८ वैशाख २०८१ शनिबार
अन्य

पुस महिनाकाे राशीफल

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)  

इष्टमित्रबाट सहयोग मिल्नुका साथै नयाँ काम प्राप्त हुनेछ । उन्नति–प्रगतिले परिवारमा सुख समृद्धि ल्याउनेछ । दाम्पत्य सम्बन्ध सुमधुर हुने मास छ । पारिवारिक भ्रमण गरेमा मन प्रसन्न रहनेछ । भूमिवाहन क्रयसम्बन्धी कार्यमा रुचि नलिनु नै बेस हुन्छ । उदर रोग देखा पर्न सक्नेछ । शुभाशुभ मिश्रित मास रहेको छ । कर्मचारी वर्गमा लाभ हुने र व्यापारिक वर्गमा समय केही प्रतिकूल छ । ठूलो निर्णय लिनका लागि मास त्यति राम्रो छैन । सुरुमा धोका दिने योग रहे पनि पछि प्रेम सम्बन्धमा सुधार आउने देखिन्छ । रोजगारका लागि यात्रा गर्ने अवसर मिल्नेछ । ।

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

सामाजिक कार्यमा रुचि बढ्नेछ । मासको अन्त्यमा नयाँ अर्थ प्राप्ति हुने समय देखिन्छ । यात्रा गर्दा विचार पु-याउनु होला । जग्गा, जमिन र धातु क्रयको योग देखिन्छ । सम्मानित कार्यमा सहभागी हुनु पर्नेछ । आफ्नो महत्वपूर्ण सामानको सुरक्षा गर्नुहोला । मासको पूर्वमा राम्रै फल प्राप्त भए पनि मासको अन्त्यमा केही दुःख कष्ट झेल्नुपर्नेछ । सन्तान लाभको योग रहेको छ । परिवारबाट सहयोग मिल्नेछ । ईज्जत मान प्रतिष्ठामा वृद्धि हुनेछ । स्वदेश विदेशस्थित स्वजनको अर्थ लाभ हुने समय रहेको छ । खेलकुदसम्बन्धी क्षेत्रमा सुधार हुने देखिन्छ ।  

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

उद्योगसम्बन्धी क्षेत्रमा लगानी गर्नु राम्रो देखिन्छ । उन्नति–प्रगतिका लागि भूमि र कृषिसम्बन्धी व्यवसाय राम्रो देखिन्छ । होटल व्यवसाय सुरु गर्ने योग छ । सन्ततिहरुको व्यवहारमा फरक आउनेछ । कार्य आरम्भ गर्दा सामान्य मनस्थितिले आरम्भ नगरी उच्च मनोबलका साथ कार्य गर्न सकेमा ठूलै कार्यसिद्धि हुने योग परेको छ । मध्यमासमा शिर रोग र सामान्य चर्र्म रोग हुन सक्ने देखिन्छ । यो मास सवारी साधनमा यात्रा गर्दा विचार पु¥याएर यात्रा गर्नु पर्नेछ । आत्मबल, हिम्मत, जोस र जाँगर बढ्नेछ । व्यापारिक कोसिस फलदायी छ ।

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

काम गर्दा विचार पु-याएर गर्नुहोला । साथीभाइ इष्टमित्रहरुका कार्यबाट अर्थ लाभ हुनेछ । मासको मध्य भागमा विदेश भ्रमणको योग रहेको छ । वाणी प्रभाव बढ्नेछ । खेलकुदको क्षेत्रमा मन जाने देखिन्छ । उन्नति–प्रगति गर्ने र जग्गा–जमिन जोड्ने योग छ । व्यापार व्यवसायमा लाभ, कार्य यात्रामा सामान्य बाधा, न्यायिक कार्यमा सफलता मिल्ने देखिन्छ । धार्मिक एवं व्रतसम्बन्धी कार्यमा रुचि बढ्नेछ । सामान्य नेत्र रोग हुन सक्नेछ ।  मान–सम्मान प्राप्त हुने योग देखिन्छ । दाम्पत्य एवं पारिवारिक सुखमा वृद्धि हुनेछ । सामाजिक कार्यमा भाग लिन बेस हुने समय छ ।

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

वरपरका साथीसंगीहरुबाट केही सहयोग मिल्नेछ । माया, प्रेमआकर्षण योग रहेकाले, प्रेममा सफलता मिल्नेछ । विद्यार्थीहरुका लागि वैदेशिक यात्राको समय रहेको छ । साथी भाइ इष्टमित्रहरुका माध्यमबाट सरकारी जागिरको योग छ । नसासम्बन्धी रोगले केही समय सताउन सक्ने देखिन्छ । सामान्यतया मासफल राम्रो छ । स्त्री साथीहरुसँग तटस्थ सम्बन्ध राख्नु उचित देखिन्छ । उन्नति–प्रगतिको योग आएको छ ।  पितृपक्षबाट केही अर्थ लाभ प्राप्त गरी नवीन कार्यको शुभारम्भ गर्ने देखिन्छ । जग्गा–जमिन र सुन क्रयको योग देखिन्छ ।

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

एकाग्र भएर कार्य गर्नाले कार्य सिद्धि हुने समय रहेको छ । पार्टनरसिपमा कार्य नगर्नु होला । खेलकुदको क्षेत्रमा मन जाने देखिन्छ । सन्ततिको स्वभावमा फरक आउनेछ । वैदेशिक कार्यमा सफलताको योग परेको छ । पानी, बत्तीसम्बन्धी व्यवसाय फस्टाएर जानेछ । छोटो यात्रामा केही ढिलासुस्ती हुनेछ । सीपमूलक व्यवसायबाट लाभ हुनेछ । सकभर यो मासमा सवारी साधन कमै प्रयोग गर्नुहोला । नयाँ प्रेमसम्बन्धी व्यवहारले परिवारमा सामान्य मनमुटाव हुने देखिन्छ । सामान्यतया आर्थिक व्ययभारमा वृद्धि हुने देखिन्छ । व्यापारिक कोसिस फलदायी हुनेछ ।

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

राजनीति र सामाजिक क्षेत्रमा आंशिक सफलता मिल्नेछ । मित्रबाट कार्य गरेमा काम सफल हुनेछ । मासको अन्त्यमा मुश्किलले स्वकार्यमा सफलता मिल्नेछ । खेल क्षेत्रमा उन्नति–प्रगति सम्मान प्राप्त हुनेछ । नीति र कला क्षेत्रमा सफलता मिल्नेछ । व्यापारिक क्षेत्रमा केही विवाद झेल्नु पर्नेछ, यद्यपि उत्तराद्धतिर सामान्य फल मिल्नेछ । प्रेम सम्बन्धमा हल्का नराम्रो देखिनेछ । कार्यमा दौडधूप बढ्नेछ । सवारी साधन प्राप्तिको योगसमेत देखिन्छ । शैक्षिक क्षेत्रमा उन्नति–प्रगति, मान–सम्मान प्राप्त हुनेछ ।

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

सन्ततिको स्वभावमा गुणात्मक फरक आउनेछ । वैदेशिक कार्यमा सफलताको योग परेको छ । एकाग्र भएर कार्य गर्नाले कार्य सिद्धिको समय रहेको छ । पार्टनरसिपमा कार्य गर्नुहोला । आफ्नै अस्तित्व प्रभुत्वमा सम्पूर्ण कार्य सिद्ध हुनेछन् । परिवारमा माया र सद्भावको कुनै कमी हुने छैन । जग्गा–जमिन र सुन क्रयको योग देखिन्छ । वरपरका साथीसंगीहरुबाट केही सहयोग मिल्नेछ । आकर्षण योग रहेकाले प्रेममा सफलता मिल्नेछ । मान्यजनबाट सहयोग मिल्नेछ । स्वास्थ्यमा केहीकष्ट देखा पर्ने देखिन्छ । खेलकुदको क्षेत्रमा मन जाने छ ।

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

इज्जत मान प्रतिष्ठामा वृद्धि हुनेछ । उच्च सम्मानित कार्यमा सहभागी हुनु पर्नेछ । विद्यार्थीहरुका लागि वैदेशिक यात्राको समय रहेको छ । साथीभाइबाट मासको मध्य भागमा विदेशबाट सम्मानको योग रहेको छ । छोराछोरीको पढाइबाट सन्तोष प्राप्त हुनेछ । काम गर्दा विचार पु¥याएर गर्नुहोला । बढी नै दौडधूप गर्दा कार्य सफलतामा सामान्य कठिनाइ आए पनि मासको अन्त्यमा अर्थोपार्जन हुनेछ । खानपानमा विशेष ध्यान दिनुहोला । शिर, पेट, आँखा र दाँतसम्बन्धी सामान्य अल्पकालीन रोग देखा पर्न सक्नेछन् । नवीन कार्यको शुभारम्भ गर्ने देखिन्छ ।   

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

सामाजिक कार्यमा सफलता मिल्नेछ । शैक्षिकसम्बन्धी कार्यमा फल सामान्य छ । खेलकुदको क्षेत्रमा मन जाने देखिन्छ । विद्यार्थीहरुका लागि समय राम्रो छ । उद्योगसम्बन्धी क्षेत्रमा लगानी गर्नु राम्रो देखिन्छ । उन्नति–प्रगतिका लागि भूमि र कृषिसम्बन्धी व्यवसाय राम्रो देखिन्छ । वैदेशिक होटल व्यवसाय खोल्ने योग देखिन्छ । धार्मिक कार्यमा रुचि हुनेछ । दाम्पत्य सुख हुने र आँखा, दाँतसम्बन्धी रोगको योग छ । मित्र र अन्यको सहयोग नलिइकन आफैंले गरेको कार्यमा सिद्धि मिल्नेछ । भ्रातृ एवं पारिवारिक सुखमा वृद्धि हुनेछ । वाणी प्रभाव बढ्नेछ ।  

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

परिवारमा मांगलिक कार्यले हर्षोल्लास हुनेछ । आफ्नै अस्तित्व प्रभुत्वमा सम्पूर्ण कार्य सिद्ध हुनेछन् । व्यापारमा सामान्य धन प्राप्तिको योग छ । वैदेशिक क्षेत्रमा फल राम्रो छ । जागिरमा विचारअनुरुपको सुविधा मिल्ने छैन । पहिलेको स्थानभन्दा नवीन स्थान शुभ हुने देखिन्छ । स्वास्थ्यमा सामान्य बाधा देखिन्छ । सन्ततिहरुको पढाइ एवं खेलकुदसम्बन्धी क्षेत्रमा सुधार हुने देखिन्छ । सामाजिक कार्यमा रुचि बढ्नेछ । मासको अन्त्यमा नयाँ आर्थिक प्राप्ति हुने समय देखिन्छ । लामो यात्रा गर्दा विचार पु-याउनु होला । सन्ततिहरुको व्यवहारमा फरक आउनेछ ।

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

सकभर यो मासमा सवारी यात्रा कमै गर्नुहोला । नयाँ प्रेमसम्बन्धी व्यवहारले परिवारमा सामान्य मनमुटाव हुने देखिन्छ । घरमा महत्वपूर्ण आफ्नो सामानको रक्षा गर्नुहोला । शैक्षिक सामग्रीसम्बन्धी व्यापारमा सामान्य फल छ । विद्यार्थीहरुको पढाइमा शुभ फल मिल्नेछ । वैदेशिक रोजगारका लागि फल शुभ छ । इष्टमित्रबाट सहयोग मिल्नेछ तथा नयाँ काम प्राप्त हुनेछ । उन्नति–प्रगतिले परिवारमा सुख समृद्धि ल्याउनेछ । दाम्पत्य जीवनमा सफलताको योग देखिन्छ । सामाजिक कार्यमा सफलता मिल्नेछ । समग्रमा भाग्य राम्रो छ । सम्मानित कार्यमा सहभागी हुनु पर्नेछ ।  

पुस महिनाको महत्वपूर्ण दिनहरु

पुस ७ गते धान्य पूर्णिमा, उभौली पर्व 

पुस १० गते क्रिशमस

पुस १५ गते तमु ल्होसार

पुस २२ गते तोल ल्होसार

पुस २७ गते राष्ट्रिय एकता दिवस

डा.राजकुमार सुवेदी

कम्प्युटर ज्योतिष सेवा / मो.९८४१८८३४४

प्रकाशित: २० पुस २०७५ ११:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App