पनौतीलाई जोगाऔं

शनिबार, २१ पुष २०७५, ११ : ३४ नागरिक

मञ्जरी प्रधान
एउटै चट्टानमा बनेको सहरका रूपमा ऐतिहासिक एवं पुरातात्विक भूमि पनि हो। चट्टान माथि बसेको शहर भएकाले ०७२ को भूकम्पले यसलाई क्षति पुर्‍याउन सकेन। यहाँको इन्देश्वर मन्दिर प्राङ्गणमा उन्मत्त भैरव, तुलानारायण मन्दिर लगायत छन्। वरपर अरू मन्दिरहरु, सत्तल, घाट आदि छन्।

त्रिवेणीधाममा भएका ब्रह्मायणी मन्दिर, वंश गोपाल राधाकृष्ण मन्दिर, धन्जय बासुकि नागको मूर्ति, धानेश्वर महादेव, दौपदी माई, कुमारी गणेश, कपःमरु गणें द्यः, ब्रह्मायणी द्यःछे, हरिशिद्धि द्यः छे, पशुपति, गुहेश्वरी, भगवती, फुलचोकी माई, करुणा माई, महालक्ष्मी, भद्रकाली मन्दिर छन्। त्यस्तै शहरका विभिन्न स्थानका नौ स्तुपमा धर्मधातु चैत्य ठूलो मानिन्छ। यि पुरातात्कि सम्पदा हुन्।

दुइटा विहार अघाटोलमा छन्। विहारमा बौध धर्मका अनुयायि वटुकलाई चुडाकर्म गर्न आउने गर्दछन। यहाँको नमोबुद्ध विहार द्यः छे का रुपमा प्रख्यात छ। यस्तै शहरका विभिन्न स्थानमा कृष्णनारायण, लक्ष्मीनारायण र नव ग्रहका परिवारका मूर्तिहरू लगायत ८ औ, ९औं शताब्दिका ढुंगाका स्तम्भ आदि छन्।

इन्द्रेश्वर मन्दिर संरक्षणका लागि पनौती महानगरपालिकाले खेलेको भूमिका जस्तै सम्पूर्ण लायकू दरवार क्षेत्रलाई नै ‘सम्पदा बस्ती’का रुपमा जोगाउन तुरून्तै योजना ल्याउनु पर्छ।

लायकू स्वायरमा रहेको आठौरनवौ शताब्दिको उमामहेश्वरको ढुंगाको मूर्ति र नजिकै रहेका १७ औं शताब्दिका ढुंगे धारामा भएका मूर्तिहरू पनि आकर्षणका केन्द्र हुन्। मध्यकालमा प्रमुख व्यापारिक नाकाहरू उत्तरमा तिब्बतसंग, दक्षिणमा मकवानपुरसंग, पश्चिममा ललितपुरसंग र पूर्वमा दोलखासंग जोडिएको यो शहरमा फलामे भाँडाकुँडा प्रख्यात थिए।

नेवार बाहुल्यता रहेको शहरमा पछिल्लो समय क्षेत्री, बाहुन, तामाङ लगायत शन्यासीहरूको पनि बसोबास छ। पुराना बस्ति र सय वर्ष नाघेका संरचना रहेको पनौतीको मौलिक पहिचान छ। लिच्छवीकाल भन्दा पहिल्यै आवाद रहेको पनौती पुरातात्विक सामाग्रीको खुला संग्रहालय पनि हो। पुरातत्व विभागको उत्खनन्मा पुरानो दरवारका संरचना भेटिएको छ। यसैका आधारमा पनौतीलाई विश्व सम्पदामा सूचिकृत गर्न सन् १९९७ को जून २३मा प्रस्ताव गरिएको थियो।

शहरमा स्थानीयको बसोवास पातलिँदै गएको छ। पहिचान र मौलिक हकको विषयमा जागरुक रहे पनि आ–आफ्नो बाध्यताले गर्दा स्थानीयहरु बसाई सर्न थालेका छन्। यसले भविष्यमा स्थानीय ठाउँ क्षेत्रमा बाहिरी मानिसको बाहुल्यता रहन जान्छ। जीवनका आवश्यकता पुरा गर्न सहजताको खोजीमा व्यापारिकरणमा सबै उन्मुख छन्। जसका कारण ऐतिहासिक शहरबाट स्थानीयको बसाइ सराईको क्रम तिव्र छ र पुराना  संरचना पनि नयाँ स्परुपमा ढालिने क्रम पनि तिव्रै छ।

पुरातात्विक संरचना भत्काएर नयाँ ढंग र प्रविधिबाट बनाई बढी नाफामुलक बनाउन ध्यान दिन थालेको देखिन्छ। मौलिक स्वरुपका संरचना बचाई सम्पदा (स्मारक)बस्तीका रुपमा ऐतिहासिक बस्ती रहन सक्यो भने यसले पर्यटन बिकास हुन सक्छ। हाम्रो इतिहास र पहिचान पनि जर्गेना हुन सक्छ। स्मारक संरक्षण समबन्धी कानूनी प्रावधानमा पनि संरक्षित स्मारक क्षेत्र घोषणा गर्न सक्ने उल्लेख छ। यसतर्फ राज्यले पहल गर्नु पर्छ।

ऐतिहासिक संरचना भत्काई नयाँ बनाउन मात्र जोड दिनु भन्दा सबलिकरणका विधि अपनाई इतिहास र पहिचान बचाउनु हाम्रो मौलिकपनको विश्व संमपदाको संरक्षणमा एउटा कडीे बन्न सक्छ। नयाँ प्रविधिका संरचना र व्यापार अभिमुखिकरणका लागि नयाँ ठाउँको रोजाई हुन सके पुरातात्विक संरचना बच्न सक्छ। इतिहास र पहिचानको अस्तित्व बच्न सक्छ।

भूकम्पले क्षति पुर्‍याएका सम्पदा संरक्षण तथा पुननिर्माणका लागि निर्देशिकाको प्रस्तावनाले पनि परम्परागत सामग्री तथा प्रविधि जर्गेनाको विषयमा बोलेको छ। काठमाडौको अधिकांश पुराना बस्तीलाई नयाँ संरचनाले ढाकिसकेको छ। वास्तुकलाको अनुपम नमूना बहा बहीमा हराउँदै गएको छ। पुराना काष्ठकलाका झ्याल ढोका, कार्निसहरू सम्झने र कुरा गर्ने बिषय मात्र बन्दै गएका छन्। सिमेन्ट र फलामको प्रयोगले ब्याप्त शहरका संरचना आजको विकास भएको छ। सय बर्ष पछि ०७२ मा गए जस्तै भूकम्प गयो भने, शहर खण्डहरमा परिणत भयो भने भत्केका संरचना  ब्यवस्थापन कसरी हुन सक्छ ? यस किसिमका संरचना निर्माण सामाग्रीको पुनः प्रयोग पनि नहुने हुँदा अवस्था कस्तो होला ?

यसो भनिरहँदा माटोको शहरै बनाउनु पर्छ भन्न खोजिएको होइन, केही  बाँकि सम्पदालाई त बचाउन सक्छौ नि। नेपालको परम्परागत निर्माण सामाग्रीमा माटोको जोडाई नै भए पनि राणाकालमा चुना र सुर्कीको प्रयोगले व्यापकता पायो। सम्पदा पुननिर्माणमा चुना प्रयोग हुन थाले पनि प्राचीन शहरको अस्तित्व बोकेका शहरहरुमा अझै माटोले बनेका सम्पदा र घर देख्न सकिन्छ। अबको सम्पदा निर्माण प्रकृयामा माटो नै प्रयोग हुन सक्छ ? सर्बसाधारणले त अवश्य पनि सिमेन्ट प्रयोगमा जोडदिन्छन्।

माटो जस्तो नरम सामाग्रीबाट घर निर्माण गरियो भने कमजोर नै हुन्छ भन्नेमा धेरै विश्वस्त छन्। जबकि नेपाल जस्तो भूकम्पिय जोखिम रहेको ठाउँमा लचकताको प्रयोग र घरहरुलाई आपसमा बाँधेर बीचमा चोक राखि बनाउने विधि, परम्परागत प्रविधिको आवश्यकता बुझ्ने र बुझाउन सक्ने ज्ञान हराउदै गएको छ।

माटो र ढुंगाबाट संरचना बनाउदा पनि बलियो बनाउन सकिन्छ भन्ने बुझाउन जरूरी देखिन्छ। माटोबाट बनेको संम्पदा कमजोर नै हुँदा हुन् त काठमाडौको तलेजू र भक्तपुरको न्यातापोल मन्दिर १२ वैशाखको महाभुकम्पमा किन भत्केनन् ?  

ऐतिहासिक बस्ती र संरचना बचाउन सरकारी तहबाटै आकर्षक गुरुयोजना ल्याई स्थानीयलाई प्रेरित गर्नु पर्छ। ऐतिहासिक संरचना बनाउन चाहिने सामाग्री खरीदमा छुट, धारा तथा बिजुलीको महशुलमा छुट, सम्पदा बस्तीका घर बैंकमा राखी ऋण लिँदा सहुलियत आदि आर्कषणका योजना ल्याउन सकिन्छ।

काठमाडौंका असन, इन्द्रचोक जस्ता ऐतिहासिक महत्व बोकेका ठाउँहरूले प्रमुख व्यापारिक केन्दका रुपमा परिणत भई मौलिकता गुमाइसकेका छन्। सरकारी निकायको अदुरदर्शिता र व्यापारिक मनोवृतिका कारण ऐतिहासिक महत्व बोकेको शहरको कुरुपता स्वीकार गरी पैसा कमाउनमा देश अघि बढेको छ। यो सोच परिवर्तन नगर्ने हो भने हामीसँग कुनै पुराना वस्तीका नमुना बाँकी रहनेछैन।

बाँकी ऐतिहासिक बस्तीलाई सम्पदाका रुपमा बचाउन सक्छौ। पनौतीको लायकू दरवार क्षेत्र र वरपरका बस्तीलाई ऐतिहासिक शहरका रूपमा जोगाउन सकिन्छ। पनौतीका पुराना र ऐतिहासिक संरचना संरक्षणको पर्खाईमा छन्। माटनदेखि चोटाकोठासम्म जोडिएको एउटा ढिक्का झ्याल लगायत थुप्रै काष्ठ कलाका झ्याल ढोकायुक्त घरहरु, साना ठुला चोकमा भएका मन्दिरहरू, मूर्तिहरू, चिं वहाहरू, ढुंगे धाराहरू संरक्षणको पखाईमा छन्। सम्पदा संरक्षण गर्नु राज्यको दायित्व हो। इन्द्रेश्वर मन्दिर संरक्षणका लागि पनौती महानगरपालिकाले खेलेको भूमिका जस्तै सम्पूर्ण लायकू दरवार क्षेत्रलाई नै सम्पदा बस्तीका रुपमा जोगाउन तुरून्तै योजना ल्याउनु पर्छ।







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।


अन्य समाचार

प्रतिबन्धका कारण हुवावेलाई अर्बौ डलर घाटा

प्रतिबन्धका कारण हुवावेलाई अर्बौ डलर घाटा

प्रतिबन्ध पछि हुवावेको आम्दानी ३० अर्ब अमेरिकी डलर कम हुने ...

नेपाल शैक्षिक परामर्श संघ (ECAN) ले  शैक्षिक मेला आयोजना गर्ने

नेपाल शैक्षिक परामर्श संघ (ECAN) ले शैक्षिक मेला आयोजना गर्ने

नेपाल शैक्षिक परामर्श संघ (ECAN) ले बृहत शैक्षिक मेला आयोजना गर्ने परम्परालाई निरन्तरता दिंदै यस वर्ष १३ औं संस्करण भव्यताका...

नेपाली अभिनेत्री स्वस्तिमा खड्काले र्‍याम्प तताइन

नेपाली अभिनेत्री स्वस्तिमा खड्काले र्‍याम्प तताइन

नेपाली अभिनेत्री स्वस्तिमा  खड्का, जो शोमा प्रभावशाली प्रस्तुतकर्ता (शोस्टपर) थिइन, उनले र्‍याम्पमा  हिड्दा ग्लामरको हिस्सानै बद्लिनमा आफ्नो भूमिका निभाइन ।

टि भी एस स्ट्राइकर मेलामा ग्राहक को भिड

टि भी एस स्ट्राइकर मेलामा ग्राहक को भिड

नेपालको लागि टिभीएस टु ह्वीलर्सको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले ग्राहक वर्गको हितलाई दृष्टिगत गर्दै  TVS Stryker मेला मा आउनुहोस सुपर...

पल्सर स्पोर्ट्स अवार्डलाई डिस मिडिया नेटवर्कको एक्शन स्पोर्ट्स  एचडी च्यानलको  सह–प्रायोजन

पल्सर स्पोर्ट्स अवार्डलाई डिस मिडिया नेटवर्कको एक्शन स्पोर्ट्स  एचडी च्यानलको  सह–प्रायोजन

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले प्रत्येक वर्ष आयोजना गर्ने  बजाज पल्सर स्पोर्ट्स अवार्ड २०७५ लाई डिस मिडिया नेटवर्क लिमिटेडले...

सिभिल बैंक लिमिटेडको शाखा सुर्खेत र लम्कीमा

सिभिल बैंक लिमिटेडको शाखा सुर्खेत र लम्कीमा

सिभिल बैंकले आफ्नो शाखा बिस्तारको क्रममा बीरेन्द्रनगरपालिकाको सुर्खेतमा र लम्कीचुहा नगरपालिकाको लम्कीमा शाखा संचालनमा ल्याएको छ । ...

हिम इलेक्ट्रोनिक्सद्वारा चितवनमा न्यू श्री गणेश इलेक्ट्रोनिक्स आउटलेट पुनः उद्घाटन

हिम इलेक्ट्रोनिक्सद्वारा चितवनमा न्यू श्री गणेश इलेक्ट्रोनिक्स आउटलेट पुनः उद्घाटन

हिम इलेक्ट्रोनिक्सको चितवनस्थीत एक आधिकारिक डिलर न्यू श्री गणेश इलेक्ट्रोनिक्स १० वर्ष पुगेको उपलक्ष्यमा अझै परिष्कृत तथा सुविधा सम्पन्न रुपमा...

इजरायलबाट ‘मेगा रेमीट’ सेवा

इजरायलबाट ‘मेगा रेमीट’ सेवा

‘मेगा रेमीट’ सेवालाई बिभिन्न देशमा विस्तार गर्ने क्रममा मेगा बैंक नेपाल लिमिटेडले इजरायलबाट पनि रेमीट्यान्स सेवा सुरु गरेको छ ।