८ वैशाख २०८१ शनिबार
राजनीति

विना निश्कर्ष टुंगियो लेखा समितिको बैठक

काठमाडाैं –वाइडबडी खरिद प्रकरणको छानबिन उपसमितिको प्रतिवेदनमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का सांसदहरुले प्रश्न उठाएपछि संसदको सार्वजनिक लेखा समितिको शुक्रबारको बैठक विना निर्णय टुंगिएको छ।
विमान खरिदमा भ्रष्टाचारमा पर्यटनमन्त्री रविन्द्र अधिकारी र गृहसचिव प्रेम राईमाथि गरिएको कारबाही सिफारिसमा नेकपा सांसदले विरोध गरेपछि समिति अनिर्णित बनेको हो। 

नेकपा सांसदले समितिको प्रतिवेदन संशोधन गर्नुपर्ने माग राखेपछि समिति सभापति भरतकुमार शाहले संसोधनको प्रष्ट बुँदा पेश गर्न भन्दै समितिको बैठक सकिएको सुनाएका थिए। सभापतिले अनौपचारिक परामर्श गर्ने र सोमबार ११ बजे पुनः बैठक बस्ने गरी आजको बैठक स्थगित गरेका हुन्।

 

प्रकाशित: २० पुस २०७५ ०९:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App