७ वैशाख २०८१ शुक्रबार
समाज

कैदीबन्दीले गरे रक्तदान

रामेछाप - बज्रमोहन शुभद्रादेवी स्मृति प्रतिष्ठान सालुले शनिवार रामेछापको पुरानो सदरमुकाम रामेछापमा संचालन गरेको एक दिने स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रममा रामेछाप कारागारका ६८ कैदी सहित १ सय १२ जनाले रक्तदान गरेका छन्।

स्त्रीरोग तथा प्रसुति सेवा, नाँक कान घाटी र आँखा र हाडजोर्नी सम्बन्धीको एक दिने स्वास्थ्य शिविरबाट ३ सय जना सर्वसाधारणले लाभ लिएको प्रतिष्ठानका सचिव सुजन कुमार काफ्ले जानकारी दिए। उनले सर्वसाधारणलाई लक्षित गरि संचालन गरिएको सो शिविरमा रामेछापकाे कारागारमा रहेका कैदीहरुले समेत स्वतस्फुर्त रुपमा रक्तदान गर्ने जानकारी गराए पछि कारागार भित्र पुगेर कैदीहरुको रक्तदान कार्यक्रम गरिएको प्रतिष्ठानले जनाएको छ। प्रतिष्ठानले विगत केही समयदेखि व्यक्तिगत सहयोगबाट नै स्वास्थ्य शिविर, विद्यालयलाई सहयोग र प्राकृतिक प्रकोपमा परेकाहरुलाइ समेत सहयोग गर्दै आइरहेको छ।

प्रकाशित: २१ पुस २०७५ १२:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App