अदालतले न्याय दिनुपर्छ : चाैधरी

शुक्रबार, २० पुष २०७५, ०७ : २२ ईश्वरी सुवेदी

काठमाडौं – प्रतिनिधिसभा निर्वाचनमा कैलाली निर्वाचन क्षेत्र १ बाट प्रत्यक्ष तर्फबाट निर्वाचित सांसद रेशमलाल चौधरीको एक वर्षपछि पद तथा गोपनीयताको शपथ लिएका छन्। सिंहदरबारस्थित संसद सचिवालयको कृषि समितिको हलमा सभामुख कृष्णबहादुर महराले बिहीबार अपराह्न चौधरीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन्।

पुर्पक्ष थुनामा रहेका कैलालीको टिकापुर घटनाका आरोपीत चौधरीलाई डिल्लीबजार स्थित कारागारबाट उनलाई अपरान्ह ३ बजे सिधै सिंहदरबार लगिएको थियो। नेपाल प्रहरीले बा १ झ ७७०७ नम्बरको प्राइभेट गाडीबाट प्रहरीको कडा सुरक्षाबीच उनलाई ल्याइएको थियो। शपथ ग्रहणपछि उनलाई पुनः डिल्लीबजारस्थित कारागारमा लगियाे। थारु जातीको पहिरनमा आएका उनले आफ्नो मातृभाषा थारु भाषामा सपथ लिएका थिए।

शपथ ग्रहणपछि महासचिव मनोहरप्रसाद भट्टराईले सांसदको ‘लोगो’ लगाइदिएका थिए। शपथ ग्रहण कार्यक्रममा मधेसवादी दलका शीर्ष नेता तथा सांसदहरु सहभागी थिए। राजपाका महन्थ ठाकुर, राजेन्द्र महतो, शरदसिंह भण्डारी, अनिल झा, लगाएतका नेताहरुले उनलाई खादा ओडाएर सम्मान गरेका थिए। सपथ ग्रहण पछि उनले भने ‘सपथ ग्रहण धेरै पहिले हुनुपर्दथ्यो। उनले भने ‘माला र खादा लगाएर जेल जानुपर्छ होला, तपाइले भनिदिनु होला, मैले लगाएको ‘लोगोे’को प्रतिष्ठा कति रहन्छ।’

आफु ३४ हजार ३ सय ४१ मत प्राप्त भएर विजयी भएको भन्दै उनले भने ‘३४ हजार ३ सय ४१ मत दिन जनता के हुन, लोकतन्त्रले परिभाषा दिनुपर्दछ, जनताले गरेको न्याय न्याय हुन्छ कि हुँदैन,’ उनले भने। २०७२ भदौ ७ गते टीकापुरमा थरुहट आन्दोलन हिंसात्मक बन्दा नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक(एसएसपी) लक्ष्मण न्यौपाने सहित ७ जना प्रहरी र १ नाबालकको ज्यान गएको थियो। यस घटनाका दोषी रेशम चौधरी भएको भन्दै अभियोजन पत्र दर्ता गरी उनलाई पुर्पक्षका लागि थुनामा राखिएको हो।

चौधरी कैलालीबाट निर्वाचित भए लगत्तै सरकारले पुर्पक्षका लाथि थुनामा राखेको थियो।‘मेरो देशको पकौडा मन पर्यो, यहाँको दालर्यो, भन्दै उनले भने ‘म नेपाल आए, जेलमा परें’। शपथ ग्रहण पछि चौधरीले भने ‘न्यायलयले हामीलाई न्याय दिनेछ, न्यायदिनु पर्दछ, उनले भने कैलाली घटनाको स्पष्ट छानविन हुनुपर्दछ, गहन छानविन हुनु पर्दछ, दोषी उम्किनु हुँदैन। उनले आफूले अहिलेसम्म सर्वसाधरण कैदीको जीवन विताइ रहेको बताए उनले भने ‘अहिलेसम्म सर्वसाधरण कैदीको जीवन विताइ रहेको छु, कुनै सुविधा दिएको छैन।’

उनले भने ‘टिकापुर सजिलै सामाजिक संजालमा जिस्काउने घटना होइन, यो बर्गीय घटनालाई सम्झाउने घटना हो’ उनले भने। गत भदौ ३ गते टिकापुर घटना हुँदा म वर्दियामा थिए। घटनाबारे छलफल गर्न काठमाडौ आए उनले भने। आफू कैलाली जाँदा पनि सुरक्षाकर्मी कै निगरानीमा रातभरी बसे। सुरक्षा कर्मीसँग बसेको मान्छे म कति बेला षडयन्त्र गरे, उनले भने। उनले पुर्पक्षका लागि भन्दै कानुन विपरित एकबर्ष भन्दा बढी जेलमा राखेको बताए। उनले भने ‘न्यायका लागि मिडियाले पनि सहयोग गर्नुपर्दछ।’

टिकापुर घटनामा हामीसँग पनि थारुहरुका घर जलेका तस्विरहरु छन्। एक बालकको मृत्यु भयो ती मेरा भाईको छोरा हुन्, उनले भने। उनले जेलमा रहेका अन्य साथीलाई झुठा मुद्दा लगाइएको बताए। उनीहरुलाई रिहा गर्नुपर्दछ उनले भने। उनकी धर्मपत्नी रन्जिता चौधरी पनि सपथ ग्रहण साथै आएकी थिइन्। उनले भनिन् ‘कैलाली घटानामा जो दोषी छ त्यसलाई कारबाही हासे, दोषी हैन भने न्याय दिनुहोस्।

नियमावलीविपरीत शपथ
प्रतिनिधिसभाको नियमावली २०७५ को नियम २ सय ४४ विपरित संसद सदस्यमा निर्वाचित रेशम चौधरीलाई सपथ गराइएको छ। प्रचलित कानून बमोजिम तीन बर्ष वा सो भन्दा बढी कैदको सजाय हुने वा नैतिक पतन देखिने फौजदारी मुद्दामा अभियोगपत्र दायर भई निज पुर्पक्षको लागि थुनामा रहेकोमा त्यस्तो थुनामा रहेको अवधिभर निजलाई सदस्यको हैसियतले कुनै कार्य गर्न वा कुनै अधिकार वा उन्मिुक्ति प्राप्त हुनेछैन र त्यस्तो अवधिभर निजको पारिश्रमिक सेवा र सुविधा स्थगित हुने व्यवस्था छ। तीन वर्ष भन्दा बढीको सजायका लागि अभियोजन दर्ता भई पुर्पक्षमा रहेको व्यक्ति थुनामा रहँदा उनसलाई सांसदको लोगो दिएपछि त्यो नियमावली विपरित छ। चाैधरीलार्इ नियमावली विपरित शपथ गराइएकाे एक सांसदले बताए।

कसले के भनेका थिए त्यतिबेला
आतंककारी घटना : ओली

तत्कालीन एमाले अध्यक्ष तथा वर्तमान प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले २०७२ भदौ ७ गते प्रेस चौतारीले राजधानीमा आयोजना गरेको कार्यक्रममा भनेका थिए, ‘हत्याको घटना आतंककारी र आपराधिक हो। यसलाई सरकारले डटेर सामना गर्नुपर्छ। कुनै पक्षले सामाजिक सद्भाव भड्काउन खोजेको छ, सरकारले दृढतापूर्वक शान्तिसुरक्षा कायम गराउनुपर्छ। खुट्टा कमाउनु हुँदैन।’

चारैतिर घेरेर आक्रमण भयो : गौतम

तत्कालीन एमाले उपाध्यक्ष एवम् उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले चारैतिरबाट एकैपटक नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई घेराबन्दीमा पारेर बन्चरो, खुकुरी, हँसिया र भालाले आक्रमण भएको जानकारी संसद्लाई गराएका थिए। २०७२ भदौ ७ गते संसद् बैठकमा गौतमले भनेका थिए, ‘बाटोमा अवरोध पु‌¥याउन ढुंगा बिछ्याएर घटनास्थललाई सम्पर्कबाहिर राखियो। हबल्दार रामविहारी थारूलाई जिउँदै जलाएर, एसएसपी लक्ष्मण न्यौपानेलाई भाला हानेर, इन्स्पेक्टर बलराम बिष्ट, केशव बोहोरा र जवान लोकेन्द्र चन्दलाई काटेर मारियो।’

उत्तेजक भाषणका कारण घटना : आयोग

राष्ट्रिय मानवअधिकार आयोगले टीकापुर घटना मधेसी नेताहरुको उत्तेजक भाषणका कारण भएको प्रतिवेदन सार्वजनिक गरेको थियो। घटनामा सशस्त्रका दुई अधिकृत, तत्कालीन प्रमुख जिल्ला अधिकारी र इलाका प्रशासन कार्यालय टीकापुरका तत्कालीन प्रशासकीय अधिकृतसमेत जिम्मेवार रहेको ठहर गर्दै आयोगले २०७३ फागुन २४ गते सार्वजनीक प्रतिवेदनमा राजेन्द्र महतो, उपेन्द्र यादव, अमरेशकुमार सिंह र देव गुरुङले उत्तेजक भाषण गर्दा स्थिति तनावपूर्ण भई मानवअधिकार उल्लंघन हुने पृष्ठभूमि तयार भएको उल्लेख गरेको थियो। ‘जिम्मेवार राजनीतिक दलका तर्फबाट मर्यादित व्यवहारको अपेक्षा राख्दै सम्बन्धित राजनीतिक दलको ध्यानाकृष्ट गराउने’, आयोगको प्रतिवेदनमा भनिएको छ, ‘अखण्ड र थरूहटलगायत मुद्दामा उत्तेजक भाषण गर्दा तनावपूर्ण भई मानवअधिकार उल्लंघन भएको देखिन्छ।’







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।


अन्य समाचार

प्रभु बैंक लि. को आरुघाट शाखा कार्यालय सञ्चालन

प्रभु बैंक लि. को आरुघाट शाखा कार्यालय सञ्चालन

संघीय संरचना बमोजिम गठित विभिन्न स्थानीय तहमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याई बैंकको शाखा सञ्जाल विस्तार गर्नुका साथै गाउँ गउँमा...

एभरेष्ट बैंकका ग्राहकलाई धनगढीको सीपी हस्पिटलमा १०% छुट

एभरेष्ट बैंकका ग्राहकलाई धनगढीको सीपी हस्पिटलमा १०% छुट

एभरेष्ट बैंक लिमिटेडले धनगढीको सीपी हस्पिटल प्रा.लि.सँग ग्राहकहरुलाई विशेष छुटको व्यवस्था गर्न साझेदारी गरेको छ । ...

सिभिल बैंक लिमिटेडको शाखा रौतहटको गरुडामा

सिभिल बैंक लिमिटेडको शाखा रौतहटको गरुडामा

सिभिल बैंकले आफ्नो शाखा बिस्तारको क्रममा रौतहटको गरुडामा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन गरुडा नगरपालिकाको मेयर इन्नु...

ओपो रेनो १०एक्स नेपालमा सार्वजनिक हुँदै

ओपो रेनो १०एक्स नेपालमा सार्वजनिक हुँदै

दक्षिण एसियामा ओपो रेनो १०एक्स सिरिज सार्वजनिकसँगै नेपालमा असार १५ बाट उपलब्ध हुने भएको छ । ...

दराज मोबाइल विक यही असार ९ देखि १५ सम्म

दराज मोबाइल विक यही असार ९ देखि १५ सम्म

दराज मोबाइल विक अभियान यही असार ९ देखि १५ सम्म हुने भएको छ । ...

ह्वावेका उत्पादनमा पैसा फिर्ताको ग्यारेन्टी

ह्वावेका उत्पादनमा पैसा फिर्ताको ग्यारेन्टी

नेपालका लागि ह्वावे स्मार्टफोनको अधिकृत वितरकले आफ्ना स्मार्टफोन र ट्याब्लेटमा गुगल एप तथा फेसबुक नचलेमा ग्राहकलाई पूरै पैसा फिर्ता गरिने...

टाटा टियागो एक्सजेड प्लस नेपालमा

टाटा टियागो एक्सजेड प्लस नेपालमा

टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी टेडिङले औपचारिक रूपमा नयाँ टाटा टियागो एक्सजेड प्लस नेपाली बजारमा सार्वजनिक गरेको छ...

१३औं राष्ट्रिय ए .यस .ए. आर्किटेक्चर प्रदर्शनी सम्पन्न

१३औं राष्ट्रिय ए .यस .ए. आर्किटेक्चर प्रदर्शनी सम्पन्न

राइनो ५०० डि तथा रिद्धि सिद्धि सिमेन्टको संयुक्त सहकार्य लगायतको सहायतामा वास्तुकला र यसका विभिन्न पक्षका साथै पुनःनिर्माण र नेपालका...