coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

रोकिएन सुन तस्करी, कराेडाैँको सुन बरामद

फाइल तस्बिर

काठमाडाैँ - पछिल्लो समय सुन तस्करी रोक्न प्रहरीले विभिन्न अभियान चालएपनि सुन तस्करी भने रोकिएको छैन। साेही क्रममा कराेडाैँकाे सुन तस्करी भैरहेकाे विशेष सूचनाको आधारमा प्रहरीले धादिङको गजुरीबाट तीन जनालाई पक्राउ गरेको छ।

बिहीबार राति गजुरी गाउँपालिका–१, सिद्धेश्वरी मन्दिर अगाडिबाट दुईवटा मोटरसाइकलमा आएका ती युवाहरुलाई चार किलो सुनसहित प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा रसुवाका २७ वर्षका अजित वाइबा, नुवाकोट तार्केश्वरी गाउँपालिकाका २२ वर्षका सुरेन्द्र तामाङ र २४ वर्षका विकास तामाङ रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक डम्बर विश्वकर्माले उनीहरुले तस्कारीका लागि प्रयोग गरेका बा ८७ प ७७३१ र प्रदेश नम्बर ३, ०२–००३ प २५४० नम्बरको मोटरसाइकल पनि नियन्त्रणमा लिइएको बताए। प्रहरीका अनुसार बरामद गरिएको सुन बजार मूल्य अनुसार दुई करोड बढीको रहेको छ।

पक्राउ परेका तीन जनालाई थप अनुसन्धानको लागि राजश्व अनुसन्धान विभागमा पठाउने तयारी गरिएको प्रहरी उपरीक्षक विश्वकर्माले बताए।

प्रकाशित: २० पुस २०७५ ०६:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App