७ वैशाख २०८१ शुक्रबार
राजनीति

प्रदेशले योजनाको प्राथमिकीकरण गर्ने

प्रदेश ३ सरकारको मन्त्रीस्तरीय बैठकमा मुख्यमन्त्री डोरमणि पौडेल र मन्त्रीहरू। तस्बिर:नागरिक

मकवानपुर - प्रदेश ३ सरकारले प्रदेशमा सञ्चालन हुने योजनाको प्राथमिकीकरण गर्ने भएको छ। प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षमा बिहीबार बसेको बैठकले योजनाहरूको प्राथमिकता तय गर्नेसँगै अन्य निर्णयहरू गरेको हो।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले बैठकमा पेस गरेको स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधासम्बन्धी ऐन २०७५ संसोधन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले बताए।

उनका अनुसार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले पेस गरेको साना कृषि सडक निर्माण, मर्मत तथा सञ्चालन कार्यविधि २०७५ को मस्यौदा स्वीकृत गर्ने निर्णय गरेको छ। साथै, पुष्प व्यवसाय प्रवद्र्धन कार्यक्रम कार्यान्वयन २०७५ को मस्यौदा, विदेशबाट ज्ञान हासिल गरेका तथा शिक्षित युवा लक्षित व्यवसायिक कृषि कार्यक्रम सञ्चालन कार्यविधि २०७५ को मस्यौदा, उच्च मूल्यका कृषि उपजहरूको प्रवद्र्धन कार्यक्रम सञ्चालन कार्यविधि २०७५ को मस्यौदा, सहकारीमा आधारित सामूहिक खेती कार्यक्रम सञ्चालन गर्नेसमेत निर्णय गरेको छ।

यस्तै भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले नै पेस गरेको कृषि चांैरी प्रवद्र्धन कार्यक्रम सञ्चालन कार्यविधि २०७५ को मस्यौदा, भैंसीसम्बद्ध व्यवसाय प्रवद्र्धन कार्यक्रम सञ्चालन कार्यविधि २०७५ को मस्यौदा स्वीकृत गरेको आर्थिक मामिला तथा योजना मन्त्री ढुंगेलले बताए।

बैठकले मुख्यमन्त्री पौडेलको प्रमुख राजनितिक सल्लाहकारमा जेएन थपलियालाई नियुक्त गर्ने निर्णयसमेत गरेको छ। बैठकमा मुख्यमन्त्री पौडेल, आर्थिक मामिला तथा योजना मन्त्री ढुंगेल, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपाल, आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्मकट्टेल, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावा दोर्जे लामा सहभागी थिए।

प्रकाशित: २० पुस २०७५ ०१:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App