४ वैशाख २०८१ मंगलबार
खेल

बसन्त रेग्मीले लिए एकै ओभरमा दुई विकेट

काठमाडौं— नामिबियाविरुद्धको खेलमा बसन्त रेग्मीले एक ओभरमै दुई विकेट लिएका छन्। विश्व क्रिकेट लिगको कीर्तिपुर मैदानमा भइरहेको दोस्रो खेलमा बसन्तले २९ औं ओभरमा दुई विकेट हात पारेका हुन्।
 
नामिबियाका जेन ग्रेन पनि बसन्तको शिकार बने। अर्धसतकको नजिक रहेका बेला उनी आउट हुन पुगे। ८७ बल खेल्दै उनले ४७ रन बनाए। ग्रेनलाई पाखा लगाउनु नेपालका लागि निकै महत्वपूर्ण रह्यो। त्यस लगत्तै बसन्तले अर्का खेलाडी सिनम्यानलाई एलबीडब्लु धरापमा पारे।

टस जितेर पाहुना टोलीलाई ब्याटिङको निम्तो दिएको नेपालले राम्रो फिल्डिङ गर्न नसकेको आरोप खेपिरहँदा लगातार तीन विकेट ढलेका थिए।

यसअघि स्पिनर सन्दीप लामिछानेले २१ औं ओभरमा नेपालका लागि पहिलो विकेट लिएका थिए। उनले ओपनर एवं कप्तान स्टेफल बार्डलाई ५१ रनमा आउट गरेका थिए।

प्रकाशित: ७ वैशाख २०७३ ०२:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App