coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

रेमिटर्स एशाेसिएशनमा पोखरेल

काठमाडौं- नेपाल रेमिटर्स एशाेसिएशनको अध्यक्षमा इन्टरनेशनल मनि ट्रान्सफर (आईएमई) का सिइओ सुमन पोखरेल निर्वाचित भएका छन्। एशाेसिएशनको १३ औं साधारणसभाले पोखरेललाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो। पोखरेल यसअघि एशोसिएशनको महासचिव थिए।

अध्यक्षमा सर्वसम्मत निर्वाचित भएपछि नागरिक न्युजसँग कुरा गर्दै पोखरेलले विदेशबाट भित्रिएको रेमिट्यान्सलाई उत्पादक क्षेत्रमा लगाउनेतर्फ एशोसिएशनले विशेष पहल थाल्ने बताए। नेपाल भित्रिने कुल रेमिट्यान्समध्ये निजी कम्पनी मार्फत ६० प्रतिशत र बाँकी ४० प्रतिशत सरकारी बैंक मार्फत भित्रिरहेको जानकारी दिंदै अध्यक्ष पोखरेलले आगामी दिनमा यो दरलाई अझ बृद्धि गर्ने योजना सुनाए। "मेरो ३ वर्षे कार्यकाल मुख्य रुपमा निजी क्षेत्रको संलग्नतामा धेरै भन्दा धेरै रेमिट्यान्स वैधानिक बाटोबाट भित्र्याउन र नेपाल भित्रिएको रेमिट्यान्सलाई उत्पादक क्षेत्रमा प्रयोग गर्न प्रोत्साहित गर्न केन्द्रित हुनेछ" उनले भने। 

एशोसिएशनको ३ वर्षे कार्यकालका लागि पोखरेलको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति चयन भएको छ। उपाध्यक्षमा  सिटी एक्सप्रेस मनी ट्रान्सफरका चन्द्र टण्डन, महासचिवमा नेपाल रेमिटका रितेश मित्तल,कोषाध्यक्षमा सुर्य रेमिटका संजय सिग्देल र सचिवमा आइपे रेमिटका इन्द्र शर्मा निर्वाचित भएका छन्। सदस्यमा युमाश्रेष्ठ (हिमालयन बैंक), प्रविनअधिकारी (युनाइटेड रेमिट) र दीपेन्द्र खनाल (इजी लिंक) रहेका छन्।

प्रकाशित: २० पुस २०७५ १४:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App