६ वैशाख २०८१ बिहीबार
राजनीति

संसदमा सरकारको आलोचना

फाइल तस्बिर

काठमाडौं - प्रतिनिधिसभाको बिहीबार बसेको बैठकको शून्य र विशेष समयमा सांसदहरूले सरकारले सरकारले गरेका काम सन्तोषजनक नभएको बताएका छन्। सत्तापक्षदल नेकपा सांसद विमला विकले रामबहादुर बमजमले किशोरी बेपत्ता बनाएको कुरा आएको छ, कति किशोरी बेत्तपा भए त्यसबारेमा गृह मन्त्रालयले जानकारी दिनुपर्ने बताइन्। कांग्रेस सांसद डीला संग्रौलाले निर्मला पन्तको हत्यारा बालुवाटार र सिंहदरबारको कुर्सीबाट संरक्षित भएको बताइन्। उनले अपराधीलाई छिटो पत्ता लगाउन आग्रह गरिन्।

संघीय समाजवादी फोरमकी सांसद सरिता गिरीले प्रधानमन्त्री कार्यालयको ‘वार रुम’ चीनको हुवावे कम्नीलाई दिने कुरा गलत भएको भन्दै यसलाई सच्याउनुपर्ने बताइन्। नेमकिपाका सांसद प्रेम सुवालले भने, ‘भर्खरै नियुक्ति भएका सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराले सर्वोच्चका न्यायाधीश दीपकराज जोशीलाई अदालतलाई बन्धक बनाएको भन्दै राजीनामा दिन भन्नुभएछ, न्यायाधीश जोशीले अदालतलाई के के कुरामा बन्धक बनाउनुभयो, त्यसको जानकारी कानुनमन्त्रीले दिनुपर्छ।’

कांग्रेस सांसद दिव्यराज भण्डारीले सरकारले सह आयोजकको भूमिका खेलेको एसिया प्यासिफिक समिटिमा सरकारको कति खर्च भयो त्यसको जानकारी दिन माग गरे। कांग्रेस सांसद भरतकुमार साहले सरकारले संसद्सँग नसोधी भैंसे पार्टीमा रहेको जग्गा मन्त्रि क्वाटर बनाउने निर्णय गरेको छ। यो निर्णय ठिक भएन उनले भने संसद्सँग सल्लाह हुनुपर्दछ। त्यो ‘संसद् आवास गृह बनोस्,’ उनले भने। कांग्रेसका रामबहादुर विष्टले सरकारले पुस १६ गतेभित्र नेपालमा पानी जहाज सञ्चालन गर्ने र इच्छुक व्यक्तिले टिकट काट्ने कुरा बताउनुभएको थियो। तर खोइ पानी जहाज चलेको यसबारे जानकारी दिनुपर्ने बताए।

प्रकाशित: २० पुस २०७५ ०१:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App