coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

उदयपुर सिमेन्टको उत्पादन पूर्ण क्षमताभन्दा १६ प्रतिशत बढी

तस्विरः महेश्वर

उदयपुर – उत्पादन वृद्धिमा तीव्रता दिँदै आएको उदयपुर सिमेन्ट उद्योग लिमिटेडेले पछिल्लो २४ घण्टामा नयाँ कीर्तिमान राखेको छ। दैनिक(२४ घण्टा) ८ सय मेट्रिकटन उत्पादन क्षमताको उद्योगले शनिबार ९ सय ३० मेट्रिकटन उत्पादन गरेर नयाँ रेकर्ड कायम गरेको हो।

शुक्रबार विहान ६ः०० देखि शनिबार ६ः०० बजेसम्मको उत्पादन परिमाण ९ सय ३० मेट्रिकटन अर्थात पूर्ण क्षमताभन्दा १३० मेट्रिक टन बढी उत्पादन भएपछि मजदुर र कर्मचारी तथा व्यवस्थापनपक्ष खुसी छन्। उद्योगका मेकानिकल प्रमुख इन्जिनियर टीका कुँबरले यत्ति धेरै उत्पादन देख्दा सिंगो उद्योग परिवार अचम्मित र खुसी भएको बताए।

 

यो उत्पादन स्थापनायताकै सबभन्दा बढी परिमाणको भएको कुवरले बताए।‘ सरकारी स्वामित्वका उद्योगहरुको इतिहासमा उदयपुर सिमेन्टले उदाहरणीय कीर्तिमान कायम गरेका छ,’ उनले भने। उत्पादन महाशाखा प्रमुख सञ्जयलाल कर्णले पछिल्लो ३ महिनायता पूर्ण क्षमतामा उत्पादन गर्दै आएकामा शनिबार नयाँ कीर्तिमान कायम गरेको बताए। ‘कात्तिकयता उत्पादन बढ्दै आएको हो तर, यत्ति धेरै थिएन’ कर्णले भने ‘क्षमताभन्दा ५–१० प्रतिशत बढी यसअघि पनि थियो, आजको उत्पादनले ११६ प्रतिशत नै कट्यो।’ कात्तिक ७ गते २३ घण्टामा ७ सय ७० टन अर्थात क्षमताको ९६.५ प्रतिशत उत्पादन गरेकोमा २३ दिनपछि २९ गते ८ सय ३५ मेट्रिकटन उत्पादन भएको थियो।

२४ घण्टाभित्र २ पटक विद्युत अवरुद्ध हुँदा ३५ मिनेट उत्पादन रोकिए पनि २३ घण्टा २५ मिनटमै १ सय १६ प्रतिशत उत्पादन हुँदा उद्योग परिवार उत्साहित भएको हो।

२४ घण्टाभित्र २ पटक विद्युत अवरुद्ध हुँदा ३५ मिनेट उत्पादन रोकिए पनि २३ घण्टा २५ मिनटमै १ सय १६ प्रतिशत उत्पादन हुदा उद्योग परिवार उत्साहित भएको हो। उद्योगका कामु नायब महाप्रबन्धक (डिजिएम) ध्रुबबहादुर देवकोटाले ३ महिनाअघि पूर्ण मर्मत र स्तरोन्नति गरिएपछि लगातार उत्पादन बढ्दै गएको जानकारी दिए। असोजमा भारतबाट भिकाइएका ६० जना दक्ष प्राविधिक टोलीले २९ दिन लगाएर स्तरोन्नतिसहितको पूर्ण मर्मत गरेको थियो। त्यसपछि उद्योगले क्षमताभन्दा बढी उत्पादन गर्न थालेको देवकोटाले बताए।

एसियाकै गुणस्तरीय कहलिएको गैंडा ब्राण्ड उत्पादक उदयपुर सिमेन्ट उद्योग जापान सरकारको सहयोगमा स्थापना भएको हो। दैनिक ८ सय मेट्रिकटन उत्पादन क्षमताको उद्योगबाट जापान आफैले चलाउँदा पनि ७ सय ५० भन्दा बढी गर्न नसकेको उद्योग कर्मचारीहरु बताउँछन्। २६ वर्षअघि नेपाललाई हस्तान्तरण गरेपछि भने क्रमशः ओरालो लाग्दै गएको उद्योग ४ वर्षअघिसम्म जेन तेन २५० टनसम्म उत्पादन गर्ने गरेको थियो।

सकारात्मक सोँचका साथ जिम्मेबार भएर काम गरे उद्योग फस्टाउदो रहेछ भन्ने उदाहरण दिन उद्योग सफल भएको निश्कर्षमा उद्योग प्रतिष्ठानमा कार्यरत युनियन पदाधिकारी पुगेका छन्। दैनिकजसो बिभिन्न माग राखेर आन्दोलन गर्ने, धर्ना बस्ने र नाराजुलुस गर्ने मजदुर कर्मचारी बफादार र जिम्मेबार भएर उद्योग उकास्न रातदिन लागेपछि सफलता मिलेको नेपाल औद्योगिक मजदुर संघ उसिउलि प्रतिष्ठानका केन्द्रीय सदस्य चक्र कार्कीले बताए। अर्का मजदुर नेता स्वतन्त्र मजदुर संगठनका सचिव राधे कोईरालाले ४ वर्षअघि र अहिलेका मजदुरको सोँचमा आकाशपाताल फरक आएको बताए। त्यतिबेला नकारात्मक सोँच राख्ने सबै मजदुर अहिले सकारात्मक भएर उद्योग उकास्ने इच्छाशक्तिसाथ लागी परेको उनले बताए।

महाप्रबन्धक सुरेन्द्र पौडेललाई उद्योगले यत्ति प्रगति गरेकोमा अत्यन्त खुसी लागेको छ। नियुक्ति लिएर आएको सुरु दिनमा उद्योगको अवस्था देखेर झण्डै राजीनामा दिएर भागेको स्मरण गर्दै उनले सबैपक्ष मिलेर काम गर्दा परिणाम सुखद भएको बताए। ‘जिएम भएर त आइयो तर, उद्योगमा बन्द, लाईमस्टोन खानीमै, कोईला र रातोमाटो छैन, यन्त्र उपकरणहरु जताततै बिग्रेका, करोडौं ऋण देखेर अत्यास लाग्यो’ ४ वर्षअघिको अवस्था सम्झदै पौडेलले भने, ‘झण्डै राजीनामा दिएर फर्केँ। तर, केही गर्छु भनेर आको छु भनेर इच्छाशक्तिसाथ टिम मोविलाईज गर्दा सफलता मिल्यो, यो भन्दा खुसी के हुनसक्छ ?’

उत्पादन यही अवस्थामा रह्यो भने चालु आर्थिक वर्षमै अर्ब बढी नाफा हुने पौडेलले बताए। वर्षमा १ महिना मर्मत समय छुट्याए पनि ११ महिनामा ९० हजार मेट्रिकटन हाराहारी सिमेन्ट निस्कने र यसबाट १० अर्ब हाराहारी रकम जम्मा हुने पौडेलको अनुमान छ। उद्योगमा कार्यरत ५ सय मजदुर कर्मचारी र सुरक्षाकर्मीलाई तलवभत्ता, विद्युत महसुल, मर्मतसम्भार कटाएर ३ अर्बभन्दा बढी खुद नाफा हुनसक्ने अनुमान उद्योगले गरेको छ।

प्रकाशित: २१ पुस २०७५ ०९:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App