८ वैशाख २०८१ शनिबार
अर्थ

'नेपाली कामदार बढी जोखिममा'

काठमाडौं – अन्य स्रोत मुलुकको तुलनामा नेपाली कामदार वैदेशिक रोजगारीमा रहँदा बढी जोखिममा परिरहेको एक अध्ययनले देखाएको छ । वैदेशिक रोजगारीमा जानुअघि नेपालमा दिइने अभिमुखीकरण तालिम प्रभावकारी नभएको गुनासो व्याप्त रहेको बेला अध्ययनले त्यस्तो नतिजा देखाएपछि सरकारलाई विशेष योजना सञ्चालन गर्न थप चुनौती थपिएको छ ।

बेलायतका जोनमर्स र वर्नमाउथ विश्वविद्यालय तथा ग्रिन तारा र पौरखी नेपालले गरेको वैदेशिक रोजगारीमा रहेका कामदारको स्वास्थ्यसम्बन्धी अध्ययनमा त्यस्तो तथ्य फेला परेको हो । बिहीबार सार्वजनिक गरिएको अध्ययन अनुसार वैदेशिक रोजगारीमा रहेका नेपाली कामदार २८ प्रतिशतले असुरक्षित हुँदा भारतबाट जाने कामदार २० र बंगलादेशका कामदार नौ प्रतिशतले असुरक्षित भएको भेटिएका छन् ।

सुरक्षित गृह (सेल्टर) सुरु गरेयता ३८ महिला गर्भवती भएर फर्केका छन् । त्यस्तै १० महिला विदेशमा गर्भवती भएर बच्चासहित फर्केका छन् ।

अध्ययन खाडी मुलुक र मलेसिया जाने कामदारलाई केन्द्रित गरेर गरिएको अनुसन्धानकर्ता पदम सिम्खडाले बताए । अध्ययनको क्रममा पुरुषको तुलनामा महिला झनै बढी जोखिममा परेको तत्य फेला परेको पौरखकी अध्यक्ष मञ्जु गुरुङले बताइन् । उनका अनुसार पौरखीले वैदेशिक रोजगारीको क्रममा पीडित हुनेलाई लक्षित गरी सुरक्षित गृह (सेल्टर) सुरु गरेयता ३८ महिला गर्भवती भएर फर्केका छन् । त्यस्तै १० महिला विदेशमा गर्भवती भएर  बच्चासहित फर्केको उनको भनाइ छ । उक्त अध्ययन सार्वजनिक कार्यक्रममा बोल्दै सरकारका थिंक ट्यांक सदस्य गणेश गुरुङले वैदेशिक रोजगारीमा रहेका कामदारको पेशागत सुरक्षा कमजोर देखिएकाले अभिमुखीकरण तालिमलाई सुधार नगरी समस्या समाधान नहुने बताइन् ।

सोही कार्यक्रममा बोल्दै उपसभामुख शिवमाया तुम्बाहाम्फेले अनुसन्धानबाट देखिएका समस्या समाधान गर्न सरकारले समयमै रोकथामका उपाय खोज्नुपर्ने बताइन् ।

प्रकाशित: २० पुस २०७५ ०४:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App