किसानको अर्बौ मूल्यको उखु खेतमा सुक्दै

शनिबार, २१ पुष २०७५, १७ : ४२ उपेन्द्र यादव

बारा – बारा, पर्साका ११ हजार भन्दा बढी किसानहरुले खेतमा लगाएको अर्बौ मूल्य बराबरको उखु खेतमै सुक्न थालेको छ। मूल्यको विषयलाई लिएर चिनी मिल सञ्चालकले चिनी मिललाई सञ्चालन गर्न आनाकानी गर्दा किसानको अर्बौको उखुबाली अहिले बिक्री हुन नसकेपछि खेतमै सुक्न थालेको बताइएको छ।

चालू सिजनमा १४ हजार बिघा क्षेत्रफलमा बारा, पर्साका ११ हजार किसानले लगाएको उखुको उत्पादन ३५ लाख क्विन्टल पुग्ने र त्यसबापत किसानले १ अर्ब ८७ करोड भुक्तानी पाउने लक्ष्य राखिएको रिलायन्स सुगर एन्ड केमिकल इन्डस्ट्रिज प्रालिले जनाएको छ।

‘दुई लाख लगानी गरेर दुई बीघा जग्गामा उखु खेती गरेको थिए,’ बन्जरिया निवासी बिक्रम राउतले भने, ‘उखु कटन गरी बिक्री गर्न नसकिदा ती उखु खेतमै सुक्न थालेको छ।’ अरूको खेतलाई हुन्डामा लिएर उखु बाली लगाएको र उखु खेतमै सुक्न थाले पछि जग्गाको भाडा र उखुमा गरिएको लगानी डुब्ने अवस्थामा पुगेको राउतले बताए।

उखुबाली बिक्री गर्नको लागि तयारी भएको अवस्थामा चिनी मिलले उखु खदिर गर्नको लागि चलान नदिँदा उखुलाई बिक्री वितरण गर्नमा यस सिजन ढिलाई भएको उनले बताए। कलैंया उपमहानगरपालिका २४ श्रीपुरमा रहेको रिलायन्स सुगर एन्ड केमीकल इन्डस्ट्रिज प्रालिले उखु खरिद गर्ने वाचा दिएर खेतमा उखु बाली रोप्न लगाएपनि पुस महिना बित्न लाग्दा समेत मिल उखु खरिद गर्न कुनै साटघाट नदेखाएको आरोप उनले लगाए।

गत वर्ष पुस १ गतेदेखि रिलायन्स सुगर एन्ड केमीकल इन्डस्ट्रिज प्रालिका सञ्चालकले मिललाई सञ्चालनमा लगाएपनि यस वर्ष पुसको २१ गते बितिसक्दा पनि चिनी मिललाई सञ्चालन नगरिएको राउतले जानकारी गराए। समयमा चिनी मिल सञ्चालनमा नआउँदा किसानले लगाएको कुल उखु बालीको २५ र ३० प्रतिशत उखु सुकीसकेको अवस्था रहको किसानले बताएका छन्। उखुको मूल्यको विवादलाई अविलम्ब सुल्झाएर चिनीमिल सञ्चालनमा ल्याउन पहल गरिदिन उनले सरकारलाई आग्रह समेत गरे।

बारा, पर्साका ११ हजार किसानले १४ हजार बीघा क्षेत्रफलमा मिललाई बिक्री गर्नको लागि उखु बाली लगाएको रिलायन्स सुगर एन्ड केमीकल इन्डस्ट्रिज प्रालिले जनाएको छ। किसानले लगाएको जग्गाबाट ३५ लाख क्विन्टल उखु उत्पादन हुने अनुमान गरिएको चिनी मिलका अधिकारीले बताएका छन्। मिलसँगको सहकार्यमा बारा, पर्साका किसानले लगाएको उखुलाई मिलले खदिर गर्न तयार रहेपनि सरकारले हाम्रो समस्या नबुझेको रिलायन्स सुगर एन्ड केमिकल इन्डस्ट्रिज प्रालिका सञ्चालक राजकुमार अग्रवालले बताए।

‘सरकराले तोकेको मूल्यमा उखु खरिद गर्दा मिललाई घाटा मात्रै हुने गरेको छ,’ अग्रवालले भने, ‘मिललाई हुने घाटाबाट बचाउनको लागि सरकारले चिनीको उत्पाद मूल्य भन्दा केही रकम बढीमा चिनीलाई बिक्री वितरण गर्न मिल्ने नियम,कानुन बनाउन जरुरी छ।’ सरकारले उखुको मूल्य एकतर्फी लादेर उद्योग सञ्चालन गराउन खोजेको गुनासो अग्रवाल गरे। एउटै देशमा उखुको दुई थरीको मूल्य रहेकोमा उनले देशभरी नै उखुको एउटै रेट कायम गर्न तिर सरकार लाग्नुपर्नेमा सुझाव दिए।

सरकारले तोकेको मुल्य भन्दा ९० रुपैयाँ प्रति क्विन्टल कममा केही चिनी मिलले किसानबाट उखु खरिद गरिएकाले त्यसलाई रोक्न सरकारले कुनै पहल नगरेको उनले बताए। सरकारले निर्धारण गरेको पाँच सया ३६ रुपैयाँ प्रति क्विन्टल उखुलाई किसानबाट खरिद गरी चिनी उत्पादन गर्दा प्रति किलोग्राम चिनीको ७३–७४ रुपैयाँ पर्ने गरेको र सरकारले प्रति किलोग्राम चिनीलाई ६३–६४  रुपैयाँमा बिक्री गर्ने लगाउने गरेको अग्रवालले बताए।








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

गुगल क्रोमलाई जर्मनको एक साइबर सुरक्षा निकायले सबैभन्दा असुरक्षित ब्राउजरको संज्ञा दिएको छ ...

स्मार्टफोन VR को भविष्य अन्योलमा

स्मार्टफोन VR को भविष्य अन्योलमा

सामसंग GearVR र गुगल डेड्रिम जस्ता स्मार्टफोन VR को भविष्य अन्योलमा परेको छ ! ...

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

नेपालको लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गर्ने भएको छ ।

टेलिकमको अटम अफर सार्वजनिक

टेलिकमको अटम अफर सार्वजनिक

नेपाल टेलिकमले विभिन्न प्याकेजसहितको आकर्षक अटम अफर सार्वजनिक गरेको छ । ...

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यास इन्डस्ट्रिज प्रालिबीच आय संकलन सुविधासम्बन्धी एक सहकार्य भएको छ । ...

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

नेपालका लागि केटिएमको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले राजधानीको सानो गौचरनमा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । ...

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्सले दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । ...

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

Ncell Footer Ad