८ वैशाख २०८१ शनिबार
अन्य

भत्ता लिनै सकस

तारकेश्वर नगरपालिका १ र २का ज्येष्ठनागकिरले  वृद्ध र एकल महिलाहरूलाई वृद्धाभत्ता तथा सामाजिक सुरक्षा भत्ता लिन धेरै सकस परेको छ। वडाले आफ्नै कार्यालयमा भत्ता नदिएपछि  यस्तो समस्या परेको हो। वडा १ की स्थानीय देवकी तिम्लिसनाले एकल भत्ता लिन धेरै सकस भएको बताइन्।

हामीलाई भत्ता लिन धेरै समस्या छ। दुईदुई ओटा गाडी चढेर जानु पर्छ। चुनी टोल घरदेखि गाडी चढेर माछापोखरी पुग्नु पर्छ र त्यहाँबाट फेरि गाडी चढेर गोंगबु पुग्नुपर्छ, उनले भने,‘चुनावमा भत्ता बढाइदिन्छौं भनेका थिए। तर, भत्ता बढाइदिएन। यहीँ पाउने गरेको भत्ता लिन जाँदा घन्टौं  बिताउनु परेको छ। ’

भगवती नेपालले ‐७७)ले पनि एकल र वृद्धाभत्ता थाप्न उस्तै समस्या भएको बताइन्। हामीलाई भत्ता निल्नु न ओकल्नु भएको छ। बुढेसकालले एकछिन हिँड्दा पनि घुँडा सुनिन्छ र दुख्छ, उनले भनिन्,‘पहिले वडामै दिन्थे। अहिले जाँदाआउँदै दिन बित्छ।’

कान्छी तामाङले वृद्धभत्ता लिन जाँदा विरामी हुनु परेको बताइन्। यतिबेला बुढ्यौलीले आँगन नै परदेश भएको छ। गाडीमा सिट पाइँदैन। ठेलमठेलमा उभिँदै खोक्दै जाँदा जीउ नै थङ्थिलो हुन्छ, उनले भनिन्,‘वृद्घभत्ता पहिले गाउँमै दिन्थे। अहिले दिन त्यसै बित्छ भने गाडी भाडा र खाजा खाँदै ५  सय रुपैयाँ त्यसै सकिन्छ।’

तारकेश्वर नगरपालिका वडा २ का सान्नानी लामिछाने‐८९)ले वडाले जानीजानी सास्ती दिएको बताइन्। वडाले जानीजानी दुख दिएको छ,उनले भनिन्,‘बैंकले यो मिलेन। वडाबाट  कागजात मिलाएर आउनुस् भनेर त्यसै फर्काउँछन्। वडामै भत्ता दिएको भए यस्तो दुख पाउनु पर्दैन थियो।’

तारकेश्वरनगरपालिका –१ का वडाध्यक्ष विदुरले सापकोटाले वडामै भत्ता दिन पहल गरिरहेको बताए।  विशेष पहल हुँदै छ। हामी आउनुअघि नै बैंकिङ प्रणाली लागू भएको थियो,उनले भने,‘बैंकसित कुरा हुँदै छ। हामीले सबै कुराको व्यवस्था गर्छौ। वडामै आएर बाँडिदिनुस् भनेका छौं। यसबारे नगर प्रमुखसित पनि छलफल भएको छ। सम्भव चाँडै हामी यो समस्यालाई सल्टाउने छौं।’

तारकेश्वर नगरपालिका २ वडाध्यक्ष रविन्द्र केसीले राज्यले सहकारीहरूलाई नपत्याउने कारण समस्या भएको स्वीकारे। ‘वडामा बैंक छैनन्। सहकारीहरूलाई राज्यले पत्याउँदैन,उनले भने,‘वडामा अपाङ्ग,एकल महिला र वृद्घ गरी ४१० जना जति सेवाग्राही छन्।उहाँहरूलाई समस्या नहोस् भन्ने सोचले महालक्ष्मी बैंकसित हामी पैसाको ग्यारेन्टी लिन्छौं र स्थानीय सहकारीहरूलाई प्रोत्साहन दिएर यो काम यहीँ गछौं भनेका छौं।’

प्रकाशित: २० पुस २०७५ ०४:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App