६ वैशाख २०८१ बिहीबार
समाज

भीरबाट लडेर युवकको मृत्यु

डोल्पा - त्रिपुरासुन्दरी नगरपालिका–७ का एक युवकको शुक्रवार भीरबाट लडेर मृत्यु भएको छ। त्रिपुरासुन्दरी नगरपालिका–७ पहाडा घर भएका ३२ वर्षीय बिष्णुबहादुर बुढाको लडेर मृत्यु भएको प्रहरीले जनाएको छ। त्रिपुरासुन्दरी नगरपालिका वार्ड नं १ करेलीकाँडामा रहेकी बहिनीलाई भेटेर घरतर्फ फर्कदै गर्दा वार्ड नं १ मा पर्ने पाङ्गधारा भन्ने स्थानमा भीरबाट लडेर उनकाे मृत्यु भएको त्रिपुराकोट प्रहरी चौकीका इन्चार्ज टेकबहादुर देउवाले जानकारी दिए।

 

प्रकाशित: २० पुस २०७५ १३:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App