coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

सिक्टा नहरको गुणस्तर र पारदर्शितामा प्रधानमन्त्रीको चासो

बाँकेको अगैयास्थित सिक्टा सिचाई आयोजनाको बाँध निरिक्षण गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल। तस्बिर: नागरिक

नेपालगन्ज- प्रधानमन्त्री पुष्पकमल दाहालले शनिबार पश्चिम नेपालका विभिन्न आयोजनाहरुको निरीक्षण गरेका छन्। प्रधानमन्त्री दाहालले बाँकेको अगैयास्थित निर्माणाधिन राष्ट्रिय गौरवको सिक्टा सिचाई आयोजनाको बाँध र मुल नहर निरिक्षण गर्दै आयोजनाको काममा कुनैपनि कमजोरी हुन नदिन कर्मचारीलाई निर्देशन दिए। ‘यो राष्ट्रको आफ्नै लगानी रहेको बहुप्रतिक्षित सिंचाई आयोजना हो,  त्यसैले यसको काममा कुनै कमजोरी हुन नदिनु होला,’ प्रधानमन्त्रीले भने। उनले उकैलालीमा रहेको रानी जमरा कुलरिया सिचाई आयोजनाको निरीक्षण गरे। साथै उनले प्यूठान जिल्लाको लुङबाहनेस्थित पहिरो पीडितलाई समेत भेटेका थिए।

आयोजनाको कुल ४५ किमी दायाँ मुल नहर मध्ये ३५ किमी खण्ड गतवर्ष सम्पन्न भइसकेको छ। निर्माण सम्पन्न भएको मुल नहर परीक्षणका क्रममा गत असार महिनामा भत्किएपछि सिक्टाको गुणस्तरका विषयमा चौतर्फी रुपमा प्रश्न उठेको थियो। मुल नहर भत्केको विषयमा सिचाई मन्त्रालय र विभागले छुट्टा–छुट्टै छानविन समिति बनाएका थिए । प्रधानमन्त्रीले ढुक्क भएर काम गर्न कर्मचारीलाई निर्देशन दिदै भने, ‘राम्रो काम गर्ने कर्मचारीलाई सरकारले प्रोत्साहान गर्छ, त्यसैले जनताको काम गर्दा तपाईहरु कत्तिपनि नडराउनुस्।’

  प्रधानमन्त्री दाहालले गुणस्तर र पारदर्शीतालाई विशेष रुपले ख्याल गर्न कर्मचारी र निर्माण पक्षलाई निर्देशन पनि दिए। उनले उपलब्ध बजेट खर्च हुन नसक्दा मुलुक संधै पछाडी पर्ने गरेको उल्लेख गर्दै अब यस्तो प्रवृत्तीको अन्त्य हुनुपर्ने धारणा राखे।

                 आयोजनाको निरीक्षण गराउँदै सिक्टा सिचाई आयोजनाका निर्देशक सरोज पण्डितले कामको गुणस्तरमा विशेष ध्यान दिइएको बताए। आयोजनाले बाँधको ढोका राख्ने काम सम्पन्न भइसकेको र एक पटक दायाँ मुल नहर परीक्षण गरिसकेको जानकारी दिए। बाँया मुल नहरबाट आयोजना कार्यालयले राप्तीपारी बैजापुर क्षेत्रमा सिचाई सुविधा समेत पुर्‍याइरहेको बताएका थिए। त्यस अवसरमा मध्यपश्चिम क्षेत्र र बाँकेका विभिन्न अंगका सुरक्षाका प्रमुख, सिक्टा सिचाई आयोजनाका कर्मचारी, लगायतको उपस्थिती रहेको थियो।

 

 

 

 

 

 

 

प्रकाशित: १५ आश्विन २०७३ ११:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App