन अन्तै पठाउने गरेका हुन्।

सानोजुरेका बालबालिका अहिले केत्तुके र उबुँमा रहेका बोर्डिङ स्कुल तथा सामुदायिक राज्यलक्ष्मी माविमा पढ्न जान्छन्। त्यहाँ पुग्न पैदल डेढ घण्टा लाग्छ। सानोजुरे विद्यालयका प्रधानाध्याक बाबुराम अंग्रेजी आकर्षणले गाउँका बालबालिका बोर्डिङ स्कुल जाने गरेकाले आफ्नो विद्यालयमा विद्यार्थी घटेको दाबी गर्छन्।

विद्यालयमा तीन वर्षदेखि एक शिक्षकको दरबन्दी रिक्त छ। तर शिक्षक नियुक्तिका लागि पहल भएको छैन। मानेभञ्ज्याङ गाउँपलिकाकै अर्को विद्यालयका प्रधानाध्यापकका आफन्तलाई सरुवा गरी ल्याउन यसरी दरबन्दी खाली राखिएको स्रोतले जनाएको छ। चार शैक्षिक सत्रको अन्तरालमा उक्त विद्यालयमा विद्यार्थी घटेर एक जनामा सीमित भएको हो।

विद्यालयको तथ्यांकअनुसार शैक्षिक सत्र २०७२ मा कक्षा ३ सम्म सात विद्यार्थी थिए। चालु शैक्षिक सत्रमा तीन विद्यार्थी मात्र भर्ना भएका छन्। त्यसमा पनि एकजनाबाहेक अरू स्कुल आउँदैनन्। गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाको तथ्यांकले भने उक्त विद्यालयमा चालु शैक्षिक सत्रमा विद्यार्थी भर्ना दर शून्य देखाएको छ।







यसमा तपाईको मत


अन्य समाचार

प्रतिबन्धका कारण हुवावेलाई अर्बौ डलर घाटा

प्रतिबन्धका कारण हुवावेलाई अर्बौ डलर घाटा

प्रतिबन्ध पछि हुवावेको आम्दानी ३० अर्ब अमेरिकी डलर कम हुने ...

नेपाल शैक्षिक परामर्श संघ (ECAN) ले  शैक्षिक मेला आयोजना गर्ने

नेपाल शैक्षिक परामर्श संघ (ECAN) ले शैक्षिक मेला आयोजना गर्ने

नेपाल शैक्षिक परामर्श संघ (ECAN) ले बृहत शैक्षिक मेला आयोजना गर्ने परम्परालाई निरन्तरता दिंदै यस वर्ष १३ औं संस्करण भव्यताका...

नेपाली अभिनेत्री स्वस्तिमा खड्काले र्‍याम्प तताइन

नेपाली अभिनेत्री स्वस्तिमा खड्काले र्‍याम्प तताइन

नेपाली अभिनेत्री स्वस्तिमा  खड्का, जो शोमा प्रभावशाली प्रस्तुतकर्ता (शोस्टपर) थिइन, उनले र्‍याम्पमा  हिड्दा ग्लामरको हिस्सानै बद्लिनमा आफ्नो भूमिका निभाइन ।

टि भी एस स्ट्राइकर मेलामा ग्राहक को भिड

टि भी एस स्ट्राइकर मेलामा ग्राहक को भिड

नेपालको लागि टिभीएस टु ह्वीलर्सको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले ग्राहक वर्गको हितलाई दृष्टिगत गर्दै  TVS Stryker मेला मा आउनुहोस सुपर...

पल्सर स्पोर्ट्स अवार्डलाई डिस मिडिया नेटवर्कको एक्शन स्पोर्ट्स  एचडी च्यानलको  सह–प्रायोजन

पल्सर स्पोर्ट्स अवार्डलाई डिस मिडिया नेटवर्कको एक्शन स्पोर्ट्स  एचडी च्यानलको  सह–प्रायोजन

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले प्रत्येक वर्ष आयोजना गर्ने  बजाज पल्सर स्पोर्ट्स अवार्ड २०७५ लाई डिस मिडिया नेटवर्क लिमिटेडले...

सिभिल बैंक लिमिटेडको शाखा सुर्खेत र लम्कीमा

सिभिल बैंक लिमिटेडको शाखा सुर्खेत र लम्कीमा

सिभिल बैंकले आफ्नो शाखा बिस्तारको क्रममा बीरेन्द्रनगरपालिकाको सुर्खेतमा र लम्कीचुहा नगरपालिकाको लम्कीमा शाखा संचालनमा ल्याएको छ । ...

हिम इलेक्ट्रोनिक्सद्वारा चितवनमा न्यू श्री गणेश इलेक्ट्रोनिक्स आउटलेट पुनः उद्घाटन

हिम इलेक्ट्रोनिक्सद्वारा चितवनमा न्यू श्री गणेश इलेक्ट्रोनिक्स आउटलेट पुनः उद्घाटन

हिम इलेक्ट्रोनिक्सको चितवनस्थीत एक आधिकारिक डिलर न्यू श्री गणेश इलेक्ट्रोनिक्स १० वर्ष पुगेको उपलक्ष्यमा अझै परिष्कृत तथा सुविधा सम्पन्न रुपमा...

इजरायलबाट ‘मेगा रेमीट’ सेवा

इजरायलबाट ‘मेगा रेमीट’ सेवा

‘मेगा रेमीट’ सेवालाई बिभिन्न देशमा विस्तार गर्ने क्रममा मेगा बैंक नेपाल लिमिटेडले इजरायलबाट पनि रेमीट्यान्स सेवा सुरु गरेको छ ।