८ वैशाख २०८१ शनिबार
अर्थ

क्षमताभन्दा बढी भार बोक्ने गाडीलाई कारबाही

पथलैयाँमा बढी सामान लोड गरेको आंशकामा फलाम लोड गरेको ट्रक चेकजाँच गर्दै ट्राफिक प्रहरी। तस्बिर: नागरिक

बारा - मापदण्डविपरीत र अनुमतिभन्दा बढी भार बोक्ने मालबाहक ढुवानीका सवारीसाधन प्रदेश ट्राफिक प्रहरी कार्यालयल, प्रदेश २ पथलैयाको कारबाहीमा परेका छन्।

सवारीसाधनको ब्लुबुकमा उल्लेखित भार क्षमताभन्दा बढी सामान बोकेर गुड्ने नेपाली र भारतीय नम्बर प्लेट भएका ढुवानीका सवारीसाधन चेकजाँचका क्रममा कारबाही गरिएको प्रदेश ट्राफिक प्रहरी कार्यालयल पथलैयाले जनाएको छ।
क्षमताभन्दा बढी भार बोकेर नेपाल भित्रिएका भारतीय नम्बर प्लेटका ढुवानीका सवारीसाधान भारतकै विभिन्न भागबाट वीरगन्ज–पथलैया, हेटौडा लगायत औद्योगिक करिडोरका उद्योगका लागि कच्चा पदार्थ ढुवानी गर्ने गरेका छन्। क्षमताभन्दा बढी भार बोकेर सवारीसाधन विभिन्न क्षेत्रमा जाने क्रममा नियन्त्रणमा लिएर कारबाही गरिएको प्रदेश ट्रफिक प्रहरी कार्यालय पथलैयाले जनाएको छ।

बढी भार बोकेर ओहोरदोहोर गर्ने ढुवानीका साधनबाट सडक र पुल कमजोर हुने जोखिम बढ्दै गएपछि त्यस्ता सावरी साधन नियन्त्रणमा लिई कारबाही सुरु गरिएको प्रदेश ट्राफिक प्रहरी कार्यालयल, प्रदेक २ पथलैयाका प्रमुख प्रहरी उपरीक्षक किरण बज्राचार्यले बताइन्। बढी भार बोक्ने ढुवानीका साधनलाई राजमार्गमा रोक्न खोज्दा नरोक्ने गरेको र यसले बढी दुर्घटना हुने गरेको उनले बताइन्। ढुवानीका सवारी साधनले निर्धारण गरेको भार क्षमताभन्दा दुई गुणासम्म बढी भार बोक्ने गरेको पाइएकाले कारबाही गर्नु परेको उपरीक्षक बज्राचार्यले बताइन्।

वीरगन्जबाट सिमरा जाँदै गरेको एन एल ०१ ए बी ०१९६ नम्बरको २४ चक्के भारतीय ट्रकलाई चेक जाँच गर्दा त्यसले नियमभन्दा बढी ६५ टनसम्म भार बोकेको उनले बताइन्। ‘२४ चक्के ट्रकले नियमानुसार ३० टनमात्रै लोड गर्नुपर्ने हो,’ उनले भनिन्, ‘यसले नियमभन्दा बाहिर गएर ३५ टनभन्दा बढी लोड गरेको भेटियो।’

चेकजाँचका क्रममा बढी लोड गरेको भेटिएपछि थप कारबाहीका लागि वीरन्जगस्थित नारायणी यातायात कार्यालयमा पठाउँदा यातायात कार्यालयले त्यसबाट पाँच हजार आठ सय रुपैयाँ जरिवाना गरिएको ट्राफिक प्रहरी उपरीक्षक बज्राचार्यले बताइन्। ‘डडेल्धुराबाट जनकपुर जाँदै गरेको ना४ख ८९४० नम्बरको ट्रकलाई जाँचपास गर्दा ३० टन लोड गरेको भेटियो,’ उपरीक्षक बज्राचार्यले भने, ‘२१ टन भार बोक्न अनुमति भए पनि यसले नौ टनभन्दा बढी भार बोकेको भेटिएपछि कारबाही गरिएको हो।’ नियमभन्दा बढी भार बोकेको भेटिएपछि यसबाट ३३ हजार नौ सय रुपैयाँ जरिवाना गरिएको उनले बताइन।

वीरगन्ज भन्सार कार्यालयबाट सिमेन्ट बनाउने क्लिंकर लोड गरी सिमरा जाँदै गरेको बी आर ०६ जे डी ९१८६ नम्बरको १४ चक्के भारतीय टिपरलाई चेकजाँच गर्दा २५ टन लोड गर्नुपर्नेमा ५८ टन लोड गरेको भेटिएको उनले बताइन्। नियमभन्दा २८ टन बढी क्लिंकर लोड गरेको टिप्परलाई थप कारबाहीका लागि यातायात कार्यालय वीरगन्जले सात हजार आठ सय रुपैयाँ जरिवाना गरिएको उनले बताइन्। उनले साउनदेखि मंसिरसम्म आठ सय ५७ भन्दा बढी भार बोक्ने ढुवानीका साधनबाट कारबाहीस्वरुप ५१ लाख ६७ हजार राजस्व असुली गरिएको जानकारी दिइन्।

प्रदेश ट्राफिक प्रहरी कार्यालय, प्रदेश २ पथलैयाले नियमभन्दा बढी भार बोक्ने ढुवानीका साधनलाई कारबाही गर्न सुरु गरेपछि यहाँका उद्योगी व्यवसायीले विरोध गरेका छन्। प्रदेश ट्राफिक प्रहरीको कारबाहीले यस क्षेत्रको उद्योगलाई औद्योगिक कच्चा पदार्थ ढुवानीमा समस्यामा पारेको भन्दै विरोध गरे। वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष ओमप्रकाश शर्माले वीरगन्ज–पथलैया औद्योगिक क्षेत्र घोषणा भएकाले बढी लोड गर्ने ढुवानीका साधनलाई यस क्षेत्रमा सहजताका साथ ओहोरदोहोर गर्न दिनुपर्ने माग गरे।

प्रकाशित: २० पुस २०७५ ०४:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App