डिपिएलको खेलाडी ‘अक्सन’ आज

शनिबार, २१ पुष २०७५, ११ : २४ नागरिक

काठमाडाैं- तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगिताको खेलाडी खरिद बिक्री (अक्सन) आज हुँदैछ। 

आयोजक धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुभाष शाहीले यही पुस १७ गतेसम्मको समयभित्र प्रतियोगिताका लागि दर्ता भएका २०५ खेलाडीबीच अक्सन हुने जानकारी दिए। यही पुस ४ गतेदेखि खुलेको खेलाडी दर्ता गत मङ्गलबारसम्मका लागि तोकिएको थियो। यस पटक खेलाडीको वर्गीकरण गरिएको छैन। खेलाडीले न्यूनतम मूल्य रु ३० हजारदेखि रु दुई लाख ५० हजारसम्म राखेर नाम दर्ता गराएका छन्। जसअनुसार प्रतियोगितामा सहभागी टोलीले खेलाडी किन्नेछन्। 

अक्सनबाट छनोट भएका खेलाडीलाई सहभागी टोलीले आगामी तीन वर्षका लागि अनुबन्धन गर्नेछ। ६ टोली सहभागी हुने डिपिएलमा हरेक टोलीले दुई विदेशी खेलाडीसहित १५ खेलाडीलाई टोलीमा अनुबन्धन गर्न पाउने प्रवाधान छ। 

टी–२० आधारमा सञ्चालन हुने प्रतियोगितामा १९ खेल हुनेछ। लिग चरणमा प्रत्येक टोलीले एक अर्को टोलीसँग प्रतिस्पर्धा गर्नेछ। प्रतियोगिताको शीर्ष चार टोली प्लेअफमा छनोट हुनेछ। प्लेअफमा पुगेको चार टोलीमध्ये अङ्कतालिकामा पहिलो र दोस्रो हुने टिमको विजेता फाइनल पुग्नेछ। त्यसमा पराजित हुने टोलीले तेस्रो र चौथो हुने टोलीबीच हुने खेलको विजेता सिधै फाइनल प्रवेश गर्छ भने पराजित हुने टोलीले तेस्रो र चौँथोबीचको विजेतासँग खेल्नेछ। 

प्रतियोगिता आगामी माघ २६ देखि फागुन ११ गतेसम्म धनगढीमा आयोजना हुनेछ। प्रतियोगिताका सम्पूर्ण खेल धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा हुनेछन्। प्रतियोगितामा छ टोलीले सहभागिता जनाउने छन्। सहभागी टोलीमा चौराहा धनगढी, सिवाइसी अत्तरिया, रुपन्देही च्यालेन्जर्स, महेन्द्रनगर युनाइटेड, काठमाडौँ गोल्डेन र विराटनगर किंग्स रहेका छन्। 

रोउण्ड रोबिन लिगका आधारमा सञ्चालन हुने प्रतियोगिताका शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगितामा सबै टोलीमा दुई/दुई विदेशी खेलाडी अनिवार्य गरिएको छ। देशकै सर्वाधिक ठूलो धनराशि पुरस्कारको क्रिकेट प्रतियोगिताका रुपमा २०७३ र २०७४ सालमा डिपिएलको पहिलो र दोस्रो संस्करण भएको थियो। दुवै संस्करणको उपाधि टिम चौराह धनगढीले जितेको थियो। 






यसमा तपाईको मत

अन्य समाचार

मोटोरोलाको नयाँ र अभिनव रेजर स्मार्टफोन

मोटोरोलाको नयाँ र अभिनव रेजर स्मार्टफोन

पुरानो रेजर फोन कै डिजाइनमा आधारित भएर यस नयाँ डिजाइनलाई निर्माण गरिएको छ ...

हामा आईरन एण्ड स्टीलतर्फबाट निर्मल पूर्जालाइ बधाई तथा शुभकामना व्यक्त

हामा आईरन एण्ड स्टीलतर्फबाट निर्मल पूर्जालाइ बधाई तथा शुभकामना व्यक्त

निर्मल पूर्जा, ‘निम्स दाई’ ले यस भन्दा अगाडी पनि पर्वतारोहणका सम्बन्धमा अनेक विश्व किर्तिमान पनि आफ्नो नाममा लेखाएका छन् ।

'काश्मिरका स्वादहरू' फूड फेस्टिवल (भिडियो)

'काश्मिरका स्वादहरू' फूड फेस्टिवल (भिडियो)

'काश्मिरका स्वादहरू' फूड फेस्टिवल १२ देखि २४ नोभेम्बरसम्म अल्फ्ट काठमाण्डु ठमेलमा चलिरहेको छ। ...

सिटी एक्सप्रेसद्वारा मानव सेवा आश्रमलाई १२०० थान ज्याकेट हस्तान्तरण

सिटी एक्सप्रेसद्वारा मानव सेवा आश्रमलाई १२०० थान ज्याकेट हस्तान्तरण

सिटी एक्सप्रेस ग्रुपद्धारा सामाजिक उत्तरदायित्व अन्तर्गत मानव सेवा आश्रमलाई १२०० थान ज्याकेट हस्तान्तरण गरिएको छ। ...

नेपाल टेलिकमको बल्क एसएमएस सेवा

नेपाल टेलिकमको बल्क एसएमएस सेवा

नेपाल टेलिकमले एकैपटकमा धेरैजनालाई एकै प्रकारको सन्देश पठाउन मिल्ने बल्क एसएमएस सेवा उपलब्ध गराएको छ । ...

सेवा सुविधामा छुटसम्बन्धी सम्झौता

सेवा सुविधामा छुटसम्बन्धी सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंक र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी तीनकुनेबीच सेवा सुविधामा छुटसम्बन्धी सम्झौता भएको छ । ...

सेलपेको दोस्रो चरणको स्टल एक्टिभेसन सुरु

सेलपेको दोस्रो चरणको स्टल एक्टिभेसन सुरु

नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त भुक्तानी सेवा प्रदायक कम्पनी सेलपे सेवाले दोस्रो चरणको स्टल एक्टिभेसन सरु गरेको छ । ...

कुसोममा एनआइबिएल

कुसोममा एनआइबिएल

नेपाल इन्भेस्टमेन्ट बैंकले ललितपुरको बालकुमारीस्थित काठमाडौं स्कुल अफ म्यानेजमेन्टमा विस्तारित काउन्टर खोलेको छ । ...

Ncell Footer Ad