coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

खराब आचरणका प्रहरीलाई संगठनबाट हटाउँछाैं : आइजिपी खनाल

राैतहट - प्रहरी महानिरीक्षक (आइजिपी) सर्वेन्द्र खनालले खराब आचरणका प्रहरी कर्मचारीलाई संगठनबाट हटाउने कार्य भइरहेको बताएका छन्। रौतहट सदरमुकाम गौरमा जडान गरिएकाे सिसिटिभी क्यामेराको उद्घाटन कार्यक्रमलाई शुक्रवार सम्बोधन गर्दै आइजिपी खनालले राष्ट्रको सुरक्षा गर्ने प्रहरीले नागरिकको मन जित्न निष्ठावान भएर इमान्दारीतापूर्वक काम गर्नुपर्ने बताए।

केही प्रहरी कर्मचारीले गरेको गल्तिको कारण सिङ्गो संगठननै बदनाम भइरहेकाेले त्यस्ता खराब आचरणका प्रहरी कर्मचारीलाई संगठनबाट हटाउने कार्य भइरहेकाे उनले बताए। ‘प्रहरी भनेको राम्रो हुनुपर्छ, नराम्रो गर्नेहरु प्रहरीमै रहन्नन्', महानिरीक्षक खनालले भने, ‘यो अति नै संवेदनशील विषय भएकोले नराम्रो आचरण भएको प्रहरीलाई संगठनमा अब अटाउन सकिदैन।'

काम गराइ तथा अनुसन्धानकाे शिलशिलामा प्रहरीबाट त्रुटी र केही कमजोरी हुनसक्ने बताउँदै उनले भने ‘कहिलेकाँही विवेक नपुर्‍याउँदा, साधनश्रोत अभावमा त्रुटी हुन सक्छ, प्रहरी कुनै बाहिरबाट आएको होइन, यही समाजबाट आएको हो, जसरी समाज अगाडी बढिरहेको छ , त्यसरी नै प्रहरी पनि अगाडी बढ्न जरुरी छ।'

इन्फरमेशन टेक्नोलोजी प्रविधिलाई अपराधीहरुले अहिले सहजै रुपमा प्रयोग गरेर टाढै बाट विभिन्न किसिमको अपराधहरु घटाउने गरेको कारण नेपाल प्रहरीलाई अनुसन्धानमा निकै चुनौती थपिएकाे उनले बताए। अपराध न्यूनीकरण तथा नियन्त्रणका लागि सोही अनुरुप प्रहरी संगठनकाे क्षमता अभिवृद्धि गराएर अगाडी लैजानु पर्नेमा उनले जोड दिए।

गौरमा उच्च प्रविधिको दश क्यामेरा जडान
सुरक्षाको दृष्टिकोणले अति नै संवेदनशील मानिएकाे रौतहटको सदरमुकाम गौरलाई निगरानीमा राख्न विभिन्न दश स्थानमा उच्च प्रविधिको सिसिटिभी क्यामेरा जडान गरिएको छ। चोरी, तस्करी, जबरजस्ती करणी लगायतका समाजमा भइरहेका विभिन्न खालको अपराध नियन्त्रणका लागि गौरमा पहिलो पल्ट विभिन्न दश स्थानमा उच्च प्रविधिको सिसिटिभी क्यामेरा जडान गरिएकाे हाे। गौरको विपी चोक देखी गौर भन्सार कार्यालय सम्म तथा  सुरक्षाका दृष्टिकाेणले संवेदनशील विभिन्न स्थानमा ती क्यामेराहरु जडान गरिएको रौतहटका प्रहरी प्रमुख एसपी केदार ढकालले बताए।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App