७ वैशाख २०८१ शुक्रबार
कला

भदौमा साम्राज्ञीको ‘मारुनी’

काठमाडौं – एक पुरुषको दुई सुन्दरीसँगको प्रेमलाई प्रस्तुत गरिने फिल्म ‘मारुनी’ आगामी वर्ष २०७६ को भदौ १३ गते रिलिज हुने भएको छ। माघको अन्तिमबाट छायांकनमा जाने फिल्मले बुधबार वितरणका लागि एफडी कम्पनीसँग सम्झौता गर्दै प्रदर्शन मिति ‘लक’ गरेको हो।

नवल नेपालको निर्देशन रहने फिल्म पुनम इन्टरटेनमेन्टको ब्यानरमा पुनम गौतमले निर्माण गर्दैछिन्। एफडी प्रमुख नरेन्द्र महर्जनले निर्माता तथा निर्देशकको माग बमोजिम प्रदर्शन मिति छानिएको बताए। ‘उहाँहरूले राम्रो फिल्म बनाउने कुरामा हामीलाई विश्वास छ। यही कारण हामी उहाँहरूसँग सहकार्य गर्न तयार भएका हौं’, महर्जनले भने।

निर्माता गौतमले एफडीसँगको सहकार्यले फिल्मलाई लक्षित दर्शकसम्म पुर्याउन मद्दत पुग्ने दाबी गरिन्। ‘प्रदर्शन सिनेमा मेकिङपछिको महत्वपूर्ण पाटो हो। यो क्षेत्रमा उहाँहरूको लामो अनुभव छ। उहाँहरूसँगको सहकार्यपछि फिल्म लक्षित दर्शकसम्म पुग्ने कुरामा हामी विश्वस्त छौं’, निर्माता गौतमले भनिन्। एफडीले काठमाडौबाहिर सम्पूर्ण रुपमा फिल्म वितरण गर्नेछ।

फिल्ममा पुष्प खड्का, साम्राज्ञीराज्य लक्ष्मी शाह र रेबिका गुरुङ मुख्य भूमिकामा छन्। गोविन्द फुयाँल र निर्देशक नवलको संयुक्त लेखन रहेको फिल्ममा सन्जय लामाको छायांकन र अर्जुन पोखरेल तथा कृष्ण काफ्लेको संगीत हुनेछ। फिल्ममा अजय पोखरेल र राजा प्रधानको पनि लगानी रहनेछ।

हरि सिलवाल लाइन प्रोड्युसर रहने फिल्ममा सुनिशा क्षेत्री, अरुण राज, आयुष प्रधान, शंखर सेढाइसायरा आचार्य, आभाष सिंह, स्वर्णिम पौडेल र सौर्य अधिकारीको पनि अभिनय हुनेछ।  आदि कलाकारको अभिनय रहनेछ।

 

प्रकाशित: २० पुस २०७५ ०२:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App