महासागर यात्रा

शनिबार, २१ पुष २०७५, ११ : १० डा. बद्री पोख्रेल

92


घुमफिरमा मेरो रुचि अलि बढी नै हो। मौका मिलेसम्म स्वदेश होस् वा विदेश घुम्न निस्कने बानी छ। नेपाल सरकारको सहसचिवबाट रिटायर्ड भएपछि घुम्न  अलि बढी फुर्सद पनि मिलेको छ। तर, फुर्सद मिल्दैमा आफूले चाहे जसरी, खोजे जसरी घुम्न कहाँ पाइन्छ र ! त्यसमाथि अलि खर्चिला मुलुकमा घुम्नका लागि झनै बढी सोच्नुपर्ने हुन्छ।

तैपनि मनमा लागिरहन्थ्यो– संसारको चिसो भनेर चिनिएको अन्टार्टिका जान पाए कस्तो होला ! अझ भनौं न अन्टार्टिका महादेश पुग्ने सपनाजस्तै थियो। तर, सपना लिएर मात्र त भएन। पुग्ने कसरी ? त्यसमा नेपालदेखि कयौं माइल टाढाको दूरी। त्यहाँ पुग्ने नेपालीबारे खोजी गर्दा त भेट्नै गाह्रो। एकातिर अन्टार्टिका जाने सपना ! अर्कोतर्फ जान निकै कठिन। नेपालको परिवेशबाट हेर्दा त सोच्न पनि नसकिने अवस्था। जसरी पनि अन्टार्टिका महादेश पुग्ने सपना बोकेका बेला मनमा अनेक तर्कना हुने क्रम जारी थियो।

दुई छोरा र बुहारी अमेरिकामा बस्न थालेको वर्षैँ भइसकेको छ। जेठा छोरा भवेश अमेरिकामा डाक्टरी र कान्छो उमेश इन्जिनियरिङ पेसामा छन्। डिसेम्बर ७ तारेखमा पत्नी उर्मिलासँगै अमेरिका पुगियो। यसपटकको अमेरिका भ्रमण मेरो सपना पूरा गर्न कामयावी भयो। कान्छो छोरा उमेश र बुहारी प्रज्ञाले अन्टार्टिका भ्रमणको सबै चाँजो मिलाइसकेका रहेछन्। उनीहरूकै चाँजोपाँजो अनुसार अनि सुरु भयो हाम्रो यात्रा।

एक दिनको यात्रासम्म कतै/कतै समुद्रको बीचमा सानातिना डाँडा देखिए।  दोस्रो दिनपछिको यात्रा त झन् रोमाञ्चक। किनकि त्यसपछि जता हेर्‍यो त्यतै पानी नै पानी ! दोस्रो दिनको यात्रामा जहाज झनै हल्लिन थाल्यो। त्यस्तो डर बढेको बेला जहाज भित्रको सिनेमा हेरेर चित्त बुझायौं।

अमेरिकाबाट अर्जेन्टिनाको राजधानी ब्युनस आयर्स पुग्नुअघि मनमा अनेक तर्कना आइरहेका थिए। आउनु पनि स्वभाविक थियो– किनकि त्यो यात्रा एकातिर संसारको अन्य स्थानमा गरेको भ्रमणभन्दा नितान्त फरक थियो भने अर्कोतर्फ वर्षौंदेखिको पुग्ने सपना पूरा हुँदै थियो।

अन्टार्टिका महादेशबारे गुगल र विभिन्न माध्यमबाट लिने गरेका द्वितीय स्रोतको साक्षी आफैँ बन्ने अवसर आउँदै थियो। निकै कम नेपाली पुगेको सुनेपछि मलाई अन्टार्टिका पुग्न झनै उत्साह बढाइरहेको थियो। लाग्थ्यो– अन्टार्टिकाले मलाई निकै खुसी दिँदैछ। ठूलो उपलब्धि हात लाग्दैछ। ब्युनस आयर्सबाट अर्जेन्टिनाको उसुआया पुग्दासम्म मनमा अनेक तर्कना आउने क्रम जारी रह्यो। कतिखेर समुद्रको तटमा खुट्टा राख्न पाइएला भनेर हुटहुटी झनै बढ्यो। जब उसुआयापछि बिगल क्यानलमा हाम्रा खुट्टा अघि बढ्दै थिए– जहाँ हामीलाई लिन सात तले पानीजहाज तयार भइसकेको रहेछ।

चिली र अर्जेन्टिनाको भूगोल तथा एटलान्टिक र प्यासफिक समुद्रलाई छुट्टयाउने  त्यो बिगल क्यानले ती देश र समुद्रलाई मात्र अलग गर्दैनथ्यो। सात समुद्र पारिबाट आएका हामीलाई दक्षिण धु्रवसँग जोड्दै थियो। निकै थोरै नेपाली पुग्न सकेको दक्षिणी धु्रवमा पाइला पर्दै गर्दा छाती भने गौरवले फुलेको थियो। बडेमानको पानी जहाजले जसरी गति बढाउँदै थियो, त्यसरी नै मन चंगाजस्तै बन्दै थियो।

त्यतिन्जेल ११ दिने समुद्र यात्राले अन्टार्टिका महादेश घुम्ने तय त भइसकेको थियो नै। सात तले पानी जहाजको पाँचौं तलामा बसे पछि डर लाग्न थाल्यो। हुन त पानी जहाज यात्रा मेरा लागि नयाँ थिएन। भियतनाम लगायतका मुलुक जाँदा समुद्रको यात्रा गरिसकेको थिएँ। तर, कहाँको भियतनामको समुद्री यात्रा ? कहाँको अन्टार्टिकाको ?

बडेमानको पानीजहाजलाई लडाउला जस्तो गरी आउने समुद्री ज्वारभाटा। कतिपय यात्रु त बिरामीजस्ता भइसकेका। तैपनि मैले भने आफूलाई सम्हाल्न सकेँ। किनकि यो यात्रा मेरो सपनाको थियो। रुचिको थियो। यात्रा नितान्त नौलो थियो। कतिपय यात्रुले असहज महसुस गरे पनि मलाई भने आनन्द लाग्यो। बाहिरी संसार हेर्दै गएँ।

एक दिनको यात्रासम्म कतै÷कतै समुद्रको बीचमा सानातिना डाँडा देखिए।  दोस्रो दिनपछिको यात्रा त झन् रोमाञ्चक। किनकि त्यसपछि जता हेर्‍यो त्यतै पानी नै पानी ! दोस्रो दिनको यात्रामा जहाज झनै हल्लिन थाल्यो। त्यस्तो डर बढेको बेला जहाज भित्रको सिनेमा हेरेर चित्त बुझायौं।

समुद्री यात्राको दुई दिनपछि प्यासफिक र एटलान्टिक समुद्र सकियो। त्यसपछि पानी जहाज अन्टार्टिका महासागर प्रवेश गर्‍यो। आजकल त्यो समुद्र ‘साउथन ओसन’ को नाममा पनि चिनिन थालेको रहेछ। अरु दुई दिन हामी चढेको पानी जहाज सोही महासागरमा हिँड्रिह्यो। हामी रमाउने क्रममा कुनै कमी आएन। त्यसपछि बल्ल धेरै पर्यटक जाने टापु ब्यारन्तोस नजिक हाम्रो पानी जहाज रोकियो। अनि, हामी सहित जहाजका यात्रा ब्यारन्तोष टापुमा पुग्यौं। समुद्रको यात्रापछि हामीले पाइला टेकेको पहिलो भूमि त्यही ब्यारन्तोस टापु थियो।

त्यतिबेला बथानका बथान ह्ेवल माछा देख्दा यात्रा थप रोमाञ्चक बन्दै थियो।  समुद्रको पानी उर्लने क्रम उस्तै। टापुमा त पेन्गुइन चराको उस्तै ताँती।  पेन्गुइन पनि १९ किसिमका हुँदा रहेछन्। समुद्रमा जता हेर्‍यो, त्यतै हिउँका ढिक्का। त्यहाँ भएको हिउँ पग्लियो भने समुद्रको सतह २ सय फिट बढ्छ रे। २०० फिट माथि पानी बढ्यो भने त पृथ्वी नै डुबाउँछ होला ! धन्न आजसम्म त्यस्तो भएको छैन। अब पनि कहिलै त्यस्तो नहोस्।  

अधिकांश समयमा अन्टार्टिकाको ९८ प्रतिशत भूभागमा हिउँ जम्ने रहेछ। हामी त्यहाँ पुगेको समयमा भने हिउँ अलि बढी पग्लिएको थियो। किनकि नेपाल लगायतका मुलुकमा चिसो मौसम भइरहँदा हामी गर्मी मौसममा यात्रा गर्दै थियौं। यात्रामा मैले १० प्रतिशत जति भूभागमा हिउँ नभएको देखेँ। बाँकी भूभाग त जता गए नि हिउँ नै हिउँ।  हिउँमा हिँडियो पनि।

गुगलबाट खोजी गर्दा थाहा पाएको थिएँ– अन्टार्टिका महासागरमा संसारकै सबभन्दा धेरै स्वच्छ पानी छ। अनि त्यहाँ पुगेपछि पो मात्र थाहा भयो– अन्टार्टिका महासागरको पानी त हामीले सोचेभन्दा पनि बढी स्वच्छ रहेछ। यात्राकै क्रममा थाहा पाइयो– त्यो महासागरमा संसारको कुल स्वच्छ पानीमध्ये ७० प्रतिशत रहेछ।

एक दिनजस्तो ब्यारन्तोस टापुको मजा लिएपछि हाम्रो जहाजले पुनः गति बढायो र पिटरम्यान टापुमा नजिक पुगेर रोकियो। सानो डुंगामा चढेर पिटरम्यान टापु पुग्यौं। त्यो अर्जेन्टिनाको नियन्त्रणमा रहेछ। त्यहाँको सुन्दरता पनि उस्तै।  थरिथरिका पेन्गुइन। प्याराडाइज हार्भरको बिछट्टै सामुन्द्रिक आनन्द। सामुद्रिक सिल माछा थप आकर्षण। मुसाको जस्तो मुख भएका पखेटाबाट घस्रने ती माछा निकै आकर्षक र अचम्म लाग्दा थिए। लामा लामा ती माछा हिउँबाट बाहिर निस्केर घाम ताप्न आउँदा रहेछन्। चराका प्रकार त कति हो कति ! कोही चिल जस्ता त कोही सेता हाँस जस्ता। कस्तो अचम्म !

यात्राको क्रममा के पनि थाहा भयो भने वर्षौंदेखि पानी यति धेरै स्वच्छ भइरहनुको कारण आसपासका देशले पालना गरिरहेको कडा अनुशासन रहेछ। सन् १९६१ को जुनदेखि कार्यान्वयनमा आएको ५० देशबीचको अन्टार्टिका सन्धिलाई आज पनि हरेक पक्ष राष्ट्रले उत्तिकै महŒव दिएर पालना गरेका रहेछन्। सुरुमा ७ देशबाट सुरु भएको त्यो सन्धिको पक्षमा ५० राष्ट्र पुग्दासम्म उल्लंघन भएको छैन। यस्तो पो इमान्दारिता ! हाम्रो जस्ता देश भएको भए के त्यस्ता सन्धिलाई पालना गरेर आफ्नो दायित्व पूरा गरिरहेका हुन्थे होला ? पटकपटक मनमा यस्ता प्रश्न उठेर बेचनी पनि हुन्छ। खैर ! त्यस्तो प्रश्नको जवाफ दिने अवस्थामा म त छैन नि ? आफैँले सान्तवना दिन्छु र मन बुझाउँछु।

दिनभर घुम्ने र राति पानी जहाजमा फर्कने। पानी जहाजबाहिर कतै बस्ने ठाउँ भए पो बस्नु ? त्यस्तो चिसोमा बस्ने हिम्मत गर्ने कुरा पनि भएन। हामी त झन् घुम्न गएका पर्यटक न पर्‍यौं। यस्तो क्रम सुरु भएको ११ दिन भइसकेछ। ११ दिनसम्म समुद्रमा बस्दा, सुत्दा हामी पनि अन्टार्टिका महासागरमा उड्ने अल्बाट्रस, पेन्गुइन चराजस्ता निस्फिर्की र बेवरवाफका भइसकेका थियौं। घटीमा माइनस १० र बढीमा माइनस ९० डिग्रीको तापक्रम हुने स्थानमा पुगेका कारणले हो कि  अमेरिका फर्कन डिसेम्बर २० मा उसुमाया पुग्दा त अनुभूति र सोच नै फरक भइसहेको रहेछ।
प्रस्तुति :  रुद्र खड्का







यसमा तपाईको मत


अन्य समाचार

फ्रि भीपीएन प्रयोग गर्नु जोखिमपूर्ण

फ्रि भीपीएन प्रयोग गर्नु जोखिमपूर्ण

नि: शुल्क भीपीएनले तपाईंको संवेदनशील डेटा चोरी गर्नसक्छन् ! ...

एप्पलको नयाँ आइप्याड मिनी र आइप्याड एअर

एप्पलको नयाँ आइप्याड मिनी र आइप्याड एअर

रिलिज भएका आइप्याडमा १०.५ इन्चको डिस्प्ले भएको आइप्याड एअर र ७.९ इन्चको डिस्प्ले भएको आइप्याड मिनी पर्छ । ...

फेसबुक एपको अटोप्ले फिचर - बन्द किन गर्ने र कसरी गर्ने ?

फेसबुक एपको अटोप्ले फिचर - बन्द किन गर्ने र कसरी गर्ने ?

हानिकारक र अनुचित विषयका भिडियोहरुबाट टाढा रहनुको लागि पनि फेसबुकमा अटो प्ले फिचर बन्द गर्नु उचित हुन्छ । ...

१ लाख सम्मका उत्कृष्ट स्लिम र पोर्टेबल ल्यापटपहरु

१ लाख सम्मका उत्कृष्ट स्लिम र पोर्टेबल ल्यापटपहरु

धेरै प्रयोगकर्तालाई ल्यापटपमा पोर्टबिलिटिको आवश्यकता पर्छ । ...

८० करोड विन्डोज १० प्रयोगकर्ता

८० करोड विन्डोज १० प्रयोगकर्ता

विन्डोज १० अहिलेको सबैभन्दा प्रचलित कम्प्युटर अपरेटिंग सिस्टम बनेको छ ...

कम्प्युटर र ल्यापटप फास्ट बनाउन एसएसडीको प्रयोग

कम्प्युटर र ल्यापटप फास्ट बनाउन एसएसडीको प्रयोग

स्लो कम्प्युटर फास्ट बनाउने सबैभन्दा फास्ट तरिका ! ...

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरु

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरु

नेपाली बजारमा उपलब्ध भएका र लगभग २० हजारमा पाइने केही स्मार्टफोनबारे ...

फेसबुक मेसेन्जरमा डार्क मोड सुचारु गर्ने तरिका

फेसबुक मेसेन्जरमा डार्क मोड सुचारु गर्ने तरिका

फेसबुक मेसेन्जरमा डार्क मोड सुचारु गर्ने तरिका ...

Ncell Footer Ad