काठमाडौं– पूर्व प्रधानमन्त्री एंव नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले सरकारले वाइडबडी प्रकरणमा आफ्नो मन्त्रीलाई वचाउन खोजेको आरोप लगाएका छन ।
पूर्व प्रधानमन्त्री डा. भट्टराईले शुक्रवार राति ट्विटमा लेखेका छन्, ‘आफ्नो दिसा सुवासिलो र आरुको दिसामा गन्ध आउन्छ भन्न मिल्दैन’। वाइडबडी प्रकारणमा संसदको सार्वजनिक लेखा समितिअन्र्तगतको उपसमितिले बुझाएको प्रतिवेदनमा बाहालवाला मन्त्रीको समेत संग्लना पाइएपछि सरकारले उनको वचाउ गर्न खोजेको डा. भट्टराईको दाबी छ ।
आफ्नो पार्टीले गरेको भ्रष्टाचार राम्रो र अर्को पार्टीले गरेको नराम्रो कदापी नहुने भन्दै पूर्व प्रधानमन्त्री डा. भट्टराईले आ आफ्नो पार्टीको बचाउ गर्ने सुरमा वाइडबडी प्रकरणमा लेखासमितिलाई पंगू वनाउने काम भईरहेको भन्दै चिन्ता व्यक्त गरेका छन । साथै डा. भट्टराईले वाइडबडी प्रकरणमा षडयन्त्रको गन्ध आएको भन्दै भ्रष्टाचार क्यान्सर नै हो यसले सवैलाई खान्छ भन्दै सचेत गराएका छन।
प्रकाशित: २१ पुस २०७५ ०८:३३ शनिबार