साहित्य

मिटूः एक बहस

शुक्रबार, २० पुष २०७५, १६ : ३७ बिना थिङ तामाङ

एक साँझ रानी (परिवर्तित) भान्छाको काम निप्ट्याउने तरखरमा थिइन् । अचानक उनी झस्किइन् । कारण, कसैले उनको हात च्याप्प समातेको थियो । उनले तुरुन्तै हात झड्कालिन् र हात समाउनेको अनुहार हेरिन् । यौन आग्रह भरिएको त्यो अनुहार आफ्नै ससुराको थियो । रानीले यसबारे सासूलाई बताइन् तर श्रीमान्ले त्यागेका रानीको कुरालाई नपत्याएर (पत्याउँदा आफ्नै लोग्नेको इज्जत जाने) उनको सासूले उल्टै उनलाई झपारिन्, धम्काइन् । अन्त्यमा सासू–ससुराले उनलाई विविध बहानामा घर प्रवेशमै रोक लगाए । अहिले उनी भाडाको कोठामा आफ्नो एक्लो दैनिकी गुजारिरहेकी छन् । 

ह्यास्ट्याग मिटू शब्दावलीको प्रयोग अमेरिकी सामाजिक अभियन्ता तराना बर्कले पहिलोपटक सन् २००६ मा गरेकी थिइन् । उनले भनेकी छिन्– मिटू इज अ मुभमेन्ट । नट अ मोमेन्ट । लामो समय कोमामा रहेको यो अभियान गत अक्टोबर २०१७ मा अमेरिकी अभिनेत्री अलिसा मिलानोले ट्वीटरमा मिटूको प्रयोग गरेपछि एकाएक भाइरल भएको हो ।

हिंसाको विविध रुप हुन्छ । बलात्कार हुनु मात्र हिंसा होइन । यसबाहेक आफ्नो इच्छाविरुद्ध कसैले आफ्नो शरीरलाई छुन्छ भने त्यो पनि यौन हिंसा हो । यही आफूविरुद्धको यौन हिंसाबारे आवाज उठाउँदा परिवारको सदस्यले नपत्याउने, उल्टै अपमानित गर्ने र घुमाउरो पाराबाट पीडकले दुःख दिने कार्य गर्दा रानी थप पीडित हुन पुगेकी छन् । यो त एउटा प्रतिनिधि पात्र र घटना मात्र हो । यसरी आफ्नै घरभित्र वा बाहिर कार्यरत स्थानमा यौन हिंसा खेप्न बाध्य थुप्रै महिला छन् जो पारिवारिक, सामाजिक प्रतिष्ठा, लज्जा एवं आफ्नो करियर निर्माणमा दख्खल पुग्न सक्ने कारण चुप रहन बाध्य छन् । यौनप्रतिको सामाजिक संकीर्णताले पीडकलाई थप मनोबल पु-याइरहेको अवस्था छ । जसले यसविरुद्ध आवाज उठाउँछ, उसको कुरा दबाइन्छ । उनीहरु आर्थिक, सामाजिक रुपमा सीमान्तकृत पारिने डरले आजीवन यौन हिंसा खपेर बस्न बाध्य छन् । 

केही दिनअगाडि स्कुले दिनका साथीहरु भेटियो । भेटमा विद्यालयका दिनहरुमा आफूमाथि भएको हिंसा बारेको कुरा उप्कियो । कुराकानीको क्रममा हामीलाई थाहा भयो, हामीमध्ये धेरैलाई एउटै पात्रले यौन हिंसा (संवेदनशील अंगहरुमा छुने, अश्लील शब्द प्रयोग गर्ने) गर्दोरहेछ तर विद्यालयका ती दिनहरुमा हामी चुप रह्यौँ । त्यतिखेर हामीलाई डर थियो, यो ममाथि मात्र भइरहेको छ र अरुले थाहा पाए उल्टै इज्जत जान्छ । अर्को कुरा, यस्तो कुरा कसलाई भन्ने ? विश्वसनीय व्यक्ति नै थिएन वा खोज्न सकेनौँ, जसले हाम्रो समस्या सम्बोधन गरिदेओस् । बरु त्यो हिंसाबाट बच्न हामीले त्यो कुपात्र भेटिने बाटो हिँड्न छाडिदियौं । तर त्यसविरुद्ध आवाज उठाउन सकेनौँ । यसरी किशोरावस्थामा अधिकांश किशोरीहरु कोही न कोहीबाट यो वा त्यो बहानामा यौन हिंसामा परिरहेका हुन्छन् । उनीहरुको अपरिपक्व उमेर, चेतनाको स्तर, डर, इज्जत, सामाजिक प्रतिष्ठाका कारण खुल्न सक्दैनन् ।  उनीहरु कसैलाई विश्वास नै गर्न सक्दैनन् । तसर्थ आफूमाथि भएको यौन दुव्र्यवहारबारे कसैलाई बताउन सक्दैनन् तर एउटा निश्चित उमेर पार गरिसकेपछि, चेतनाको स्तर बलियो भएपछि, हृदयबाट डर हट्दै गएपछि हिंसाको स्वरुप बुझिसकेपछि उनीहरु बोल्न चाहन्छन् । यद्यपि यो निकै ढिलो भइसकेको हुन्छ तर आफूमाथि भएको यौन हिंसा अब आफ्ना छोरीहरुमाथि नदोहोरियोस् भन्नाका हेतु पनि बोल्न आवश्यक ठान्छन् र बोल्छन् । यसका लागि अहिले आँधी जसरी आएको ह्यास्ट्याग मिटू अभियानले उनीहरुको मनोबल बढाएको छ । एकले बोल्नु र समूहमा बोल्नुले धेरै फरक पार्छ । मिटूले म मात्र होइन अरु धेरै यौन हिंसाको शिकार हुँदा रहेछन् भनेर बुझ्न सहयोग पु-याउँछ । सामूहिकतामा बोल्दा त्यो आवाज बलियो हुने भएकोले पनि मिटूमाथि महिलाको विश्वास बढ्दै गएको छ । 

वास्तवमा मिटू कुनै व्यक्तिगत आरोप–प्रत्यारोप होइन । न यो कुनै पुरुषविरुद्ध महिलाको लडाइँ हो । यो त एउटा अभियान हो । यो गलत र सही बीचको लडाइँ हो । यौन हिंसाविरुद्धको यस अभियानले अहिले विश्वभरका पुरुषहरु संशयमा छन् । एकखाले तरङ्ग ल्याएको छ । बहस छेडिएको छ । मिटूले कुनै समय हिंसामा परेका महिलाको मनोबल बढाएको छ । उनीहरुलाई आफूमाथि भएको हिंसाबारे बोल्न हिम्मत दिएको छ । यसरी मिटू अभियानले उच्च तहमा पदासीन महोदयहरुदेखि साधारण व्यक्तिहरुको समेत निद्रा हराम गरेको छ । विभिन्न सरकारी, गैरसरकारी कार्यालयहरुमा, राजनीतिक क्षेत्रमा, शिक्षा क्षेत्रमा, कलाकारिता, रंगमञ्च लगायतका ठाउँमा अधिकांश महिला यौन हिंसामा परेको कुरा खुल्दै आइरहेको छ । यद्यपि यस अभियानले कुनै महिलाले रिस साँध्न चाहेमा सजिलै कुनै पुरुषको नाम लिइदिने सम्भावना पनि रहेकाले यो अभियान ठीक नभएको दाबी पुरुष वर्गबाट गरिँदै आएको छ । मन मिलुञ्जेल प्रेम, मन नमिलेपछि हिंसा भनेर उडारहेका छन् । उनीहरु भनिरहेका छन्– यौन हिंसामा परेको हो भने जतिखेर हिंसा भयो त्यतिखेर किन नबोलेको ? तर यहाँनेर एकपटक हृदयमा हात राखेर सोच्नुपर्छ, जुन महिलाले यो हिंसाविरुद्ध उभिएर मिटू भनिरहेका छन्, तिनीहरुले कुन हदसम्म आपूmलाई जोखिममा राखेर बोलिरहेका छन् । घर, परिवार, समाजमा आफू हिंसामा परेको व्यहोरा बताइरहँदा उनीहरुलाई हेरिने दृष्टिकोण कस्तो हुनेछ ? भोलि त्यो घर परिवारले आफूलाई परित्यक्त नगर्ला भन्ने छैन । यति धेरै जोखिम उठाएर पनि उनीहरु मिटू भनिरहेका छन् भने त्यसलाई यति हलुकासँग लिन मिल्छ ? उमेरको आधाभन्दा बढी समय गुजारिसकेका महिलालाई अब कुन अवसर लिनु छ ? के फाइदा छ ? ब्ल्याकमेल हो भने आफूलाई सामाजिक रुपमा बहिस्कार गर्लान् भन्ने अर्को डर छैन  र ? अर्को कुरा, जुन समयमा महिलाहरु हिंसामा परे त्यतिखेर आफ्ना कुरा राख्नलाई, बताउनलाई न ट्वीटर थियो न अन्य सामाजिक सञ्जाल थियो । तर लामो समयपछि उनीहरु बोल्न थालेका छन् । र, यसरी बोल्न अभिप्रेरित गर्नमा यो ह्यास्ट्याग मि टु अभियानले अत्यधिक सहयोग गरेको छ । ह्यास्ट्याग मिटू शब्दावलीको प्रयोग अमेरिकी सामाजिक अभियन्ता तराना बर्कले पहिलोपटक सन् २००६ मा गरेकी थिइन् । उनले भनेकी छिन्– मिटू इज अ मुभमेन्ट । नट अ मोमेन्ट । लामो समय कोमामा रहेको यो अभियान गत अक्टोबर २०१७ मा अमेरिकी अभिनेत्री अलिसा मिलानोले ट्वीटरमा मिटूको प्रयोग गरेपछि एकाएक भाइरल भएको हो । यसले हिंसामा परेका महिलालाई बोल्न साहस प्रदान ग-यो । भो अब पुग्यो, यो अति भयो भन्ने आशयमा मिटू अभियान संचालनमा आएको हो । यो अभियानले म पनि यौन हिंसामा परेको छु भनेर महिलाहरु बोल्न थाले । यो बिस्तारै हलिउडबाट भारतीय सञ्चारमाध्यममा पनि प्रवेश ग-यो । भारतमा अभिनेत्री तनुश्री दत्ताले आफूमाथि सन् २०११ मा नाना पाटेकरबाट यौन हिंसा भएको भन्दै ट्वीट गरेपछि भारतीय बजार पनि तातेको हो । त्यसपश्चात् अरु अरु सेलिब्रेटीहरु पनि यसमा मुछिएका छन् । र, यसको प्रभाव बिस्तारै नेपालमा पनि परेको छ । अमेरिकादेखि भारतीय फिल्म उद्योगका महारथीहरु समेत यसबाट अछूत रहन सकेको छैन । त्यसरी नै नेपालमा पनि अहिले आफू कुनै बेला यौन हिंसामा परेको कुरा सञ्चारकर्मी, कलाकार, सामाजिक अभियन्ताहरुले बताउन थालेका छन् । यसबाट नेपाली समाजमा पनि सरगर्मी बढेको छ । यसले ठूलाठूला पदमा आसीनहरु हतास हुन थालेका छन् । आत्तिएका छन् ।  त्यसैले उनीहरु मिटू गलत हो भन्न थालेका छन् । 

वास्तवमा मिटू कुनै व्यक्तिगत आरोप प्रत्यारोप हाेइन। न याे कुनै पुरूषविरूद्ध महिलाकाे लडाइँ हाे। याे त एउटा अभियान हाे। याे गलत र सहि बीचकाे लडाइँ हाे। याैन हिंसाविरूद्धकाे यस अभियानले अहिले विश्वभरका पुरूषहरू संशयमा छन्।

वास्तवमा अहिले ह्यास्ट्याग मिटू अभियानबाट जो हच्किएका छन् र यो गलत हो भनिरहेका छन्, तिनीहरु डराइरहेका छन् । तिनीहरुले कुनै समयमा कुनै न कुनै महिलालाई यौन दुव्र्यहार गरेका हुन सक्छन् । यो ह्यासट्याग मिटू अभियान यसरी नै अगाडि बढ्दै जाने हो भने कुनै दिन आफ्नो त्यो कालो विगत पनि पल्टिने सम्भावना तिनीहरुले देखिसके । त्यसैले त्यस्ता जमात अहिले यो मिटू अभियान गलत हो भन्दै हिँड्न थालेका छन् । र, यो अभियानलाई निस्तेज पार्न अहिले सामाजिक सञ्जाल लगायतका ठाउँमा ठूलो स्वरले चिच्याउन थालेका छन् । 

हामीले बुझ्नुपर्छ, शक्ति ध्वंस गर्न र खोस्नका लागि मात्र प्रयोग गरिनुहुन्न । बरु यो बाँच्न र बनाउनका लागि प्रयोग हुनुपर्छ तर महिलाको हकमा शक्ति र सत्तामा आसीन पुरुषहरु सधैं खतरा बनिरहेका छन् । यहाँनेर शक्ति र सत्ता भन्नाले दुई पक्षमध्ये जो सामाजिक हैसियत, जात, वर्ग, राजनीतिले माथिल्लो स्थानमा छ, त्यसलाई इंगित गर्न खोजिएको हो । जस्तो कि शिक्षक र विद्यार्थीमा शिक्षक सत्ता पक्ष अर्थात् शक्ति सम्पन्न हुन्छ । उसले विद्यार्थीमाथि हावी हुन सक्ने सम्भावना प्रबल रहन्छ । त्यस्तै कुनै कार्यालयमा कार्यरत हाकिममा र कर्मचारीमा कर्मचारी सधैं आफ्नो जागिर खोसिने भयमा हुन्छन् । त्यतिखेर हाकिम हावी हुन्छन् । त्यस्तै अभिभावक र बालबालिकामा अभिभावक शक्तिशाली हुन्छ । यस्तोमा उनीहरु बालबालिकामाथि जसरी चाहन्छन् त्यसरी प्रस्तुत हुन सक्छन् । यहाँनेर शक्तिशाली सत्ता पक्षबाट कमजोर र शासित पक्ष यौन हिंसामा पर्ने खतरा अत्यधिक रहन्छ । त्यस्तै दलित समुदाय, सीमान्तकृत समुदाय, आर्थिक अवस्था कमजोर रहेको वर्गका महिला अर्को शक्तिशाली पक्षबाट सदैव यौन हिंसामा परिरहेका हुन्छन् । यिनीहरु बोल्न डराउँछन् । उनीहरुको सिकाइ र हुर्काइमा पुरुषवादी चिन्तन हावी हुन्छ । जस्तो अवस्थामा पनि चुप रहन पर्छ भन्ने मान्यताको किला मुटुमा गाडिदिन्छन् । जसले गर्दा समयमै उनीहरु हिंसाविरुद्ध उभिन सक्दैनन् । अथवा भनौँ बल पुग्दैन तर अहिले यो ह्यासट्याग मिटू आन्दोलन जुन गतिमा अगाडि बढिरहेको छ । त्यसले यौन हिंसा रोक्न महत्वपूर्ण भूमिका खेल्न सक्छ । मिटूले कुनै पनि समय आपूmले गरेको यौन हिंसाविरुद्ध पीडितले आवाज निकाल्नेछन् भनेर पुरुषहरु केही हदसम्म हच्किएका छन् । नराम्ररी झस्किएका छन् । मिटू आन्दोलनले पुरुषहरुलाई महिलामाथि यौन हिंसा गर्नुअघि एकपटक सोच्न बाध्य बनाएको छ । 

हरेक आन्दोलन आफ्ना सीमाहरुसहित उभिएको हुन्छ । जस्तो कि ह्यास ट्याग मि टु आन्दोलनको पनि सीमा छ । कहीँ कतै नियतवश अहंमा उभिएर निर्दोष व्यक्तिमाथि आक्षेप लाग्न सक्ने यसको सीमा हो । यद्यपि यो एकदम न्यून हुन्छ । तर यही सीमालाई नै उछालेर यो आन्दोलनलाई नै समग्रमा गलत हो भनिरहनु उचित हुँदैन । सीमालाई अड्को थापेर यो आन्दोलनलाई निस्तेज पार्नतिर लाग्ने हो भने फेरि पनि धेरै महिलालाई यौन हिंसाबाट बाहिर आउन लामो समय लाग्नेछ । हामीले यो नसोचाँै कि यौन हिंसा मैले गरेको छैन अथवा मेरो परिवारको सदस्यहरु यौन हिंसामा परेको छैन । प्रत्येक चारमा एक महिला यौन हिंसामा कुनै न कुनै समय परेकै हुन्छ । भलै यो उनीहरुले बताउँदैनन् । आफ्नो भविष्य, ईज्जत दाउमा पर्ने भएकोले चुपचाप हिंसा सहेका हुन्छन् । तसर्थ आज वा भोलि म वा मेरा परिवारको कुनै सदस्य यौन हिंसामा पर्न सक्छ भन्ने मनन गरेर यो अभियानलाई साथ दिनु आवश्यक देखिन्छ । 








यसमा तपाईको मत

अन्य समाचार

सुपथ मूल्य पसलमा प्रतिकिलो ५ देखि १०रुपैयाँ छूट (भिडियो)

सुपथ मूल्य पसलमा प्रतिकिलो ५ देखि १०रुपैयाँ छूट (भिडियो)

खाद्य व्यवस्था तथा व्यापार कम्पनि लिमिटेडले उपत्यकाका राम शाहपथ, थापाथली, नख्खु, जावलाखेल, भक्तपुरलगायतका स्थानमा पाँच स्थानमा पसल सञ्चालन गरेको छ...

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

लामो समयदेखि कपडा व्यवसायमा संलग्न रुपेश पाण्डेले पछिल्लो समय ब्रान्डेड कपडा ल्याएर बिक्री गर्दै आएका छन् । ...

भन्सार छलीको चिनी नियन्त्रणमा

भन्सार छलीको चिनी नियन्त्रणमा

भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल ल्याएको करिब डेढ लाखको चिनी प्रहरीले बरामद गरेको छ । ...

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

राष्ट्रिय बिमा कम्पनीले थप नयाँ दुई बिमालेख बजारमा ल्याउने भएको छ । ...

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकले लगानीकर्तालाई १७.८९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । ...

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा चन्द्रशेखर खड्का नियुक्त भएका छन् । ...

ओपो रेनोटू एफ आश्विन २९ गते नेपालमा सार्वजनिक गरिने

ओपो रेनोटू एफ आश्विन २९ गते नेपालमा सार्वजनिक गरिने

ओपोले आफ्नो रेनो सिरिज अन्तर्गतको रेनोटू एफ नेपाली बजारमा सार्वजनिक गर्ने मिति घोषणा गरेको छ। ...

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्ट सरफेस डुवो र माइक्रोसफ्ट सरफेस नियो सार्वजनिक गरेर प्रविधिको जगतलाई आश्चर्य चकित पारेको छ ...

Ncell Footer Ad