नितान्त व्यक्तिगत

शनिबार, २१ पुष २०७५, १० : ५५ किशन थापा ‘अधीर’

जे हुनु हुँदैनथ्यो, त्यही भयो। तर, अब यस्तो सोचिन्न। अब त्यो जमाना छैन, जहाँ यसलाई पापकर्म अनि कुन्नि के–के ठानिन्थ्यो। अब त यो नितान्त व्यक्तिगत कुरो भइसक्यो। निजी सम्पत्ति। अनुभव पनि सम्पत्ति न हो।

ढाँट्न हुन्न, निकै मजा आयो। यो उसले पनि स्वीकारी। कम्तीमा ऊजस्तीबाट...ओह नो ! कुनै कोणबाट पनि सम्भव थिएन पहिला त। मेरो घरमा डेरा माग्न आएकी थी। कति दिन भइसकेको थियो रे मसित भेट्न खोजेको। दिउँसो डेरावाल मात्र हुन्थे कोहीकोही। म त अफिस जान परिहाल्यो। परिवार छैन। एक्लो मान्छेको घरमा यस्तै हो...।

शनिबार पनि म व्यस्तै हुन्छु, त्यसैले पनि होला। एक दिउँसो त ऊ आएर भेटेरै जाने अड्डी लिएर बसिछ। मेरै घर किन ? टोलमा अन्य घरमा डेरा खाली थिएन, त्यसैले। पछि बताई। साँझमै फर्कन्थेँ। त्यो साँझ अलि अबेर भयो। साँझ बित्न लागेपछि।

‘ओह... कम अन। बिहे...मैले सोचेकी छैन। त्यति...जाबोमा भन्नुहुन्छ। त्यो तपाईंको पनि फस्ट एक्सपिरेन्स थिएन र मेरो पनि। यस्तो त यस जमानामा भइरहन्छ। के केटाकेटी जस्तो कुरा गरिरहेको ? आइ हाएभ नट एनी टायम फर किडिङ।’

देखेर त म तर्सें पनि। उसको पहिरन नै त्यस्तै थियो। गाउँबाट सिधै झरेकी जस्ती। एक्लै ? डर पनि लाग्यो सुरुमा त। एक्ली युवतीलाई कसरी डेरा दिनु ! हैन, यसरी सोचिनँ। मैले किन सोच्नु यस्तो ? गाउँमा केही गरेर पो आई कि न ? यसरी लिएँ। ‘काम गर्ने ठाउँ यहाँबाट नजिक पर्ने भएकाले...।’    उसले कारण बताएकी थी।

‘हुँदैन।’ भनिदिऊँ जस्तो पनि लागेको हो। किनभने राम्री भएकी भए पो ! मुहारमा न हिसी झुन्डेको थियो न टलक। बरु पसिनासित टाँसिएको धुलाले काली मात्र हैन, घिनलाग्दी पनि बनाएको थियो। अनि किन दिनु यस्तालाई ! बरु अरू राम्री आउने सम्भावनालाई रोक्नु जस्तै न हो। एउटी त होस् न घरमा यसो...मेरो उमेरले नसोच्ने कुरो होइन यो।
अन्य कोठाहरूमा परिवार भएकाहरू बस्थे। दुई परिवार। यो एक्ली बस्छु भन्छे। दुई कोठा खाली थियो। एक्लोलाई बढी भइहाल्छ। फेरि दुई कोठाको पर्ने भाडा यसको कमाइले धान्ला जस्तो पनि थिएन। अनि ?

म यस्तैमा थिएँ, यसले अनुनयविनय गर्न थाली, त्यहीँ उभिएरै। ढोग्न मात्र बाँकी राखी। ‘राति हुँदो कहाँ जाओस् विचरी...।’ एक परिवारकी वृद्धाले भनिन्। काठमाडौँका घरधनी त ढुंगाजस्तै हुन्छन्। यसो डेरामा बस्नेहरूले पैmलाएका कुरा न हुन्। अहिलेदेखि हैन, उहिलेदेखि। अनि सियो बनेर पसेर डेरावालहरूले घरधनीहरूलाई के–के आपत्मा पारे...। त्यो हामीलाई नै थाहा छ।फैलाएनौँ मात्रै।

रातले आफ्नो आवागमनको सूचना जोडतोडले दिन थालिसकेको थियो। धन्यवाद दिनुपर्छ भने रातैलाई देओस् उसले। मैले ‘खुइय्य’ गर्नुबाहेक अरू गर्न सकिनँ। भोलिपल्टदेखि यहीँबाट काममा जान थाली क्यार, किनभने भोलिपल्टदेखि नै उसलाई मैले देखिनँ। म आफ्नै काममा व्यस्त भएर होला ठान्थेँ। ऊ पनि ढिलै आउँदी रहिछ। डेरावालहरूले नै गेट खोलिदिँदा रहेछन् राति।
‘किन ?’
स्वाभाविकै हो, प्रश्न उब्जिहाल्छ। कसले गर्‍यो, यो महत्वपूर्ण थिएन। जुन परिवारका सदस्यले गेट खोल्यो, त्यसैले भनौँ।
अनि त के। गरिबी, बाध्यता, विवशता आदि। के–के हुन् सक्छन्, रागहरू। सुरमय बन्दै गुन्जिन्थे रे वातावरणभरि।
अनि अचम्म ! डेराभाडा बुझाउने बेला टुप्लुक्क मेरो अगाडि प्रकट हुन्थी। बिहानै गायब हुने मान्छे त। एक–दुई महिना होला। अन्य डेरावालहरूको हातबाट पो पाउन थालेँ त्यसपछि त। साह्रै व्यस्त रहिछन्। निकै सोभानी रहिछन्। यस्तैयस्तै पूmलबुट्टाहरू सुन्न थालेँ। आफ्नो हातमा लिन गरी होली केही अनि। जेसुकै होस् आ...। मलाई त आफ्नै मतलब हुने न हो। अरूको चियोचर्चो गर्नु सभ्यपना पनि त होइन।

अँ, परिवर्तन देखिन थाली त। निकै चाँडै। यो मैले उसलाई देख्न पाएको महिनाको कुनै दिन भेउ पाउँदै थिएँ। अब त पहिरन पनि हँ...। सहरका ठिटीहरू त्यस्तरी मिलाएर लगाउन जान्दैनन् होला, ऊ त...।
एक दिन दिउँसो फर्केको थिएँ। उसलाई देखेँ। ऊ पनि त्यही दिन रहेछ दिउँसो फर्केकी। लुगा धुँदै गरेकी। जिन्स कट्टु र निकै खुलेको भेस्टमा। कट्टु त...हाफपाइन्ट भन्न मिल्दैन त्यसलाई, सेता सुडौल तिघ्रा प्रदर्शन हुने खालको।
निकै मोडर्न बन्न थालिसकिछ...। सोचाइ आयो कुन्नि किन।
मलाई देख्नेबित्तिकै मुस्काई मुसुक्क। मैले पनि मुस्काइदिएँ मात्र।

कम्पाउन्डको गेट बन्द गरेर घरभित्र छिर्नै लाग्दा उसैले मुख फोरी पछाडिबाट, ‘आज चाँडै आउनु भो त ?’
‘अँ, अलि टाउको दुखेजस्तो भो अनि...।’
‘धेरै दिमाख खियाउनुपर्ने काम छ दाइको त झन्...।’ कुरो अघि बढाउनै होला। लाग्यो। नत्र के थाहा थियो र यसलाई !
‘त्यस्तो धेरै त होइन।’ पसिहालेँ स्वाट्टै।
कोठामा आरामले सोफामा बस्तै टिभी खोलेँ। जस्तै भए पनि कोठामा पसेपछि टिभी हेर्ने बानी छ मेरो। त्यही गरेँ। बस्न पाएको छैन, अचम्म ! जुस लिएर उपस्थित पो भई त। सामुन्नेमै।  
‘निकै नै दुख्यो ? औषधी ल्याऊँ ?’

‘धन्यवाद !’ लिइदिएँ, सोच्नुपर्ने त धेरै थियो, तर सोचिनँ।  ‘भर्खरै आएँ म पनि। आ...कति मात्र मरिमेट्नु ! लुगा डुङडुङ्ती गनाएको धेरै भइसक्या थ्यो। धुनलाई ...।’
आपैmँ भनिरहिछ, भनिरहोस्। के–के भन्दीरहिछ हेरूँ न। अचम्म ! चुप लागी एक्कासि। हेरेँ। हेर्दै रहिछ, आँखा जुध्नेबित्तिकै मुन्टो फर्काई। सामुन्नेकै सोफामा छे। एउटा खुट्टा अर्कोमाथि चढाएर। मैले हेर्नेबित्तिकै पोजिसन चेन्ज गरी, थिचिने खुट्टाले थिच्ने खुट्टालाई चढाई। आकर्षक टाङ...रौँजति खौरिन्छे कि क्या, ग्ल्यामर फिल्डमा हुनेहरूले जस्तै...। निकै गोरा छन् त। निकै छिटछिटै खुट्टाको अवस्था परिवर्तन गरिरहनु...ध्यान तान्न चाहन्छे ?
यो हाँक हो कि जाँच हो ?

हाँक मेरो पौरुषलाई, जाँच मेरो नैतिकतालाई। होला त ? खै, त्यस्तो त किमार्थ लाग्दैन। कसरी समालिन सकेँ, त्यस्ती भरभराउँदी युवती आमन्त्रणै दिएर अगाडि आउँदा...मलाई थाहा छ। ऊ कताकताको कुरा गर्दै छे। त्यस व्रmममा बुझ्दै छु, मेरो बारेमा जिज्ञासा छ यसभित्र, निकै धेरै।
अनि फेरि अचम्म ! कुरा गर्दागर्दै जुरुक्क उठी, ‘हजुरलाई डिस्टर्ब त गरिनँ ? आइ एम भेरीभेरी सरी है।’
‘हैन...त्यस्तो केही...।’

भन्दै थिएँ, ऊ निक्लँदै भन्न थाली, ‘तल दूध बसालेर आएकी, उम्ल्यो होला।’
बहाना न हो, भएकै भए त अहिलेसम्म त्यो दूध... अनि दूध बसाल्नेको होस...। किन आई यसरी ? मुख्य प्रश्न यही हो। तिलमिलाएछु। उत्तरको खोजमा हैन, प्रश्नै बिर्संदै, किनभने त्यसपछिका दिनहरू कसरी आउन थाले, मैले सायदै अनुमान लगाउन सक्थेँ। अस्वाभाविक पारा थियो अवश्य। तपाईं सोच्तै हुनुहुन्छ होला, सम्भवतः हामी दुईको घनिष्टता...! यतिसम्म साह्रै हीनतर तरिकाले पनि नसोच्नुस् न। मलाई हेक्का त थियो नि। म यस टोलको जिम्मेवार नागरिक हुँ। डेरावालहरूका अघि सज्जन पुरुष हुँ। अविवाहित भएर के भो। बिहे गर्ने उमेर त पुग्दै छ। साथमा अभिभावक...परिवार केही नभए के भो त। आफ्नै घरमा डेरा बस्न आएकी केटीसित उच्छृङ्खलता साटासाट गरेर टोलभरि रमिता भइरहुँला ? अरू कोही नपाएर...?

थाहा छैन, यो नर्मलै हो वा के। कहिले के सहयोग माग्थी, पुर्‍याइदिन्थेँ। गर्न सकिन्छ नि हैन यतिसम्म त ? जिम्मेवार घरधनी भएका कारणले पनि। कहिले के दुखेसो पोख्थी, मेरो मद्दत पाउँथी। यसरी नै दिन बित्दै थियो।
ऊ सात÷आठ महिनापछि मेरो घरबाट निस्की। हैन, मैले निस्की भनेको हैन। ऊ आपैmँ डेरा सरेकी हो। मलाई पनि कहाँ...सर्ने दिन नै भनेकी हो। मैले नजाऊ भन्ने त कुरै आएन। किन ? योचाहिँ स्वाभाविक छ। मेरो आँखामा पढी होली। भनी, ‘कम्पनीको ब्रान्च उता खोलेको छ, मलाई उतै सर्भिस गर्नू भन्ने अर्डर छ।’
ऊ गई। झ्वाट्टै केही भयो ? मलाई लाग्दैन, केही भयो। ऊसित के नै भएको थियो र हुन। मलाई लाग्यो, तर पनि लाग्दालाग्दै कताकता के–के खल्लोखल्लो जस्तो भयो।

त्यही खल्लोखल्लोले त होला नि, मेरा कयन् समय लिन पो थाल्यो। असर पनि होला...। लुगा धुँदै गरेकी। पछाडिबाट, दायाबायाँबाट, अगाडिबाट उसका आकर्षक देखिन थालेका पोजिसन...दिमाखमा घुम्न थाले। उसले बोलेका कुराहरू त झन्। बेलाबेला नजिकिन थालेकी...।
के त्यो जानाजान थियो उसका प्रयत्न ? त्यसो भए किन गई त ?
रणभुल्लमै थिएँ, एक साँझ फोन गरी। सहरको चलेका रेस्टुरेन्टमा भेट्ने रे। ओह...त्यसो पो !  आइ सी। उता पनि रहेछ नि केही त। यस्तोमा मैले आदर्श पाल्नुपर्ने कुनै कुरा देख्दिनँ। गएर भेटेँ।
अनि त्यो साँझ मात्र किन, भेटघाट अलि बढ्न थाल्यो।

अर्को एक साँझ उसकै नयाँ डेरामा पनि गइयो। राम्रै स्वागत गरी। स्कचको प्रबन्ध गरेकी रहिछ। स्न्याक्स झन् मीठो। मीठो त उसको साथ पो। उसले मेरो भन्दै थी। त्यो न्यानो अँगालो...नाइँ, भन्नु त उल्लुपन नभए पनि उपयुक्तपना पनि कसरी होला र ! बिहान हुँदा पो थाहा पायौँ वा पाएजस्तो गर्‍यौँ, राति के–के गरेछौँ। उसकै बेडमा रहेछौँ। पातलो ओढ्नेभित्र दुवै प्राकृतिक अवस्थामा। तब भनेकी थी, निकै मजा आयो।

घरमा आएपछि घेर्न थाले मलाई। अरूले हैन, उसका कुराहरूले। विचरी ! मनैदेखि चाहँदी रहिछ क्यार मलाई। यहीँ बसिरहँदा अप्ठेरो पर्ने भएकाले पो अन्तै डेरा सरेकी हो कि। गाउँमा उसका अभिभावक उसकै कमाइ कुर्दै बस्दा रहेछन्। विवशता छ उसको। यस्तोमा आफ्नो मन खाने केटा छानी त के भो। यस्तैयस्तै कुराहरू हुन्, घेर्न आउने।

त्यस्तोमा उफ्! विचरीसित मैले...! कति विश्वास र भरोसाले सुम्पेकी त होली नि मलाई आफ्नो सर्वस्व...। मैले उसलाई आँप मात्र ठान्नुहुन्छ त, चुस्यो फ्याँक्यो गर्नलाई ? हा...हा...नचाहँदा नचाहँदै पनि यस्तो सोचाइ पो आउन थाल्यो। आधुनिकताको अर्थ अनैतिक वा स्वार्थी हुँदै जानु त होइन नि। हो हामी आधुनिक। यसै भएर त ठीक र बेठीक छुट्ट्याउन सक्नुपर्छ। हे...कति उब्जिरहेका होलान् मनभित्र पनि यस्ता कुराहरू। मनका भित्तै कोतार्ने गरी।

मनलाई सम्झाउन सकेँ÷सकिनँ, भन्न सक्दिनँ, पाइलाहरू भने उसका डेरातर्पm लम्कँदै गरेको पो पाएँ त। राम्री लाग्दै आएकी पनि हो। मुहारले भन्दा व्यवहारले मान्छेका सुन्दरताको पहिचान हुँदो रहेछ क्यार। हो...हेर्नुस् त, यस्तो सम्भवै थिएन, अब म सोच्दै छु, बिहे गर्नु छ भने उसैलाई गर्नुपर्छ। मेरो बिहे गर्ने उमेर पनि त भइसक्यो। घरको अवस्थाले पनि आवश्यकताको जनाउ दिइसक्यो। अनि उसको उमेरले पनि त...। उसको डेरा भएको टोलमा हिँड्दै थिएँ। झट्ट अगाडिबाट एउटा कार बग्यो सलल। देखेँ, ऊ फ्रन्टसिटमै थी। ड्राइभिङ सिटमा कुनै युवक रहेछ। गफमा मस्त हुँदै गइरहेका। के हो ? को हो ? किन हो ? यस प्रेमी मनलाई कसले सम्झाओस् नि त्यतिखेर। मलाई देखी कि देखिन ? कि देखेर पनि नदेखेझैँ गरी ? यी अर्को थप पीडा दिने प्रश्नहरू थिए।

रातभरि सुत्न दिएन त्यसै कुराले। ढाँट्नु हुन्न। फोन गरूँ ? धत् मूला ! एउटी केटीको फलो गर्दै हिँडेको भन्ने बात लाग्यो भने ? फेरि यो फोनमा सोध्ने कुरा हो ? यसरी नै एउटा मन कुराको चुरो उठाउने, अर्को मन त्यसैलाई थम्याउने गर्दै रह्यो। एक साता बितेछ। भएन, अब त स्पष्ट गर्नैपर्छ। छिटैभन्दा छिटै बिहे गर्नैपर्छ। उसले दिएकी आनन्दप्रति पनि त इमानदारीको कुरा आउँछ नि। ...फेरि ? हैन, यो मन के–के मात्र सोच्न सक्दो रहेछ त हँ।
फेरि एक साँझ पुगेँ उसको टोल। लगभग १५÷२० पाइला वरै थिएँ, उसको डेरा पस्ने गेटैमा एउटा मोटरबाइक रोकियो। हेर्छु, ऊ ओर्ली। बाइकवालासित कुरा गर्न थाली। रोकिएँ। हेर्न थालेँ, चाल के हो। पाँच मिनेटजति कुरा गरी। फेरि त्यही बाइकमा बसेर बगी सुलुलु। म हेर्‍याहेर्‍यै भएँ।

हैन, के हो त यो केटी ? प्रश्न उब्जिनु अस्वाभाविक होइन। तब थाम्न नसकेर बिहानै पुगेँ, झिसमिसेमै। कोठामै रहिछ। मुस्कानले स्वागत गरी। धावा बोलिदिएँ सिधै। बिहे गरौँ। किन बाँकी राख्नु। कुरै छैन।  ऊ सुनिरही वा के ...किनभने आफ्नो काम नरोकिई गर्दै थी। यताको सामान उता लैजाने। उताको लुगा यता सार्ने। घरी के घरी के। गर्दै रही। म बोल्दै रहेँ। अन्तमा थपिदिएँ, हामीबीच शारीरिक सम्पर्क भएपछि...बिहे नै उचित हो।  

सुनेर टक्क अडिई, एकछिन हेरिरही र फेरि पूर्ववत् काममा फर्केर भन्न थाली, ‘ओह... कम अन। बिहे...मैले सोचेकी छैन। त्यति...जाबोमा भन्नुहुन्छ। त्यो तपाईंको पनि फस्ट एक्सपिरेन्स थिएन र मेरो पनि। यस्तो त यस जमानामा भइरहन्छ। के केटाकेटी जस्तो कुरा गरिरहेको ? आइ हाएभ नट एनी टायम फर किडिङ।’







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।


अन्य समाचार

प्रतिबन्धका कारण हुवावेलाई अर्बौ डलर घाटा

प्रतिबन्धका कारण हुवावेलाई अर्बौ डलर घाटा

प्रतिबन्ध पछि हुवावेको आम्दानी ३० अर्ब अमेरिकी डलर कम हुने ...

नेपाल शैक्षिक परामर्श संघ (ECAN) ले  शैक्षिक मेला आयोजना गर्ने

नेपाल शैक्षिक परामर्श संघ (ECAN) ले शैक्षिक मेला आयोजना गर्ने

नेपाल शैक्षिक परामर्श संघ (ECAN) ले बृहत शैक्षिक मेला आयोजना गर्ने परम्परालाई निरन्तरता दिंदै यस वर्ष १३ औं संस्करण भव्यताका...

नेपाली अभिनेत्री स्वस्तिमा खड्काले र्‍याम्प तताइन

नेपाली अभिनेत्री स्वस्तिमा खड्काले र्‍याम्प तताइन

नेपाली अभिनेत्री स्वस्तिमा  खड्का, जो शोमा प्रभावशाली प्रस्तुतकर्ता (शोस्टपर) थिइन, उनले र्‍याम्पमा  हिड्दा ग्लामरको हिस्सानै बद्लिनमा आफ्नो भूमिका निभाइन ।

टि भी एस स्ट्राइकर मेलामा ग्राहक को भिड

टि भी एस स्ट्राइकर मेलामा ग्राहक को भिड

नेपालको लागि टिभीएस टु ह्वीलर्सको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले ग्राहक वर्गको हितलाई दृष्टिगत गर्दै  TVS Stryker मेला मा आउनुहोस सुपर...

पल्सर स्पोर्ट्स अवार्डलाई डिस मिडिया नेटवर्कको एक्शन स्पोर्ट्स  एचडी च्यानलको  सह–प्रायोजन

पल्सर स्पोर्ट्स अवार्डलाई डिस मिडिया नेटवर्कको एक्शन स्पोर्ट्स  एचडी च्यानलको  सह–प्रायोजन

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले प्रत्येक वर्ष आयोजना गर्ने  बजाज पल्सर स्पोर्ट्स अवार्ड २०७५ लाई डिस मिडिया नेटवर्क लिमिटेडले...

सिभिल बैंक लिमिटेडको शाखा सुर्खेत र लम्कीमा

सिभिल बैंक लिमिटेडको शाखा सुर्खेत र लम्कीमा

सिभिल बैंकले आफ्नो शाखा बिस्तारको क्रममा बीरेन्द्रनगरपालिकाको सुर्खेतमा र लम्कीचुहा नगरपालिकाको लम्कीमा शाखा संचालनमा ल्याएको छ । ...

हिम इलेक्ट्रोनिक्सद्वारा चितवनमा न्यू श्री गणेश इलेक्ट्रोनिक्स आउटलेट पुनः उद्घाटन

हिम इलेक्ट्रोनिक्सद्वारा चितवनमा न्यू श्री गणेश इलेक्ट्रोनिक्स आउटलेट पुनः उद्घाटन

हिम इलेक्ट्रोनिक्सको चितवनस्थीत एक आधिकारिक डिलर न्यू श्री गणेश इलेक्ट्रोनिक्स १० वर्ष पुगेको उपलक्ष्यमा अझै परिष्कृत तथा सुविधा सम्पन्न रुपमा...

इजरायलबाट ‘मेगा रेमीट’ सेवा

इजरायलबाट ‘मेगा रेमीट’ सेवा

‘मेगा रेमीट’ सेवालाई बिभिन्न देशमा विस्तार गर्ने क्रममा मेगा बैंक नेपाल लिमिटेडले इजरायलबाट पनि रेमीट्यान्स सेवा सुरु गरेको छ ।