८ वैशाख २०८१ शनिबार
समाज

ब्राउन सुगरसहित दम्पती पक्राउ

भद्रपुर- लागुऔषध ब्राउन सुगरसहित प्रहरीले शुक्रबार एक दम्पतीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा विर्तामोड नगरपालिका–५ का ३१ वर्षीय विकास गुरुङ र उनकी २० वर्षीया श्रीमती सेञ्जल लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। 

अर्जुनधारा नगरपालिका–६ स्थित पुष्पपाल चोकमा डेरा गरी बस्ने लिम्बू दम्पतीलाई विशेष सूचनाको आधारमा प्रहरीले २४.७१ ग्राम ब्राउन सुगरसहित कोठाबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता महेन्द्र श्रेष्ठले बताए। प्रहरीले थप अनुसन्धानका लागि उनीहरुलाई इलाका प्रहरी कार्यालय विर्तामोडमा राखिएको जनाएको छ। 

दुर्घटनामा पैदलयात्रीकाे मृत्यु 

पूर्वपश्चिम राजमार्गको कमल गाउँपालिका–४ स्थित एकता चोकमा सवारी दुर्घटनामा परी शुक्रबार एक पैदलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा दमक नगरपालिका–१ बस्ने शिव लामिछाने भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। 

उनलाई मे१ख १९५७ नंको ट्रकले ठक्कर दिएको थियो। ट्रकको ठक्करबाट घाइते भएका लामिछानेलाई उपचारका लागि प्रहरीले आम्दा अस्पताल दमक लगेको थियो। अस्पताल पु-याउने बित्तिकै डाक्टरले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ। 

मृतक लामिछानेलाई ठक्कर दिने ट्रक र चालक पाँचथर भारपा बस्ने ३२ वर्षीय निर्मल राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

प्रकाशित: २१ पुस २०७५ ०२:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App