१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

त्रिभुवन विमानस्थलबाट अवैध सुनसहित दुई पक्राउ

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट प्रहरीले दुई जनालाई अवैध सुन सहित पक्राउ गरेको छ। अवैधरुपमा भन्सार छलि ल्याएको करीव ७ लाख ४९ हजार ७ सय ७५ रुपैयाँ बराबर मुल्य पर्ने १ सय ५० ग्राम सुनका चुरा ३ थानसहित सुनसरी पञ्चकन्या–३ का ३० वर्षीय प्रताप गुरुङलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो।

                यसैगरी सोही बिमानस्थलबाट उडान नम्बर आरए २१७ बाट दिल्ली जान लागेका मुस्ताङ छनोट–१ नाङगेल घर भएका ३६ वर्षीय छिरिङ गुरुङलाई हेण्डब्यागमा अवैधरुपमा लुकाई छिपाई राखेको करीव ३ सय ३१ ग्राम सुनसहित शुक्रबार प्रहरीले पक्राउ गरेको छ।

                बरामद सुन प्रहरीले एयरपोर्ट भन्सारमा बुझाएको छ। यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रकाशित: १५ आश्विन २०७३ १२:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App