coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ब्रेक्जिट सम्झौता नभए आयरल्यान्डले इयूसँग सहयोग माग्ने

आयरल्यान्डका कृषिमन्त्री माइकल क्रिड। तस्बिर : एजेन्सी

डब्लिन – कुनै सम्झौता बिना बेलायत युरोपेली संघ (इयू)बाट बाहिरिएमा आयरल्यान्डले ब्रसेल्ससँग सहयोग माग्ने आयरल्यान्डका कृषिमन्त्रीले बताएका छन्।

बेलायतले बिना सम्झौता इयू छोडे सयौं लाख युरो माग गर्दै आयरल्यान्ड ब्रसेल्स जाने कृषिमन्त्री माइकल क्रिडलाई उद्धृत गर्दै सञ्चारमाध्यमहरूले बिहीबार जनाएका छन्। ‘तपाईंले सयौं लाख युरोलाई हेरिरहनुभएको छ,’ मन्त्री क्रिडले गणतन्त्र आयरल्यान्डलाई संकेत गर्दै बताए। ‘गाईको मासु र माछा उद्योगका लागि युरोपेली संघसँग हामी ठूलो बजेटबारेमा कुराकानी गरिरहेका छौं,’ उनले बताए।

बेलायती प्रधानमन्त्री थेरेसा मेले युरोपेली संघ (इयू) सँग गरेको सम्झौता बेलायतको पक्षमा नभएको भन्दै बेलायती संसद्ले ब्रेक्जिट (युरोपेली संघबाट बेलायतको बहिर्गमन)का विषयमा कुनै प्रगति गर्न नसकिरहेका समय इयूसँग कुनै सम्झौताबिना बेलायतको बहिर्गगमन भएमा यसले थप समस्या निम्त्याउने र त्यतिबेला आयरल्यान्डले ब्रसेल्ससँग आर्थिक सहयोग माग्ने मन्त्री क्रिडले बताएका हुन्।

आयरल्यान्डका लागि संकटकालीन सहयोयअन्तर्गत गाइको मासु, दुग्धजन्य पदार्थ र माछा उत्पादन अर्थात् पोष्टिक खाद्यान्न निर्माण क्षेत्रका लागि युरोपेली संघसँग सहयोग माग्न सक्ने बताइएको छ। यदि बेलायतले आयरल्यान्डसँगको सम्पूर्ण सम्बन्धलाई कडा बनाएमा उक्त सहयोगका लागि आयरल्यान्ड ब्रसेल्स पुग्ने बताइएको हो।

आयरल्यान्डको ८० प्रतिशतभन्दा बढी कम्पनीले गाइको मासु, दुग्धजन्य पदार्थ र माछा उत्पादनलाई बेलायत निर्यात गर्दै आएको सन् २०१६ को सरकारी तथ्यांकले देखाउँछ। आयरल्यान्ड युरोपेली महाद्वीपका लागि जमिनदेखि जमिनसम्म पुग्ने महत्वपूर्ण पुलका रूपमा रहेको छ। संयुक्त अधिराज्य (युके)को खाद्यान्न बजारबारे आयरल्यान्डको विशिष्ठ बुझाई रहेको मन्त्री क्रिडले बताए। ‘मलाई लाग्छ यसबारे अहिले नै कसैले पनि कुरा गर्न चाहँदैन किनकि अझै यहाँ समान सम्झौता हुनेमा केही विश्वास रहेको छ,’ मन्त्री क्रिडलाई उद्धृत गर्दै फ्रान्सेली समाचार एजेन्सी एएफपीले जनाएको छ।

प्रकाशित: २० पुस २०७५ ०२:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App