coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

च्यासल 'ए' डिभिजनमा

काठमाडौं- च्यासल युथले शनिबार आरसिटीलाई पराजित गर्दै एक खेलअगावै ‘ए’ डिभिजन पक्का गर्दा सामाजिक युथ भने सहिद स्मारक बी डिभिजन लिगबाट घटुवा भएको छ। सातदोबाटोस्थित एन्फा मैदानमा च्यासलले २–१ को विजय पाएको हो। शनिबार च्यासल र आरसिटी दुवैलाई जित्नैपर्ने दबाब थियो।

हारसँगै आरसिटीको ‘ए’ डिभिजन उक्लिने सम्भावना क्षीण बनेकोछ। आरसिटीलाई माथि जान अबको खेल जित्नैपर्ने हुन्छ भने एनआरटी र सातदोबाटो युथलेसबै खेल हार्नुपर्छ। हल्चोकमा भएको खेल सातदोबाटोलाई २–१ ले सुम्पिएपछि सामाजिकको रेलिगेसन पक्का भएको हो।

लिगमा एक खेल बाँकी रहँदा च्यासल अंकसाथ शीर्ष स्थानमा छ। आरसिटी २१ अंक लिएर पाँचौं स्थानमा छ। सातदोबाटोसँग २२ अंक छ। एक खेलकम खेलेको एनआरटी (२२) दोस्रो स्थानमा छ। रेलिगेसनमा परेको सामाजिकले १२ खेलबाट ८ अंकमात्र जोड्न सकेको छ। सामाजिकभन्दा माथि रहेको मध्यपुर युथसँग १३ अंक छ।

एनआरटी र टुसालबीचको खेल भने स्थगित भएको छ। स्थगित खेल आइतबार हुनेछ। टुसाललाई पराजित गरे एनआरटीले पनि ‘ए’ डिभिजन पक्का गर्नेछ। एनआरटीले अन्तिम खेल सातदोबाटोसँग खेल्नेछ।

एन्फा कम्प्लेक्समा शनिबार बिके गुरुङको गोलमा आरसिटीले १६औं मिनेटमा अग्रता लियो। ३०औं मिनेटमा विनोद केसीको गोलबाट च्यासलले बारबरी गर्‍यो। ६० औं मिनेटमा माधव भण्डारीले गरेको गोल च्यासलको जितमा निर्णायक बन्यो। च्यासलले अन्तिम खेल बाँसबारीविरुद्ध खेल्नेछ भने आरसिटीको खेलरेलिगेसनमा परेको महावीर क्लबसँग हुनेछ।

हल्चोकस्थित एपिएफ रंगशालामा रिपु भुलानले सातदोबाटोलाई  ३७औं मिनेटमा अग्रता दिलाए। लिगमा रिपुको यो सातौं गोल हो। ५७औं मिनेटमा कैलाश बस्नेतले अग्रता दोब्बर पारे। सामाजिकका युमन चोछेले एक मिनेट बाँकी छँदा गरेको गोल सान्त्वना बन्यो।

प्रकाशित: १६ आश्विन २०७३ ०२:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App