coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

चीनमा हिमपात, ७ लाख २० हजार प्रभावित

फाइल फाेटाे

बेइजिङ – चीनको मध्य क्षेत्रमा पर्ने हुनान प्रान्तमा आएको हिमपातका कारण सात लाख २० हजारभन्दा बढी प्रभावित भएका छन्।

स्थानीय अधिकारीहरूले बिहीबार दिएको जानकारी अनुसार हिमपातबाट प्रभावित भएकालाई विभिन्न शारीरिक समस्यासमेत देखा परेको छ। हिमपात भएको हुनान प्रान्तमा सात लाख २४ हजार एकसय जना बस्ने गरेकोमा झण्डै तीन हजार नौसय जनालाई अन्यन्त्र स्थानान्तरण गराइएको छ।

प्रान्तीय आपतकालीन व्यवस्थापन विभागका स्थानीय अधिकारीहरूले झण्डै ३८ हजार जनालाई अहिले पनि आधारभूत सेवा सुविधाको आवश्यकता रहेको जनाएका छन्।

हिमपातले झण्डै ५४ हजार दुई सय ८० हेक्टर क्षेत्रमा लगाइएको बालीलाई पनि नोक्सान गरेको छ। यसले त्यस क्षेत्रको आर्थिक पक्षलाई समेत नराम्रो असर पार्ने अधिकारीहरूको भनाइ उद्धृत गर्दै चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ।  

प्रकाशित: २० पुस २०७५ ०२:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App