बम्जनकाे आश्रममा सिआइबीकाे छापा

शुक्रबार, २० पुष २०७५, १४ : ५२ नागरिक

सिन्धुपाल्चाेक - आफुलाई लिटल बुद्ध बताउने रामबहादुर बम्जन को सिन्धुपाल्चोक स्थित बाडेगाउँमा रहेको आश्रममा प्रहरीले छापा मारेको छ। काठमाडौंबाट खटिएको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) र सिन्धुपाल्चोक प्रहरी टोलीले शुक्रबार आश्रममा छापा मारेको हो।

बम्जनका विभिन्न स्थानमा रहेका आश्रमबाट ४ जना वेपत्ता भएका र एक जनाको हत्या समेत भएको खवर सार्वजनिक भएपछि सिआएबीले अनुसन्धान थालेको र सोहि क्रममा सिन्धुपाल्चोकमा रहेको आश्रममा प्रहरीले छापा मारेको हो।

सिन्धुपाल्चोकका प्रहरी प्रमुख मुकुन्द मरासिनीले बाडेगाउँमा रहेको आश्रममा छापा मारेको पुष्टि गर्दै केहि विषयहरुमा अनुसन्धान गनुपर्ने भएकाले सिआइबीको टोली सिन्धुपाल्चोक आएको बताए। प्रमुख मरासिनीले भने टोली कुन विषयका लागि अनुसन्धानकाे क्रममा आएको हो त्यो भने खुलाएनन्। आश्रम अहिले प्रहरी नियन्त्रण रहेको छ। अनुसन्धान पुरा नभएसम्म प्रहरीले आश्रमलाई आफ्नो नियन्त्रणमा राख्ने मरासिनीले बताए।

आश्रममा बम्जनका केहि अनुयायी मात्रै रहेका छन्। पछिल्लो समय बम्जन भने सिन्धुली स्थित आश्रममा बस्दै आएको बताइन्छ। बाडेगाउँको आश्रममा बम्जन झण्डै १० महिना बसेका थिए। आफन्त हराएका पीडित परिवारले सिन्धुली र मकवानपुर जिल्लामा उजुरी दिएपछि बम्जन माथिको छानबीनमा सिआइबीले अग्रसरता देखाएको हो। सिन्धुपाल्चोकका डिएसपी विमलराज कडेंल नेतृत्वको प्रहरी टोलीले सिआइबीलाई अनुसन्धानमा सघाइरहेको छ। 

 








यसमा तपाईको मत

अन्य समाचार

तयारी पोसाकको सो रुम खुल्यो

तयारी पोसाकको सो रुम खुल्यो

पूर्वकै केन्द्र मानिएको इटहरीमा तयारी पोसाकका सामग्री खरिद गर्ने सो रुम खुलेको छ। ...

एभरेस्ट बैंकले मनायो रजत जयन्ती

एभरेस्ट बैंकले मनायो रजत जयन्ती

एभरेस्ट बैंकले नर्भिक इन्टरनेसनल अस्पताल र नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रम आयोजना गरेको छ । ...

फेसबुकलाई ३५ अर्ब डलरको जरिवाना हुन सक्ने!

फेसबुकलाई ३५ अर्ब डलरको जरिवाना हुन सक्ने!

मुद्दा हारेको खण्डमा फेसबुकले अहिलेसम्म कै सबैभन्दा ठूलो रकम जरिवाना तिर्नु पर्ने हुन्छ ! ...

उद्यम चलाउन महिलालाई अवसर

उद्यम चलाउन महिलालाई अवसर

महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थपमाया थापा मगरले महिलालाई उद्यमशीलतासँग जोड्न आवश्यक रहेको बताएकी छन् । ...

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

गुगल क्रोमलाई जर्मनको एक साइबर सुरक्षा निकायले सबैभन्दा असुरक्षित ब्राउजरको संज्ञा दिएको छ ...

स्मार्टफोन VR को भविष्य अन्योलमा

स्मार्टफोन VR को भविष्य अन्योलमा

सामसंग GearVR र गुगल डेड्रिम जस्ता स्मार्टफोन VR को भविष्य अन्योलमा परेको छ ! ...

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

नेपालको लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गर्ने भएको छ ।

टेलिकमको अटम अफर सार्वजनिक

टेलिकमको अटम अफर सार्वजनिक

नेपाल टेलिकमले विभिन्न प्याकेजसहितको आकर्षक अटम अफर सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad