न्यूयोर्क – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा संकटकाल घोषणा गर्ने चेतावनी दिएका छन्। छिमेकी राष्ट्र मेक्सिको र अमेरिका सिमानमा पर्खाल लगाउने आफ्नो योजनामा संसदले समर्थन नगरे आफू संकटकाल घोषणा गर्नसमेत तयार रहेको बताएका हुन्।
आप्रवासीको चाप रोक्न मेक्सिको सिमानमा पर्खाल लगाउने बजेट विननियोजमा डेमोक्रयाट सांसदहरु तयार नभएपछि उनले संकटकालको बाटो रोक्न सक्ने बताएका हुन्। ट्रम्पको पर्खालसम्बन्धी अडानका कारण सरकारी रकम परिचालनमा अवरोध उत्पन्न भएको छ । सरकारी कामकाज आंशिक रुपमा ठप्प भएको दुई हप्ताभन्दा बढी समय भइसकेको बेला राष्ट्रपति ट्रम्प यस्तो अवस्था अझै लम्बिन सक्नेसमेत चेतावनी दखिएको अन्तरराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
शुक्रबार डेमोक्रेट पार्टीका शीर्ष नेताहरुसँगको छलफलमा सहमति नजुटेपछि संसदलाई पन्छाएर आफ्नो कार्यकारी अधिकारअन्तरगतको संकट घोषणा प्रयोग गर्ने चेतावनी दिएका छन्। संकटकाल घोषणा गरेमा रक्षा सम्बन्धी बजेटलाई उनले रकमान्तर गरेर पर्खाल निर्माणमा खर्चन सक्छन्। ट्रम्पले भनेका छन्, ‘पर्खाल बनाउनका लागि अनुमति जबसम्म मिल्दैन, तबसम्म कुनै पनि विधेयकमा हस्ताक्षर हुँदैन।’
डेमोक्रेटिक पार्टीले पर्खालका लागि कोषलाई अनुमति दिने विषयको विरोध गर्दै आएको छ । यही गतिरोधका कारण झण्डै आठ लाख संघीय कर्मचारीहरुले गत डिसेम्बर २२ देखि तलब पाएका छैनन् । त्यसैले उनीहरुले दुई हप्ता अगाडिदेखि आंशिक रुपमा कामकाज रोकेका छन् ।
विवाद सुल्झाउने प्रयासस्वरुप रिपब्लिकन पार्टीबाट विजयी राष्ट्रपति ट्रम्पले डेमोक्रेटिक पार्टीका शीर्ष नेताहरुसँग शुक्रबार ह्वाइटहाउसमा छलफल गरेका थिए । त्यसपछि पत्रकार सम्मेलनमा उनले धम्कीपूर्ण शैलीमा सरकारकी कामकाज लामो समयसम्म बन्द गराउन आफू तयार रहेको बताए। ट्रम्पले भनेका छन्, ‘मैले जे गरिरहेको छु, त्यसमा मलाई गर्व छ । अमेरिका र मेक्सिकोको सिमानामा पर्खाल लगाउने काम देशको सुरक्षा र फाइदाका लागि जरुरी छ।’
तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।
नेपाल क्रेडिट एन्ड कमर्स बैंकले नबिल बैंकलाई डिबेन्चर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । ...
वीरगन्जस्थित डिएभी स्कुलको २६औं वार्षिकोत्सव सम्पन्न भएको छ । ...
हिमालय एयरलाइन्सले मलेसियाको राजधानी क्वालालम्पुरमा पुनः सीधा उडान सुरु गरेको छ । ...
सीता एयरले प्रदेश १ का धार्मिक स्थलहरू हलेसी र पाथीभरालाई लक्षित गरी उडान सुरु गर्ने तयारी गरेको छ । ...
हिलटेक प्लास्टिक एन्ड पाइप प्रालि नेपाल म्यानुफ्याक्चरिङ लिडर अवार्ड २०१९ बाट सम्मानित भएको छ । ...
नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी, सुबिसु केबल नेट प्रा. लि.ले पोखरा प्रिमियर लिगको दोस्रो...
सीजी मोटोकर्पको डल्लुस्थित सुजुकी ‘स्टेट–अफ–आर्ट’ सर्भिस सेन्टरमा सुजुकी ब्रान्डका कारधनीहरुका लागि आकर्षक अफरहरु सहित ६ दिने निःशुल्क सर्भिस क्याम्प सुरु...
हुलास स्टिल इन्डस्ट्रिजले नेपाली निर्माण बजारमा उपयोगी प्रविधिमा आधारित उत्पादन ‘हुलास डेक’ सार्वजनिक गरेको छ । ...
यसमा तपाईको मत