coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

फाल्गुनन्द गोल्डकप आजबाट, उद्घाटन खेलमा झापा र ताप्लेजुङ भिड्दै

नवौँ संस्करणको फाल्गुनन्द गोल्डकप । तस्बिरः गिरिराज/नागरिक

पाँचथर – दशौँ संस्करणको फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिता शनिबार (आज) देखि पाँचथर सदरमुकाम फिदिममा सुरु हुँदैछ। दिउँसो ३ बजे सुरु हुने उद्घाटन खेलमा झापा ११ ले कर्णसिंह सोनाम स्मृती क्लब ताप्लेजुङ्को समाना गर्दै छ। प्रयोगिताको प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले उद्घाटन गर्दैछन्।

पहाडी जिल्लामा फुटबल प्रतियोगिताहरू आयोजना हुन्छन् तर लामो समयसम्म टिग्दैनन्। क्लबहरूको आन्तरीक आम्दानी भन्दापनि विभिन्न स्रोत जुटाएर गरिएका प्रतियोगिताहरू लामो समयसम्म निरन्तर हुन सक्दैन। पूर्वी पहाडी जिल्ला पाँचथरमा हुने फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिता भने दशौँ संस्करणमा आइपुगेको छ।

यो प्रतियोगिताले फिदिममा फुटबलको माहोल तताउँछ। दर्शकको उल्लेख्य उपस्थीति हुने यो प्रतियोगिता पूर्वी पहाडको प्रतिष्ठित प्रतियोगिताको रुपमा स्थापित छ। प्रतियोगिता सुरु भएपछि यहाँका स्थानीयसँगै जनप्रतिनिधि तथा राजनीतिक दलका नेता दैनिक रुपमा मैदानमा उपस्थित भएर खेलको भरपुर मनोरञ्जन लिन्छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) को ग्रेड ‘बी’ मा यो गोल्डकप पर्छ। दशौँ संस्करणको गोल्डकप फिदिम स्र्पोटिङ क्बल र पाँचथर फुटबल संघको संयुक्त आयोजनामा हुँदैछ।

फिदिम नगरपालिकाले प्रतियोगिताको प्रवद्र्धन गरेको छ भने मुख्य प्रायोजक रुस्लान हो। ‘फुटबल खेलको विकास, पर्यटन प्रवद्र्धन र जिल्लाको पहिचानाका लागि प्रतियोगिता अघि बढाएका छौँ’ क्लबका अध्यक्ष विमल श्रेष्ठ भन्छन् ‘दर्शकको क्रेज छ। सबैको साथ भएकाले दशौँ संस्करणमा अहिपुग्यो।’

प्रतियोगितामा १० टिम आयोजक फिदिम स्र्पोटिङ क्बलसहित, त्रिभुवन आर्मी, सशस्त्र प्रहरी बलको (एपिएफ), फेण्ड्स क्लब काठमाडौं, ब्वाइज युनियन, झापा ११, सुनसरी–११, मोरङ ११ र कर्णसिंह स्मृति क्बल ताप्लेजुङ्को सहभागिता छ।  नेपालका १६ औँ राष्ट्रिय विभूति समाज सुधारक फाल्गुनन्दको नाममा यो प्रतियोगिता आयोजना हुने गर्छ।

यो प्रतियोगिता २०६५  सालदेखि सुरु भएको हो। लामो समयदेखि फिदिममा पुषे मेलामा फुटबल प्रतियोगिता आयोजना हुने गथ्र्यो। द्वन्द्वकालमा मेला र फुटबल प्रतियोगिता रोकियो। शान्तिप्रक्रिया सुरु भएपछि फाल्गुनन्द गोल्डकपको नाममा प्रतियोगिता सुरु भएको हो।

फाल्गुनन्द गोल्डकपको पहिलो संस्करणको उपाधि मुनाल क्लब झापाले हात पारेको थियो। यो बेला प्रथम पुरस्कार ५० हजार र ट्रफि थियो। २०६६ सालमा प्रतियोगता हुन सकेन्।  २०६७ र २०६८  सालमा शैनिक युथ क्लब झापाले उपाधि जित्यो। २०६९ र ७० मा एपिएफ दमकले उपाधि जित्यो। यतिबेला पुरस्कार राशि १ लाख थियो।

त्यसपछि फिदिम स्र्पोटिङ क्लब, कर्णसिंह सोनाम, झापा र सुनसरीले क्रमश उपाधि जितेका थिए। दशौं सस्करणको विजेता टिमले ४ लाख तथा उपविजेताले २ लाख र ट्रफि पाउने पाँचथर फुटबल संघका अध्यक्ष सुजन नेम्बाङले बताए। विधागत रुपमा पनि पुरस्कार दिइनेछ।

नेम्बाङकै शब्दमा ‘निक्कै दुःखले अघि बढाइएको प्रतियोगिता दशौँ संस्करणमा आउनु हाम्रो लागि गौरवको विषय हो। ५३  लाख खर्चिएर प्रतियोगिता सक्ने लक्ष्य रहेको आयोजकले जानकारी दिएको छ। प्रतियोगिता हेर्न पाँचथरबाहेक इलाम, ताप्लेजुङ, झापा, तेह्थुम लगायतका जिल्लाबाट फुटबल प्रेमी फिदिम आउने गर्छन।

प्रकाशित: २१ पुस २०७५ ०८:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App