coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

पूर्वएआइजी ऋषभदेवले भ्रष्टाचार गरेको ठहर

काठमाडौं – विशेष अदालत काठमाडौंले सशस्त्र प्रहरीका पूर्वएआइजी ऋषभदेव भट्टराईलाई नौ महिना कैद, पौने करोड बिगो र सोही बराबर जरिवाना हुने गरी भ्रष्टाचारी ठहर गरेको छ ।

विशेष अदालतका न्यायाधीशहरु चण्डीराज ढकाल, प्रमोदकुमार श्रेष्ठ वैद्य र नारायणप्रसाद पोखरेलको संयुक्त इजलासले भट्टराईलाई अकुत सम्पत्ति कमाएको भन्दै बिहीबार भट्टराईलाई दोषी ठहर गरेको हो।

भट्टराई सशस्त्र प्रहरीको नेतृत्वमा रहँदा अकुत सम्पत्ति कमाएको भन्दै उनलाई ९ महिना कैदसहित ७९ लाख ८७ हजार २ सय २५ बिगो र सोही बराबर जरिवाना हुने फैसला अदालतले सुनाएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई वर्षअघि १ करोड २१ लाख ४९ हजार ६ सय ५६ रुपैयाँ बराबर सम्पत्तिको स्रोत नखुलेको दाबीसहित मुद्दा दर्ता गरेको थियो। हाल नयाँ शक्ति पार्टीको सदस्य भएर राजनीतिमा रहेका भट्टराईविरुद्ध २०७३ मंसिर ८ अख्तियारले मुद्दा दर्ता गरेको थियो।

प्रकाशित: २० पुस २०७५ ०५:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App