coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

नागरिककर्मी भादगाउँले सम्मानित

काठमाडौं– नेपाल पर्यटन बोर्डले नागरिककर्मी अमृत भादगाउँलेलाई सम्मान गरेको छ। विगत २ दशकदेखि पर्यटन बिटमा कलम चलाउँदै आएका भादगाउँलेलाई सोमबार आफ्नो २० औं स्थापना दिवसको अवसरमा पर्यटन बोर्डले विशेष समारोहमा कदर पत्रसहित सम्मान गरेको हो। बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले कदरपत्र प्रदान गरेका थिए। 

पर्यटन प्रवर्द्धनमा पत्रकारिताका माध्यमबाट योगदान पु-याएको भन्दै भादगाउँलेलाई सम्मान गरिएको प्रमुख कार्यकारी अधिकृत जोशीले बताए। भादगाउँले नागरिक दैनिकका स्थापनाकालदेखि कार्यरत छन्। उनी नागरिक शनिवारको सम्पादक पनि हुन्। 

प्रकाशित: २१ पुस २०७५ ०३:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App