नेपालमा आत्महत्या :  जटिल समस्या

आइतबार, १६ असोज २०७३, ०८ : ४७ भगवती  सेढाईं (सिलवाल)

सामान्य बुझाइमा कोही–कोहीले जीवनबाट विरक्त भएपछि आत्महत्या गर्न चाहन्छन्। कतिपय त्यसमा सफल पनि हुन्छन्। परिवारको कुनै एक सदस्यले यसरी आत्महत्या गर्दा अन्य सदस्यमा पनि उच्च मानसिक तनाव सिर्जना हुन्छ। मनोवैज्ञानिकका अनुसार आत्महत्या मानसिक समस्याको जटिल परिणति हो। विश्वमा एक वर्षमा मृत्यु हुनेमध्ये १.५ प्रतिशत अर्थात ८५०,००० को मृत्युको कारण आत्महत्या हुने गर्छ। नेपालमा करिब ५ प्रतिशत छ। अर्थात नेपालमा तीन गुना बढीले आत्महत्या गर्छन्।

प्रतिघण्टा एक

नेपाल प्रहरीको महिला तथा बालबालिका सेवा निर्देशनालयको तथ्याङ्कअनुसार  नेपालमा आ. व.७२/७३ मा ४ हजार ६  सय ६७ जनाले आत्महत्या गरेको देखाउँछ। तर विश्वप्रख्यात ग्लोबल बर्डन अफ डिजिज स्टडीले २०१३ का लागि गरेको अनुमानअनुसार यहाँ कम्तीमा पनि ४,११७ देखि ८,२३९ जनासम्मले आत्महत्या गर्छन्। यहाँको जनसंख्याको १५ देखि ४९ वर्ष समूहमा भएका मृत्युका कारण वर्गीकरण गर्दा करिव १३ प्रतिशतको कारण आत्महत्या पाइन्छ। यो उमेर समूहमा हुने मृत्युको अर्को यति ठूलो कारण नेपालमा अरु छैन। नेपालमा २५ वर्षमा वार्षिक आत्महत्याबाट मर्नेहरुको संख्यामा ६० प्रतिशत वृद्धि भएको छ। सन् १९९० ताका बर्सेनि करिब पाँच हजारले आत्महत्याबाट ज्यान गुमाउँथे भने हाल यो संख्या आठ हजारभन्दा बढी पुगेको अनुमान छ।

मानिसलाई आन्तरिक र बाह्य परिस्थितिले आत्महत्या गर्न बाध्य गराएको हुन्छ। यसैले यो समस्या समाधान गर्नका लागि व्यक्ति स्वयं, परिवार, समाज र सिंगो राष्ट्र नै लाग्नुपर्ने अवस्था आइसकेको छ।

कारण

केही अध्ययनले अधिकांश आत्महत्याको प्रमुख कारणमा मानसिक तनाव जस्ता समस्या र मद्यपान औल्याएका छन्। महिला तथा बालबालिका सेवा निर्देशनालयले  मानसिक समस्या, झगडा, आर्थिक, प्रेम वा अध्ययनमा असफलतालाई नै आत्महत्याका प्रमुख कारण भनेको छ। यसका कारण जटिल हुने भए पनि त्यसो गर्नु केही समयअघि उनीहरु अत्यधिक निराश भएका वा आफ्नो जीवन निरर्थक रहेको निश्कर्षमा पुगेको मान्न सकिन्छ।

सञ्चारमाध्यममा दैनिकजसो आत्महत्याका समाचार देख्न, पढ्न र सुन्न पाइन्छन्। तिनमा कारण भने 'अज्ञात' उल्लेख हुन्छ। केहीको कारणचाहिँ माथि उल्लेख भएका नै हुन्छन्। कसैले भने कानुनी कारबाहीको डरले पनि आत्महत्या गर्छन्। गरिवी पनि कारण हो। सामाजिक सञ्जालबाट अश्लीलता र गोपनीयता भङ्ग भएका कारण पनि सुनिन्छ।

निर्धारक तत्व

सरसर्ती हेर्दा आत्महत्या कसैका लागि आफ्नै ज्यान लिने एक उपायमात्र होइन, यो आत्महत्या गर्ने व्यक्तिले आफूलाई परेको मानसिक दबाब थेग्न नसक्ने अवस्थामा पुगेपछिको अवस्था पनि हो। आत्महत्याका प्रयास गर्ने ९० प्रतिशतमा कुनै न कुनै किसिमको मानसिक स्वास्थ्य समस्या हुन्छ भन्ने मनोवैज्ञानिकले विश्वास गरेका छन्। त्यसैले यो परिमाण कम गर्न व्यक्तिले थेग्न सक्ने अवस्थामा रहेको मानसिक दबाब पहिचान वा निरुपण गरेर त्यसको व्यवस्थापन वा उपचार गर्नु अति नै महत्वपूर्ण हुन्छ। यसका लागि मानिस कुन अवस्थामा आत्महत्याको जोखिममा हुन्छन् भन्ने जान्नु आवश्यक छ। विज्ञहरुका अनुसार कुनै व्यक्तिले आत्महत्या गर्ने विषयमा सोच्ने वा गरिहाल्ने अवस्था धेरै कुराले निर्धारण गर्छन्, जस्तै : 

१. विगत :  आफ्नो बाल्यकाल वा विगतका केही कटुअनुभव, जस्तै– शारीरिक वा यौन हिंसापीडित, अभिभावक वा परिवारबाट उपेक्षित भएको इतिहास भएको अवस्था।

२. मानसिक स्वास्थ्य :  गम्भीर मानसिक समस्याबाट पीडित भएको अवस्था।

३. जीवनशैली :  लागुपदार्थमा फसेको अवस्था।

४. पेशा वा रोजगार :  जागिर र रोजगारीको असुरक्षाले निम्त्याएको असन्तुष्टि।

५. सम्बन्ध :  सामाजिकरूपमा बहिष्कृत, हेला गरिएको, गुण्डागर्दीमा संलग्न आदि अवस्था।

६. वंशाणुगत वा आत्महत्याको पारिवारिक इतिहास भएको।

७. विश्वका द्वन्द्वग्रस्त मुलुकमा देशको तरल राजनीतिक, आर्थिक र असुरक्षाका कारण सबै उमेर समूहका मानिसमा मानसिक तनाव डिप्रेसनको स्थिति अत्यधिक भएको हुँदा त्यहाँ आत्महत्याको दर पनि उच्च पाइन्छ। हिंसाग्रस्त समाजमा आफ्ना प्रियजन गुमाउनुपरेका कारण पनि मानिस आत्महत्या गर्नेसम्मको स्थितिमा आइपुग्छन्।

पारिवारिक/सामाजिक पक्ष

आत्महत्या अपराध हो। आत्महत्या कसैको रहर र इच्छाका कारणले हुँदैन। सामान्यतः कसैले दिएको मानसिक यातना वा पीडा नै आत्महत्याको कारक हो। हिजोआज हुने गरेका आत्महत्याको घटना र प्रकृति हेर्दा अधिकांश मात्रामा घरेलु हिंसाका कारणले पनि हुने गरेका छन्। अनैतिक यौन सम्पर्कबाट गर्भ रहेको, पतिको कुटाई, सौताको आगमन, दाइजो आदि जस्ता व्यक्तिगत, सामाजिक र  मानसिक दबाब नै उनीहरुको आत्महत्याको प्रमुख कारण हुन पुग्छन्। विगतको दशकमा नेपालीमा आएको रहनसहन र जीवनशैली परिवर्तनबाट सिर्जित नौला समस्या पनि आत्महत्याका ऊर्वरक कारण भएको अनुमान गर्न सकिन्छ। प्रतिष्ठा, कानुनी कारबाही र झन्झटिलो प्रक्रियामा फस्नुपर्ने डरले धेरै आत्महत्याका घटना प्रहरीसम्म नपुग्ने हुनाले यसको वास्तविकता प्रहरीले गरेको सार्वजनिक तथ्याङ्कभन्दा बढी हुनसक्छ।

रोकथाम

हाम्रो समाजमा मानसिक समस्यालाई पारिवारिक र सामाजिक प्रतिष्ठासँग जोडिन्छ र सकेसम्म (घरभित्रै) लुकाएर राख्ने गरिन्छ। कतिले गरिबीको कारणबाट सही उपचारसम्म पाउन सकेको हुँदैन। त्यसैगरी मानसिक रोग पहिचान भएको खण्डमा परिवार वा समाजबाट उपेक्षित हुने डरले पनि मानिस आत्महत्या र मानसिक स्वास्थ्यबारे खुलेर बोल्न चाहँदैनन्। यसैले नेपालमा आत्महत्याविरुद्धको राष्ट्रिय नीति तयार गरेर त्यसको आधारमा ग्रामीण तहसम्मको कार्यान्वयन र सामुदायिक सक्रियतामा यसलाई न्यूनीकरण गर्न सकिन्छ। यसका लागि परिवार, समाज र राज्य लागिपर्नुपर्ने देखिन्छ। त्यसैगरी आत्महत्या गर्ने व्यक्तिले कुनै न कुनै समयमा आफुलाई आत्महत्या गर्न मन लागेको कुरा व्यक्त गरेका हुनसक्छ, उनीहरुलाई  समस्याबारे खुलेर कुरा गर्ने वातावरण सिर्जना गर्नुपर्छ। जसका कारण उनीहरु आफूलाई हलुको महसुस गर्छन् र आत्महत्याको विचार परित्याग गर्न सक्छन्। कतिपयले परीक्षाफल प्रकाशित हुनासाथ आत्महत्या गरेको देखिन्छ, त्यसैले शिक्षकमार्फत विद्यार्थीलाई परीक्षामा असफल हुनु भनेको सफलताका लागि नयाँ पाठ हो भनी सानैदेखि सिकाउनुपर्छ। उनीहरुलाई हेला गर्ने र हेप्नुहुँंदैन।

मूलभूतरूपमा हाम्रो समाजका बेथिति, महिला हिंसा, बेरोजगारी जस्ता समस्या हटाएर सामाजिक सुरक्षा बढाउन सकेमा आत्महत्याका घटनामा केही कमी ल्याउन सकिन्छ। सरसर्ती हेर्दा मानिसलाई आन्तरिक र बाह्य परिस्थितिले आत्महत्या गर्न बाध्य गराएको हुन्छ। यसैले यो समस्या समाधान गर्नका लागि व्यक्ति स्वयं, परिवार, समाज र सिंगो राष्ट्र नै लाग्नुपर्ने अवस्था आइसकेको छ।








यसमा तपाईको मत

अन्य समाचार

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्ट सरफेस डुवो र माइक्रोसफ्ट सरफेस नियो सार्वजनिक गरेर प्रविधिको जगतलाई आश्चर्य चकित पारेको छ ...

एप्पलले सोचेभन्दा धेरै आइफोन ११ को माग

एप्पलले सोचेभन्दा धेरै आइफोन ११ को माग

एप्पलको नयाँ आइफोन - आइफोन ११ को माग निकै उच्च रहेको छ ! ...

एनसेलको दशैं अफर

एनसेलको दशैं अफर

एनसेल प्रा.लि.ले आफ्ना ग्राहकहरुका लागि दशैं अफर ल्याएको छ । ...

वेस्टर्न युनियनको उपभोक्ता प्रवद्र्धन अफर

वेस्टर्न युनियनको उपभोक्ता प्रवद्र्धन अफर

रेमिट कम्पनी वेस्टर्न युनियनले नेपालमा सेप्टेम्बर १८ देखि नोभेम्बर १६सम्म साप्ताहिक ड्र र बम्पर लक्की ड्रमार्फत नगद पुरस्कार जित्न सक्ने...

कुमारी बैंकका सात शाखा थपिए

कुमारी बैंकका सात शाखा थपिए

कुमारी बैंकले एकै दिन सात शाखा उद्घाटन गरेको छ । ...

मुक्तिनाथद्वारा मृतकको ऋण मिनाहा र फिर्ता

मुक्तिनाथद्वारा मृतकको ऋण मिनाहा र फिर्ता

मुक्तिनाथ विकास बैंकले सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत बैंकको साना तथा लघुबैंकिङ कार्यालय बूढीबजारमा सदस्य रहेका विष्णुमाया बरालको मृत्यु भएकोले निजले उपभोग...

फोर्ड र महिन्द्रा सहकार्यमा

फोर्ड र महिन्द्रा सहकार्यमा

फोर्ड मोटर कम्पनी र महिन्द्रा एन्ड महिन्द्रा कम्पनीले संयुक्त रुपमा काम गर्ने गरी सम्झौतामा हस्ताक्षर गरेका छन् । ...

अब ए५०एसमा सामसङको प्रिमियम क्यामरा फिचर

अब ए५०एसमा सामसङको प्रिमियम क्यामरा फिचर

सामसङले हालै नयाँ डिजाइनको साथ ग्यालेक्सी ए५०एस प्रस्तुत गरेको छ। नयाँ ग्योलेक्सी ए५०एसमा अझै धेरै नवीनतम एवं आकर्षक विशेषताहरु समेटिएको...

Ncell Footer Ad